२५ जेठ २०८३, सोमबार

‘बिन्दास’ फिल्म निर्माता मधुकुमार प्रदेश सभामा निर्वाचित

‘बिन्दास’ फिल्म निर्माता मधुकुमार प्रदेश सभामा निर्वाचित

फिल्म निर्माता एवं अभिनेता मधुकुमार श्रेष्ठ प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् । उनी धादिङ क्षेत्र नम्बर १(१) बाट विजयी भएका हुन् । 

सत्ता गठबन्धनको तर्फबाट उम्मेद्वार रहेका नेपाली कांग्रेसका श्रेष्ठ १७ हजार ८ सय ३२ मतसहित विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्धन्द्धी नेकपा एमालेका रमेश आचार्यले १६ हजार ५ सय ३८ मत पाएका छन् । विजयी श्रेष्ठ चर्चित फिल्म ‘बिन्दास’, ‘बिन्दास २’का निर्माता एवं अभिनेतासमेत हुन् । उनले अन्य केही फिल्म निर्माण गर्नुका साथै अभिनेताको रुपमा अभिनय समेत गरेका छन् । 

यसपटकको प्रदेशसभा एवं प्रतिनिधिसभा निर्वाचनमा अन्य फिल्मकर्मीहरू समेत प्रतिस्पर्धामा छन् । यद्यपि, अन्य फिल्मकर्मी मतगणनामा पछाडि देखिएका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्