
रुपन्देही २ बाट प्रतिनिधि सभातर्फ नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल झण्डै ६ सय मतान्तरले अगाडि बढेका छन् । जारी मत गणनाको पछिल्लो विवरणअनुसार पौडेलले ११ हजार ४०० मत प्राप्त गरेका छन् ।
पौडेललाई पच्छ्याइरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले १० हजार ८६० मत पाएका छन् । विष्णु पौडेलले गणेश पौडेलसँग ५९४ मतको अन्तर बनाएका छन् । यसअघि सार्वजनिक विवरणमा यो मतान्तर ६५२ थियो ।