२५ जेठ २०८३, सोमबार

लेखराज भट्टलाई पराजित गर्दै कैलाली–४ मा कांग्रेसका बलायर निर्वाचित

लेखराज भट्टलाई पराजित गर्दै कैलाली–४ मा कांग्रेसका बलायर निर्वाचित

कैलाली–४ मा नेपाली कांग्रेसका वीरबहादुर बलायर प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएका छन् । गत आइतवार सम्पन्न प्रतिनिधि सभा एवं प्रदेश सभा निर्वाचनको सम्पन्न मतगणनामा उनी नेकपा (एमाल)का लेखराज भट्टलाई पराजित गर्दै विजयी बनेका हुन् ।

नव निर्वाचित बलायरले २६ हजार एक सय ७१ मत पाउँदा भट्टले २२ हजार पाँच सय ३३ मत पाए । उनीहरुको मतान्तर तीन हजार चार सय ३८ छ ।

विसं २०७० मा डोटीबाट निर्वाचित भएका बलायरले भौतिक पूर्वाधार मन्त्रीको  जिम्मेवारी सम्हालेका थिए । अघिल्लो निर्वाचनमा उनी तत्कालीन एमालेका प्रेमबहादुर आलेसँग पराजित भएका थिए । हाल आले नेकपा एकीकृत समाजवादीमा छन् । 

salt training

कमेन्ट गर्नुहोस्