
धनुषा-२ मा नेपाली कांग्रेसका नेता रामकृष्ण यादवले अग्रता लिएका छन् । ३१३ मतले अहिले उनी अघि छन् । उनले १० हजार ९८० मत ल्याएका छन् भने नेकपा एमालेका उमाशंकर अरगरियाले १० हजार ६६७ मत ल्याएका छन् ।
त्यसैगरी नेकपा एकीकृत समाजवादीका नेता रामचन्द्र झाले नौ हजार ३६८ मत ल्याएका छन् भने जनता समाजवादी पार्टीका आनन्द यादवले ६ हजार ८०२ मत ल्याएका छन् । जनमत पार्टीका जय नारायण साहले ६ हजार ८९ मत ल्याएका छन् ।