गत बर्ष स्कूलनजिकैको पर्खाल भत्केपछिकाठमाडौं, २७ साउन– एक बर्षअघि ललितपुरको गोदावरीस्थित पुष्पाञ्जली बोर्डिङ स्कूलका दुई विद्यार्थीको स्कूलसँगै जोडिएर गरिएको प्लटिङको पर्खाल भत्कदा ज्यान गएको थियो ।
गत वर्ष असार १७ गते स्कूलको पछाडि जग्गा प्लटिङ गरिएको पर्खाल भत्किएर तीन कक्षामा अध्ययनरत कृपा राई र अन्जली पुनमगरको ज्यान गएको थियो । जसमा तीन र आठ कक्षाका गरी १९ विद्यार्थीहरु घाइते भएका थिए ।
उक्त घटनाको छानवीनको लागि गृह मन्त्रालयका सहसचिव कृष्णबहादुर राउतको संयोजकत्वमा पाँच सदस्यीय छानबीन समिति गठन गरिएको थियो ।
मापदण्द विपरीत ८ फीटको पर्खाल बनाएका कारण उक्त घटना घटेको भन्दै प्लटिङ व्यवसायी दोषी भएको निष्कर्ष समितिले निकालेको थियो ।
छानबीन समितिको उक्त निष्कर्षपछि जग्गा प्लटिङ व्यवसायीले मृतक परिवारलाई १०/१० लाख क्षतिपुर्ति दिएका थिए । नयाँ बनेको प्रि फाइभको विद्यालय भवनमा विद्यार्थीहरु । घटनापछि ललितपुर जिल्ला प्रहरी कार्यालयले जग्गाधनी कर्मा वाङदेल लामा र उनका साथीहरु नारायण थापा, नरेश ब्रजाचार्य र प्रदीप कार्कीमाथि भवितब्य ज्यान अन्तर्गत मुद्दा दर्ता गरिएको थियो । र गत मंसिर १५ गते अदालतको आदेश अनुसार तारेखमा रिहा भएका थिए । यस मुद्दामा अदालतको फैसला अहिलेसम्म आएको छैन् ।
नयाँ बनेको प्रि फाइभको विद्यालय भवनमा विद्यार्थीहरु ।
संखुवासभा घर भएका राजेन्द्र राईकी छोरी हुन् कृपा राई । कृपा बहिनीसँगै दाजु प्रज्वल राई पनि पुष्पाञ्जली स्कूलमै पढ्ने गर्थे । उक्त घटनापछि भने दाजु प्रज्वल गोदावरी रिसिडेन्टल स्कूलमा अध्ययन गरिरहेका छन् । उनको विद्यालयस्तरसम्मको सम्पूर्ण पढाई खर्च पुष्पाञ्जली स्कूलले व्यहोर्ने भएको छ ।
प्यूठान तोरबाङकी अन्जना गोदावरीस्थित आमाघरमा बस्दै आएकी थिइन् । पाँच बर्षको उमेरमै बुबा गुमाएकी उनको आमा र भाइ प्यूठानै बस्दै आएका छन् । पर्खाल भत्केर बिग्रेको कक्षा कार्यक्रम हलका रुपमा परिणत भत्केको कक्षा कोठालाई पुष्पाञ्जली स्कूलले कार्यक्रम हलका रुपमा परिणत गरेको छ । भत्केको पर्खालबाट आठ मिटर पछाडि सर्दै विद्यालयले प्रि फाइभबाट हलको निर्माण गरेको छ । उक्त कक्षालाई कक्षाकै रुपमा सञ्चालन गर्दा विद्यार्थीमा मानसिक रुपमा नराम्रो प्रभाव पर्न सक्ने कारण कार्यक्रम हलको रुपमा विकास गरेको शिक्षक कुलप्रसाद चापागाइँले जानकारी दिए । नयाँ बनेको प्रि फाइभको विद्यालय भवनमा विद्यार्थीहरु । विद्यालय प्रशासनले स्कूल नजिकैको अर्को जग्गामा प्रि फाइभको दुई तल्ले भूकम्प प्रतिरोधी भवनको निर्माण गरेको छ । जसमा नर्सरीदेखि कक्षा ५ सम्मका विद्यार्थीहरु अध्ययन गर्छन् ।
विद्यालयले मृतक विद्यार्थीहरु कृपा राई र अन्जनाको संयुक्त नाममा कृपाञ्जली नाम राखेर अक्षय कोषको स्थापना गरेको छ । यस्तै प्राकृतिक विपत्तिका कारण विद्यार्थीलाई कुनै समस्या परेमा सहयोग गर्ने उदेश्यले दुई लाख रुपैयाँको अक्षयकोषको स्थापना गरेको विद्यालय प्रशासनले जानकारी दिए ।