२९ जेठ २०८३, शुक्रबार

मुख्यमन्त्री पाण्डे धादिङ–१ बाट प्रतिनिधि सभा सदस्यमा विजयी

मुख्यमन्त्री पाण्डे धादिङ–१ बाट प्रतिनिधि सभा सदस्यमा विजयी

बागमती प्रदेशका मुख्यमन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे धादिङ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन् । बिहीवार साँझ सम्पन्न मत गणनाको अन्तिम परिणामअनुसार पाण्डेले नेकपा एमालेका भूमिप्रसाद त्रिपाठीलाई पराजित गर्दै प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएका हुन् । 

पाण्डेले ३६ हजार ९३४ मत प्राप्त गरेका छन् ।  उनका निकटम प्रतिपष्र्धी त्रिपाठीले २७ हजार ९५३ मत प्राप्त गरे । सत्तारुढ गठबन्धनका साझा उम्मेलदवार रहेका पाण्डेले त्रिपाठीलाई ७ हजार ९८१ मतान्तरले पराजित गरे । 

तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हिमेश पन्तले १२ हजार ४७५ मत पाए भने मंगोल नेसनल अर्गनाइजेसनका सुमन तामाङ ८८२ मत प्राप्त गरे । धादिङ क्षेत्र नम्बर २ बाट गठबन्धनकै तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार रामनाथ अधिकारी निर्वाचित भएका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्