२५ जेठ २०८३, सोमबार

चर्चित गायक मुरलीधर पराजित, १ हजार मत पनि पाउन सकेनन्

मंसिर १०, २०७९
चर्चित गायक मुरलीधर पराजित, १ हजार मत पनि पाउन सकेनन्

चर्चित गायक एवं अभिनेता मुरलीधर मिझार प्रतिनिधि सभा निर्वाचनमा पराजित भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट सिरहा –२ मा उम्मेदवार बनेका उनले १ हजार मत पनि कटाउन सकेनन् । जम्मा ७ सय २८ मत ल्याएर उनी चौथोँ बने । 

यहाँ जनता समाजवादी पार्टीका राजकिशोर यादव २४ हजार १ सय ७८ मतका साथ निर्वाचित भएका छन् । नेपाली कांग्रेसका चित्रलेखा यादव २० हजार २८ मतका साथ दोस्रो भए भने जनमत पार्टीका विनोद कुमार यादव १६ हजार ९०२ मतका साथ तेस्रो भए । गायक मुरलीधर गत असोजमा मात्रै राप्रपा प्रवेश गरेका थिए । 

मुरलीधरका ‘उडायो सपना सबै हुरीले’, ‘चिसो चिसो सिरेटोमा‘, ‘निष्ठुरीलाई माया गरी आफैलाई रोगी बनाएँ’ लगायतका गीत हिट छन् । उनले ‘साइनो’, ‘सम्झना’ ‘सन्देश’, ‘भैरव’लगायतका चर्चित नेपाली चलचित्रहरूमा विशेष भूमिकामा अभिनयसमेत गरेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्