२९ जेठ २०८३, शुक्रबार

लामो समय भोको बस्दा वा एकैपटकमा टन्न खाँदा मृत्युको जोखिम बढ्ने

मंसिर ११, २०७९
लामो समय भोको बस्दा वा एकैपटकमा टन्न खाँदा मृत्युको जोखिम बढ्ने

तपाईं लामो समय भोको बस्नुहुन्छ अर्थात् खानाको समयमा ग्याप राख्नुहुन्छ भने चाँडो मृत्युको जोखिम बढ्ने अमेरिकी अनुसन्धाताहरूले बताएका छन् । 

अनि एकपटकमा एकदमै धेरै खाना खाने गर्नुभएको छ भने पनि जोखिमको स्तर बढ्छ । 

दिनमा तीनपटक खानाखाजा खानुको साटो एकैपटकमा धेरै खाना खाँदा मृत्युको खतरा ३० प्रतिशतसम्म बढ्ने अनुसन्धाताहरूको दाबी छ । 

यस अध्ययनमा ४० भन्दा कम उमेरका लगभग २४ हजार मानिसलाई सहभागी गराइएको थियो । उनीहरूमाथि १५ वर्षसम्म निगरानी राखिएको थियो । 

अध्ययनको निष्कर्ष जर्नल अफ न्युट्रिसन यान्ड डायबिटिक्स जर्नलमा प्रकाशन गरिएको छ । 

टेनेसी विश्वविद्यालयका अनुसन्धाताहरूले खानाको बीचमा लामो अन्तर राख्ने वा एकैपटकमा धेरै खाने मान्छेमध्ये ८३ प्रतिशतलाई मुटुरोग लाग्ने जोखिम बढेको पाए । 

दिउँसो खाजा नखाने मान्छेमध्ये ४० प्रतिशत मुटुरोगको जोखिममा छन् । लन्च वा डिनर नगर्ने मानिस मर्ने सम्भावना १२ देखि १६ प्रतिशत बढी थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्