माघ ११, २०७९
नेपालको पहिलो भुक्तानी सेवाप्रदायक कम्पनी आइएमई पेको एप डाउनलोड संख्या ४० लाख पुगेको छ । एप डाउनलोड संख्या ४० लाख पुगेको अवसर पारेर चन्द्रागिरिस्थित २५ सय ५१ मिटरको उचाईमा केक काटेर खुशीयाली साटासाट गरि...
काठमाडाैं | मंसिर ११, २०७९
नेपालमा हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आफ्नो ‘रोड टु फिफा वर्ल्ड कप २०२२ फाइनल’ का विजेताको नाम घोषणा गरेको छ । विजेताले कम्पनीको तर्फबाट विश्व कपको फाइनल प्रत्यक्ष हेर्न कतार जान पाउनेछन् । यसैगरी हिजो कम्पनीले हुन्डाई मोटरको ‘गोल अफ द सेन्चुरी’ अभियानअन्तर्गतको ‘टेस्ट ड्राइभ एन्ड विन’ शीर्षकको विश्वकप लक्षित अर्को क्याम्पेनका विजेताहरूलाई पनि कतारका लागि बिदाइ गरेको थियो ।
हुन्डाई मोटरको ‘गोल अफ द सेन्चुरी’अन्तर्गत हुन्डाईको टेस्ट ड्राइभ एण्ड विन, फुटबलको विश्वव्यापी अपिलमार्फत विश्वभरका मानिसहरूलाई दिगोपनासम्बन्धी कार्यहरूमा सहभागी गराउने उद्देश्यले गरिएको थियो । कार्यक्रम अवधिभर नेपालभरका ड्राइभिङ लाइसेन्स भएका जो कोहीले हुन्डाईको जुनसुकै गाडीको टेस्ट ड्राइभ गरेर उक्त क्याम्पेनमा सहभागी हुन सक्ने अवसर दिइएको थियो ।
यसरी सहभागी भएका हजारौं ग्राहकहरूमध्ये हस्तमाया गुरुङ र शेरबहादुर जिसी ‘टेष्ट ड्राइभ एण्ड विन’ का भाग्यशाली विजेता चुनिएका छन् । हिजै दुवै जना विजेताहरू आफूलाई मन पर्ने एक जनासँगै विश्वकपको एउटा खेल प्रत्यक्ष हेर्न कतार प्रस्थान गरेका छन् ।
त्यसैगरी कम्पनीले आज नक्सालको शोरुममा एउटा विशेष कार्यक्रम गरी ‘रोड टु फिफा वर्ल्ड कप २०२२ फाइनल’ का विजेता छनोट गरेको छ । अभियानमा आफ्नो नाम रेजिस्टर गरेका ८८७ प्रमाणित ग्राहकहरूमध्ये नयाँपाल बहादुर पाण्डे भाग्यशाली विजेता बनेका छन् । विजेताको रूपमा उनी विश्व कप फाइनल प्रत्यक्ष हेर्न कतार जान पाउने भएका छन् ।
कन्ज्युमर आई नेपालकी अध्यक्ष विमला खनाल र राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान अनिल गुरुङले हुन्डाई नेपालको आधिकारिक फेसबुक पेजबाट लाइभ मार्फत लक्की ड्र गरी विजेताको घोषणा गरे । हुन्डाईका सबै विद्यमान ग्राहकहरूले आफ्नो भीआईएन नम्बर मार्फत आफूलाई दर्ता गरी ‘रोड टु फिफा वर्ल्ड कप २०२२ फाइनल’ मा सहभागी हुन सक्ने प्रावधान रहेको थियो ।
हुन्डाई फिफा विश्वकप–२०२२ को एक आधिकारिक प्रायोजक हो र यसले आफ्ना विद्यमान तथा सम्भावित ग्राहकहरूलाई अवसरहरू प्रदान गरेको छ । हुन्डाई नेपालले विगतमा पनि यस्तै रमाइलो क्याम्पेनहरू ल्याइरहेको छ । भविष्यमा पनि आफ्नो ग्राहकका लागि यस्ता क्याम्पेनहरू जारी राख्ने बताएको छ ।
नेपालको पहिलो भुक्तानी सेवाप्रदायक कम्पनी आइएमई पेको एप डाउनलोड संख्या ४० लाख पुगेको छ । एप डाउनलोड संख्या ४० लाख पुगेको अवसर पारेर चन्द्रागिरिस्थित २५ सय ५१ मिटरको उचाईमा केक काटेर खुशीयाली साटासाट गरि...
नेपाल मुद्रण उद्योग महासंघ (एफएनपीए)को नवौं साधारण सभा यही माघ २१ गते काठमाडौंमा हुने भएको छ । अनुपम फूडल्यान्डमा हुने साधारणसभामा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल प्रमुख अथिति रहने महासंघले ...
नेपालभर इन्टरनेट र नेट सेवा विस्तार गरिरहेको डिशहोम फाइबरनेटले जनकपुरमा पनि वितरण सोरुमको शुभारम्भ गरेको छ । शोरुम समुद्घाटन, डिशहोमका तर्फबाट वरिष्ठ सेल्स म्यानेजर मनोज शर्मा, एरिया सेल्स म्यानेजर सन्जीव ...
हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टले आफ्नो सेवा एवं सुविधाहरू आफ्ना ग्राहकहरूमाझ विस्तार गर्न धनगढीमा आफ्नो शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखा धनगढी वडा नं १३, मोहनपुर, गेटा, कैलालीमा खुलेको हो । धनगढी शाखामा क...
सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाली बजारमा सुन अहिलेसम्मकै महँगो भएको छ । बिहीबार सुनको मूल्य प्रतितोला १ लाख ६ हजार पुगेको छ । यो मूल्य अहिलेसम्मकै महँगो हो । बिहीबार प्रतितोला ७ सय रुपै...
काठमाडौंको पुरानो बानेश्वरस्थित पोज फेसन स्टोर एउटा नेपाली ब्रान्ड हो। लगभग ३ वर्ष पुरानो यस ब्रान्डले आफ्नो स्टोरको शाखा मैतीदेवी र पेप्सीकोलामा समेत विस्तार गरिसकेको छ। कपडा प्रोडक्सनको काम पुरानो बानेश्व...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...
जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...