×

NMB BANK
NIC ASIA

विश्वविद्यालय विशिष्टिकृत हुनुपर्छ : मन्त्री पौडेल

मंसिर ११, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले देशभित्रै गुणस्तरीय शिक्षा प्राप्त गर्न पाउनुपर्ने जनताको अधिकार स्थापित गर्नुपर्ने बताएका छन् । विश्वविद्यालयहरू विशिष्टिकृत हुनुपर्ने आवश्यकता औँल्याउँदै उनले गुणस्तरीय शिक्षा पाउने अधिकारबाट कसैलाई पनि वञ्चित गर्न नहुने बताए । 

Muktinath Bank

काभ्रेपलाञ्चोकको धुलिखेलमा विश्वविद्यालय अनुदान आयोगको सहयोगमा निर्माण गरिएको ‘वातावरण भवन’ को उद्घाटन गर्दै मन्त्री पौडेलले काठमाडौं विश्वविद्यालय प्राविधिक क्षेत्रको विषयमा अरु विश्वविद्यालयमध्येमा उदाहरणीय बन्दै गएको बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विश्वव्यापीकरणको युगमा इच्छाएको देशमा गएर अध्ययन गर्न पाउनु स्वभाविक भए पनि नागरिकले पढ्न चाहेको शिक्षा देशभित्रैबाट प्राप्त गर्न पाउने वातावरण विश्वविद्यालयहरुले बनाउनुपर्नेमा उनको जोड थियो । ‘नागरिकले चाहेको शिक्षा देशभित्र नै प्राप्त हुनुपर्छ, त्यस्तो शिक्षा प्रदान गर्नु विश्वविद्यालयको दायित्व हो’, उनले भने, ‘राज्यले तोकेको प्रक्षेपणअनुसार कुन प्रकृतिको जनशक्ति कति उत्पादन गर्ने भन्ने विवरण विश्वविद्यालयहरुले निर्धारण गर्नुपर्छ ।’


Advertisment
Nabil box
Kumari

विश्वविद्यालय खुल्दै जाने र पुरानै खालको विषय बढाउँदै जाने हो भने संख्या मात्रै थपिन्छ तर संख्याभन्दा पनि गुणस्तरमा जोड दिन उनले आग्रह गरे । मन्त्री पौडेलले प्रदेशलाई पनि संविधानले दिएको अधिकारअनुसार विश्वविद्यालयहरु खोल्ने मान्यता दिएको बताए । 

Vianet communication
Laxmi Bank

काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापाले सरकारको नीति तथा बजेटमा काठमाडौं विश्वविद्यालयलाई पनि नयाँ कार्यक्रम परेको उल्लेख गर्दै त्यसले नेपालको विकासको अर्को मोडेलमा जाने काममा थप सहयोग पुग्ने बताए । विश्वविद्यालयको इन्भारोमेन्ट साइन्स एण्ड इञ्जिनियरिङ विभागका डा. विकास अधिकारीले विश्वविद्यालय अनुदान आयोगको सहयोगमा तीन करोड ११ लाखमा भवन निर्माण भएको जानकारी दिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
असोज २७, २०८०

काठमाडौं महाराजगञ्जस्थित शिवपुरी माध्यमिक विद्यालय स्थापनाको ७५औं वर्ष पूरा भएको छ । देशका विभिन्न सामुदायिक विद्यालयमध्ये अग्रणी शैक्षिक संस्थाका रुपमा चिनिएको शिवपुरीले शनिवार स्थापना दिवसका साथै हिरक (७५ ...

मंसिर २९, २०८०

खोटाङको एक विद्यालयमा जम्मा ११ जना विद्यार्थी रहेको पाइएको छ । दुई जना शिक्षक उक्त विद्यालयमा छन् । अझ उजागर गर्नुपर्ने विषय त यो छ– दुईवटा कक्षामा एक–एक जना मात्रै विद्यार्थी छन् ।  दिक्तेल रु...

कात्तिक २५, २०८०

पहाडी जिल्ला गुल्मीको दुर्गम क्षेत्रभित्र पर्छ गुल्मी दरबार गाउँपालिका । सोही गाउँपालिकाका दिदीभाइले गरेको मेहनतले अहिले सार्थकता पाएको छ ।  गुल्मी दरबार– ४ वीरबासका दिदीभाइ सोफिया चुदाली र सन्देश ...

मंसिर २४, २०८०

सामुदायिक क्याम्पसमा विद्यार्थीको हाहाकार भइरहेका बेला बुटवल कालिका क्याम्पसले यसै शैक्षिक सत्रदेखि स्नातकोत्तर तहको अध्यापन शुरू गर्न लागेको छ । बुटवल– १० रामनगरस्थित क्याम्पसले एमएममा आर्टसतर्फ अंग्रेजी र ग्र...

माघ २५, २०८०

सप्तरी/राष्ट्र निर्माता पृथ्वी नारायण शाहका नाममा रूपनगर नन्दराज संग्रौला क्याम्पसमा छात्रवृत्ति कोष स्थापना गरिएको छ । सप्तरीको रूपनगरस्थित नाफा नकमाउने, समुदायद्वारा सञ्चालित यस क्याम्पसमा आयोजित एक समारोहमा मध...

फागुन ४, २०८०

‘म त रित्ता हातमा हतियार बनाइदिन्छु  तिमी होली भन म दिवाली बनाइदिन्छु  शब्दका पोखरी यसरी खनाइदिन्छु मेरै कुरामा हो हो बनाइदिन्छु’ कक्षा ११ मा अध्ययन गर्दै गर्दा शिक्षकले घमण्ड...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x