०१ असार २०८३, सोमबार

नयाँ ४ पत्नीहरू खोज्दै ८ पत्नीका पति यी मोडल !

मंसिर १२, २०७९
नयाँ ४ पत्नीहरू खोज्दै ८ पत्नीका पति यी मोडल !

हालसम्म ९ महिलासँग विवाह गरिसकेका एक मोडलले नयाँ पत्नीको खोजी थालेका छन् ।

ब्राजिलका मोडल अर्थर ओ उर्साे नयाँ पत्नीको खोजीका कारण चर्चामा आएका छन् ।

एकै महिलासँग मात्रै विवाह गर्नुपर्ने प्रावधानविपरीत धेरै विवाह गर्न पाउनुपर्ने भन्दै उनले ९ महिलासँग विवाह गरिसकेका थिए तर केही महिनाअघि १ पत्नीले उनीसँग सम्बन्धविच्छेद गरेकी छन् । त्यसैले उनी नयाँ पत्नीको खोजीमा लागेका छन् ।

उनले आफूले थप ४ नयाँ पत्नी खोजिरहेको खुलासा गरेका छन् । ३६ वर्षीय उनी ब्राजिलको जोआओ पेसोआ शहरमा बस्छन् । सन् २०२१ मा उनले एकैपल्ट ९ महिलासँग विवाह गरेका थिए ।

उनले बहुविवाह गरे पनि त्यसलाई सरकारी निकायले मान्यता दिएका छैनन् । ब्राजिलमा बहुविवाहलाई मान्यता दिइएको छैन ।

सञ्चारमाध्यम ‘डेली स्टार’सँग कुराकानी गर्दै उनले आफूसँग रहेका ४ पत्नीसँग सम्बन्धविच्छेद हुने अवस्था आएको पनि खुलासा गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्