माघ १४, २०७९
भारतको नयाँ दिल्लीस्थित राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एण्ड रिसर्च सेन्टर तथा चितवनको सीएमसी क्यान्सर इन्स्टिच्युटबीच सीप, अनुसन्धान र प्रविधि आदनप्रदानसम्बन्धी सम्झौता भएको छ । सम्झौतामा राजीव गान्धी क्यान्सर इन्स्टिच्युट...
काठमाडाैं | मंसिर १३, २०७९
थापाथलीको सुकुम्वासी र काठमाडौं महानगरपालिकाका नगर प्रहरीबीचको झडपमा घाइते भएका सबैजनाको नर्भिक इन्टरनेशनल हस्पिटलले निःशुल्क उपचार गरिदिएको छ ।
सोमवार थापाथलीस्थित सुकुम्वासी बस्तीको अवैध संरचना भत्काउन डोजरसहित पुगेको महानगरका प्रहरीहरूको टोलीसँग सुकम्वासीको झडप भएको थियो । सो क्रममा महानगरका ३४ नगर प्रहरीसहित ३६ जना घाइते भएका थिए ।
घाइतेहरुलाई तत्कालै थापाथलीस्थित नर्भिक अस्पतालको इमेरजेन्सीमा ल्याइएको थियो । अस्पतालले आफ्नो इमेरजेन्सीमा आएका नगरप्रहरीसहित सबै घाइतेको निःशुल्क उपचार गरिदिएको हो ।
नर्भिक अन्तर्राष्ट्रिय अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले सुकुम्वासी बस्तीमा भएको झडपमा परी घाइते काठमाडौं महानगरका नगरप्रहरीसहित सबैको इमरजेन्सीमा व्यवस्थित ढंगले उपचार गरिएको र त्यहाँ सबैको उपचार निःशुल्क गरिएको जानकारी दिए ।
झडपमा घाइतेमध्ये उपचारपछि ३३ जना सोमवार साँझ नै घर फर्किएका थिए । गम्भीर घाइते तीन नगर प्रहरीको भने अहिलेसमेत नर्भिकमै उपचार जारी छ ।
सीईओ मिश्रका अनुसार नर्भिकले ३६ जना घाइतेहरूको ३ घण्टाभित्र उपचार सकेको थियो । नर्भिकको आकस्मिक उपचार सेवाको महानगरका मेयर बालेन शाह र उपमेयर सुनिता डंगोलले समेत प्रशंसा गरेका थिए ।
घटनापछि राति मेयर शाह र उपमेयर डंगोल घाइतेहरूको अवस्था बुझ्न नर्भिक अस्पताल आएका थिए । सो क्रममा उनीहरूले ‘यति धेरै घाइतेको छोटो समयमै व्यवस्थित उपचारको व्यवस्थापन कसरी गर्नुभयो ?’ भनी नर्भिकका चिकित्सकहरुसँग चासो राखेका थिए । सो क्रममा मेयर र उपमेयरले नै नर्भिकको उपचार पद्धतिको प्रशंसा गरेका थिए ।
भारतको नयाँ दिल्लीस्थित राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एण्ड रिसर्च सेन्टर तथा चितवनको सीएमसी क्यान्सर इन्स्टिच्युटबीच सीप, अनुसन्धान र प्रविधि आदनप्रदानसम्बन्धी सम्झौता भएको छ । सम्झौतामा राजीव गान्धी क्यान्सर इन्स्टिच्युट...
नेपालमै पहिलो पटक अत्याधुनिक रोबोटेक प्रणाली प्रयोग गर्ने सिमेन्ट उत्पादक कम्पनी, रिद्धि सिद्धि सिमेन्टले बिहीबार मकवानपुरको भीमफेदी गाउँपालिका वडा न.३, झलकनेमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको ...
रूपन्देहीको देवदह नगरपालिकाद्वारा सञ्चालित देवदह नगर अस्पताल र स्वास्थ्य बीमा बोर्डबीच सम्झौता भएको छ । स्वास्थ्य बीमा गरेका नगरबासीलाई नगर अस्पतालबाटै बीमाबापत पाइने निःशुल्क उपचार,ल्याब परीक्षण र औषधिहरू नगर ...
नेपाल प्रहरी श्रीमती संघको आयोजना र तिलगंगा आँखा अस्पतालसँगको सहकार्यमा नेपाल प्रहरी श्रीमती संघको कार्यालय भृकुटीमण्डपमा सञ्चालित निःशुल्क आँखा शिविरबाट ३१४ जनाको आँखाको परीक्षण गरिएको छ । शिविरमा ...
‘कुष्ठरोग अन्त्यका लागि आजैबाट पहल गरौँ’ भन्ने मुख्य नाराका साथ आज ७०औँ विश्व कुष्ठरोग दिवस कार्यक्रम विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । कुष्ठरोग आँखाले देख्न नसकिने ‘माइको व्याक्टेरिय...
काठमाडौं– तनावका कारण शरीरमा अनेक प्रकारका समस्या हुने गर्छन् । अत्याधिक तनावका कारण लगातार टाउको दुख्ने, अनिद्राको हुने, र पाचनप्रक्रियामा समस्या हुने गर्छ । फिजिसियन डा.रोगर हेन्डरसनले तनावका ...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...
जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...