०९ साउन २०८३, शनिबार

सुकुम्वासी बस्तीमा भएको झडपमा घाइते भएका नगर प्रहरीको नर्भिकमा निःशुल्क उपचार

मंसिर १३, २०७९
सुकुम्वासी बस्तीमा भएको झडपमा घाइते भएका नगर प्रहरीको नर्भिकमा निःशुल्क उपचार

थापाथलीको सुकुम्वासी र काठमाडौं महानगरपालिकाका नगर प्रहरीबीचको झडपमा घाइते भएका सबैजनाको नर्भिक इन्टरनेशनल हस्पिटलले निःशुल्क उपचार गरिदिएको छ । 

सोमवार थापाथलीस्थित सुकुम्वासी बस्तीको अवैध संरचना भत्काउन डोजरसहित पुगेको महानगरका प्रहरीहरूको टोलीसँग सुकम्वासीको झडप भएको थियो । सो क्रममा महानगरका ३४ नगर प्रहरीसहित ३६ जना घाइते भएका थिए । 

घाइतेहरुलाई तत्कालै थापाथलीस्थित नर्भिक अस्पतालको इमेरजेन्सीमा ल्याइएको थियो । अस्पतालले आफ्नो इमेरजेन्सीमा आएका नगरप्रहरीसहित सबै घाइतेको निःशुल्क उपचार गरिदिएको हो । 

नर्भिक अन्तर्राष्ट्रिय अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले सुकुम्वासी बस्तीमा भएको झडपमा परी घाइते काठमाडौं महानगरका नगरप्रहरीसहित सबैको इमरजेन्सीमा व्यवस्थित ढंगले उपचार गरिएको र त्यहाँ सबैको उपचार निःशुल्क गरिएको जानकारी दिए । 

झडपमा घाइतेमध्ये उपचारपछि ३३ जना सोमवार साँझ नै घर फर्किएका थिए । गम्भीर घाइते तीन नगर प्रहरीको भने अहिलेसमेत नर्भिकमै उपचार जारी छ । 

सीईओ मिश्रका अनुसार नर्भिकले ३६ जना घाइतेहरूको ३ घण्टाभित्र उपचार सकेको थियो । नर्भिकको आकस्मिक उपचार सेवाको महानगरका मेयर बालेन शाह र उपमेयर सुनिता डंगोलले समेत प्रशंसा गरेका थिए । 

घटनापछि राति मेयर शाह र उपमेयर डंगोल घाइतेहरूको अवस्था बुझ्न नर्भिक अस्पताल आएका थिए । सो क्रममा उनीहरूले ‘यति धेरै घाइतेको छोटो समयमै व्यवस्थित उपचारको व्यवस्थापन कसरी गर्नुभयो ?’ भनी नर्भिकका चिकित्सकहरुसँग चासो राखेका थिए । सो क्रममा मेयर र उपमेयरले नै नर्भिकको उपचार पद्धतिको प्रशंसा गरेका थिए ।
 

salt training

कमेन्ट गर्नुहोस्