०१ असार २०८३, सोमबार

अमेरिकामा रोबोटलाई अपराधीमाथि गोली चलाउन प्रशिक्षण दिइँदै (भिडियो)

मंसिर १३, २०७९
अमेरिकामा रोबोटलाई अपराधीमाथि गोली चलाउन प्रशिक्षण दिइँदै (भिडियो)

अमेरिकाको सान फ्रान्सिस्को प्रहरी विभागले मानिसमाथि गोली चलाउन सक्ने रोबोट राख्न खोजेको छ ।

विभागको यो योजनालाई मञ्जूरी दिइएमा रोबोट भर्ती गर्ने संसारकै पहिलो विभाग बन्नेछ । 

प्रहरी अधिकारीको ज्यान जोखिममा पर्ने कारवाहीमा यी रोबोटहरू उपयोग गरिनेछ । 

सान फ्रान्सिस्को प्रहरीसँग अहिले १७ रोबोट छन् । तीमध्ये १२ वटा रोबोट काम गर्न तयार छन् । 

यिनीहरूलाई बम पत्ता लगाएर नष्ट गर्नका लागि मात्र प्रयोग गरिएको छ । प्रहरीले यी रोबोटहरूलाई हत्याको अधिकार अर्थात् संवेदनशील कारवाहीका क्रममा आरोपितलाई मार्न पाउने अधिकार दिन माग गरेका छन् । 

यी रोबोटहरूमा हतियार जडान गर्न मिल्ने व्यवस्था पनि छ । अलिकति मोडिफाई गरेपछि रोबोटले गोली पनि चलाउन सक्छ । 

रोबोटमा शटगनको गोली, ग्रिनेड लोन्चर, मशिनगन र एन्टी मटेरियल राइफल पनि फिट गर्न सकिन्छ । 

रोबोटहरूलाई आपराधिक घटनाको भनक पाउन, हत्याको अधिकार सदुपयोग गर्न तथा गम्भीर परिस्थितिका लागि तयार रहन प्रशिक्षण दिइनेछ ।
 

salt training

कमेन्ट गर्नुहोस्