
चर्चित लोक गायक बद्री पंगेनी जारी विश्वकप फुटबल हेर्न कतारस्थित रंगशालामै पुगेका छन् । उनले मंगलवार रंगशालामै रहेर आयोजक कतार र नेदरल्याण्ड्सबीचको खेल हेरेका थिए ।
रंगशालामा खिचाएका तस्वीरहरू फेसबुकमा शेयर गर्दै गायक पंगेनीले भनेका छन्, ‘हजारौँ सपनामध्ये एउटा सपना पूरा भएको छ ।’ तस्वीरमा पंगेनीले नेपालको राष्ट्रिय झण्डा बोकेका दौरा सुरुवाल, कोट, ढाकाटोपीमा रंगशालामा उपस्थित छन् । गायक पंगेनी शुक्रबार नेपाल फर्किनेछन् ।
