२६ असार २०८३, शुक्रबार

युट्युब र टिकटकमा चर्चामा ‘ए हो र माया’

गीतकार एवं मोडल भन्छन्, – यतिधेरै माया गर्नुहोला भन्ने कल्पना नै थिएन
मंसिर १४, २०७९
युट्युब र टिकटकमा चर्चामा ‘ए हो र माया’

हिमाल सागर र अनु चौधरीको स्वरमा सार्वजनिक ‘ए हो र माया’ बोलको गीत यतिबेला युट्युब र टिकटकमा चर्चामा छ । 

विमल अधिकारीको शब्द एवं संगीत रहेको गीतलाई कमल सौरागले एरेन्ज गरेका हुन् । गीत पाँच दिनअघि युट्युबमा सार्वजनिक गरिएको थियो । 

सार्वजनिक भएसँगै विमल अधिकारी र सनिशा भट्टराई फिचर्ड रोमान्टिक गीतलाई स्रोता एवं दर्शकहरुले रुचाएका हुन् । गीतले छोटो समयमै युट्युबमा १६ लाख भ्युज पाइसकेको छ । 

‘बगेको खोली फर्किन्छु भन्छ
कल्लेनी केहीबेर पर्खिन्छु भन्छ
तिमीलाई देखेर माया, तिमीलाई देखेर
ए होर माया
मै राम्री छु र

गीतको पंक्तिहरु टिकटकमा समेत निकै हिट छन् । 

‘लाखौंको भीडमा मलाई नि हेर्छन
रिसले पनि लामो सास फेर्छन्
मलाई नै देखेर माया, मलाई नै देखेर
ए होर माया, ए होर माया’

कयौं युवतीहरूले उल्लेखित पंक्तिमा लिप्सिङ दिँदै भिडियो बनाएर टिकटकमा पोष्ट गरेका छन् । गीतमा ५ दिनमा १२ लाखभन्दा बढी टिकटक बनिसकेका छन् । 

गीतलाई स्रोता दर्शकले रुचाउने निर्माण टिमको अपेक्षा थियो । तर, यतिधेरै चर्चामा पाउँला भन्ने कल्पना नै नभएको गायक हिमाल सागर बताउँछन् । गीतलाई स्रोता दर्शकले रुचाएपछि उनले फेसबुकमा लेखेका छन्, ‘सोचेको थिएँ माया गर्नु हुन्छ भन्ने । तर, यति धेरै माया गर्नुहोला भन्ने कल्पना थिएन ।’ 

गीतकार एवं मोडल विमल अधिकारी पनि गीतले यति धेरै चर्चा पाउला भन्ने नसोँचेको बताउँछन् । 

‘गीतमा विश्वास थियो । त्यसैले रुचाउनुहोला भन्ने थियो’, अधिकारीले भने, ‘तर, यति छोटो समयमा यति धेरै चर्चामा आउँला भन्ने चाहिँ कल्पना नै थिएन ।’ 

एकपछि अर्को सफल म्युजिक भिडियो दिइरहेका मौसम हिमालीको कोरियोग्राफी एवं निर्देशन रहेको यस गीतको भिडियो लुम्बिनी, नवलपरासी र चितवनमा ३ दिन लगाएर छायाँकन गरिएको थियो । राजेश घिमिरेको छायाँकन, विकास ज्ञवालीको सम्पादन रहेको भिडियो भावना म्युजिक सोलुसनको युट्युब च्यानलमा हेर्न सकिन्छ ।

salt training

कमेन्ट गर्नुहोस्