सामाजिक सञ्जालमा एउटा हरिणले गोहीको आक्रमणबाट बाँच्नका लागि देखाएको फुर्तीको रोमाञ्चक भिडियो भाइरल भइरहेको छ ।
जम्मा ५९ सेकेन्डको क्लिपमा हरिणले तलाउमा पानी पिइरहेको देखिन्छ । उसले पानी पिउँदै गर्दा एउटा खतरनाक गोही किनार नजिक आइपुग्छ । अचानक गोहीले हरिणमाथि आक्रमण गर्दा हरिणले तत्कालै त्यसको भेउ पाएर उफ्रिएको देखिन्छ ।
हरिणको फुर्ती देखेर गोही छक्क पर्छ । एकछिन अघि देखिएको हरिण आँखा झिम्क्याउन नपाउँदै कतै अलप हुन्छ ।
भारतका वन अधिकारी डा सम्राट् गौडाले आफ्नो ट्विटर अकाउन्टबाट यो भिडियो शेयर गरेका हुन् ।
Reflex!!!! pic.twitter.com/tSCGRXsn2V
— Dr.Samrat Gowda IFS (@IfsSamrat) November 29, 2022