२४ असार २०८३, बुधबार

बीग मार्टमा स्मार्ट क्यूआरमार्फत भुक्तानी गर्दा तरकारी तथा फलफूलमा १५ प्रतिशत छुट

मंसिर १६, २०७९
बीग मार्टमा स्मार्ट क्यूआरमार्फत भुक्तानी गर्दा तरकारी तथा फलफूलमा १५ प्रतिशत छुट

विद्युतीय कारोबारलाई प्रबद्र्घन गर्ने उद्देश्यका साथ स्मार्ट क्यूआरले बीग मार्टसँग सहकार्य गरी हरेक बुधवार र शनिवार तरकारी तथा फलफूल खरिदमा स्मार्ट क्यूआरमार्फत भुक्तानी गर्दा छुट अफर सार्वजनिक गरेको छ । 

यस छुट अफरअन्तर्गत ग्राहकहरूले तरकारी तथा फलफूल खरिद गर्दा स्मार्ट क्युआर मार्फत भुक्तानी गरे १५ प्रतिशत अधिकतम रू. १ सय ५० सम्म छुट प्राप्त गर्न सक्नेछन् । 

स्मार्ट क्यूआरमा आबद्ध विभिन्न बैंक तथा वित्तीय संस्थाका ग्राहकहरूले बीग मार्टको सम्पूर्ण शाखाहरूमा क्यूआर स्क्यान गरी भुक्तानी छुट प्राप्त गर्न सक्नेछन् । 

यस अफरअन्तर्गत बीग मार्टको सम्पूर्ण शाखामा एनआईसी एशिया मो बैंक, ग्लोबल स्मार्ट प्लस, आइएमई पे, खल्ती, नमस्ते पे, प्रभु पे, सजिलो पे, मोरु, आई क्यास, क्यु पे तथा विभिन्न सहकारीका एपमार्फत पनि भुक्तानी गर्न सकिनेछ ।
 

salt training

कमेन्ट गर्नुहोस्