×

X
Nic Asia
Dabur
Prabhu Bank

वामपन्थी समीकरणकाे मन्थन

प्रचण्ड-माधव मिसनमा रहँदासम्म वाम सहकार्य गरौं भन्नुको अर्थ छैन– विष्णु रिमाल [अन्तर्वार्ता]

'अब 'फ्रेस स्टार्ट' गरौं भन्ने हो भने सबै पोका पन्तुरा फुक्न पनि सक्छन्'

काठमाडाैं | मंसिर १८, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

मंसिर ४ मा भएको निर्वाचनको नतिजा आउँदै गर्दा मंसिर ८ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई टेलिफोन गरेर चुनाव जितेकोमा बधाई दिए । त्यसपछि पुनः एमाले–माओवादी सहकार्यका सम्भावनाबारे चर्चा शुरू भएको छ ।

yONNEX
LAxmi BAnk
nabil BANK inside

त्यसयता एमाले र माओवादी केन्द्रका नेताहरूका बीचमा शीर्ष तहमा संवाद भएको छैन । बरू सत्तारूढ गठबन्धनभित्र सरकार बनाउने र प्रमुख राजनीतिक पद बाँडफाँटको विषय बसहमा आएको छ । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

सत्तारूढ गठबन्धनकै स्पष्ट बहुमत पुर्‍याउने गरी जनमत पार्टीका अध्यक्ष सीके राउत र नागरिक उन्मुक्ति पार्टीका संरक्षक​ रेशम चौधरीसँग प्रचण्ड, माधव नेपाल र बाबुराम भट्टराईले छुट्टाछुट्टै भेटवार्ता गरेका छन् । सत्तारूढ गठबन्धनले सरकार बनाउन छलफलहरू अगाडि बढाए पनि एमालेले भने त्यसतर्फ खासै तदाकरूकता देखाएको छैन ।

निर्वाचन परिणामले एमालेलाई समानुपातिक मतमा पहिलो र संसदको दोस्रो शक्तिकोरूपमा स्थापित गर्ने देखिएको छ ।  निर्वाचनको परिणाम र समीक्षा, सरकार गठन तथा चर्चामा रहेको वामपन्थी समीकरणको सम्भावनाका बारेमा नेकपा एमालेका उपमहासचिव विष्णुरिमालसँग लोकान्तरका लागि उद्धव थापाले कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :


Advertisment
Saurya island

निर्वाचनको नतिजालाई कसरी विश्लेषण गर्नुभएको छ ? 

– हामीले यो चुनावमा ६ प्रतिशत मत वृद्धिको लक्ष्य राखेका थियौं । एमालेको लोकप्रिय मत ३४ प्रतिशत थियो । त्यसमा ६ प्रतिशत मत बढेको थियो भने हाम्रो बहुमत आउन सक्थ्यो । तर, लोकप्रिय मत ६ प्रतिशत बढ्न सकेन त्यसकारण सोचअनुसारको सीट आउन सकेन । अर्को, चौतर्फी घेराबन्दीका बीचमा चुनावमा गएका हौं । यस्तो अवस्थामा जे नतिजा आयो त्यो सानो उपलब्धि हो जस्तो लाग्दैन ।

Vianet communication
IME BANK INNEWS

देशभरका सबैजसो निर्वाचन क्षेत्रमा लोकप्रिय मत पाएका छौं । प्रदेशगत रूपमा हेर्ने हो भने पनि प्रदेश १ मा लोकप्रिय मतमा अगाडि छौं । समग्र देशभरको लोकप्रिय मत हेर्दा एमाले पहिलो पार्टी भइरहेको छ । प्रत्यक्षतर्फको नतिजामा मधेश समेत एमाले पहिलो शक्ति बनेको छ । घेराबन्दी र एकोहोरो लखेटाइको बीचमा एमालेको प्रगति नराम्रो होइन । तर, हाम्रो अपेक्षा यतिमा सीमित थिएन । 

तपाईंहरूले चुनावअघि ‘मिसन– १५०’ भन्नुभएको थियो, प्रत्यक्षतर्फ ४५ सीटमा सीमित हुनुपर्‍यो । समानुपातिकमा पनि स्थानीय तहको भन्दा कम मत आयो । तपाईंहरूको हिसाब–किताब कहाँ बिग्रियो ?

– सबैको हिसाब बिग्रियो नि । शहरी क्षेत्रको मत विभाजित भएको छ । परम्परागत शक्तिहरू एमाले, कांग्रेस र माओवादीको मात्रै हिसाब गर्ने हो भने नतिजा फरक आउन सक्थ्यो । शहरी मतदाताको मत दुईतिर बाँडिएको देखिन्छ । विकासको एउटा मानक कायम भएपछि युवाहरू र शहरी मतदाताको मत बाँडिदोरहेछ भन्ने लागिरहेको छ । एकातिर उत्तरआधुनिक भएर परम्परातिर लाग्ने रहेछन् । त्यो परम्परागत र रुढीवादी भोटलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आकर्षित गरेको छ । त्यसको केही भोट कांग्रेसमा गएको हुनसक्छ ।

अर्कोतिर फ्रस्टेटेड मत अर्थात् परिवर्तनका आकांक्षी र विद्यमान अवस्थाप्रति विद्रोह गर्ने चेत भएका मानिसहरूको मत राष्ट्रिय स्वतन्त्र पार्टी  (रास्वपा)तिर गएको देखिन्छ । दुईवटा पार्टीले हाम्रो मत काटेका छन् ।

एमालेकै कुरा गर्दा हामीले ६ प्रतिशत वृद्धिको लक्ष्य राखेका थियौं, उल्टै ६ प्रतिशतले आरोलो लाग्ने अवस्था बन्यो । ६ प्रतिशत उकालो लागेको भए मिसन– १५० प्राप्त गर्ने अवस्था बन्थ्यो । ६ प्रतिशत ओरालो लागेका कारण पहिलो पार्टी बन्नका लागि संघर्षरत हुन पुग्यौं । 

रास्वपाले फ्रस्टेटेड मत पायो भनेर मात्रै पुग्छ कि ठूला र स्थापित दलहरूको भविष्यमाथि घण्टी बज्यो भन्ने अर्थमा पनि विश्लेषण गर्नुपर्ला ?

– त्यस्तो निष्कर्ष निकाल्नु अलि चाँडो हुन्छ । त्यस्तो थियो भने लोकप्रिय मत उनीहरूले किन कम पाए त ? त्यस्तो हो भने एमालेकै लोकप्रिय मत पहिलो नम्बरमा नहुनुपर्ने हो नि त । प्रदेशमा त राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवारी दिएन त्यसैले मत आएन भन्न सकिएला तर, एमालेले १४१ ठाउँमा मात्रै उम्मेदवारी दिँदा पनि देशभरको लोकप्रिय मतमा त एमाले नै अगाडि रह्यो नि । १४० कै हाराहारीमा त राष्ट्रिय स्वतन्त्र पार्टीले पनि उम्मेदवारी दिएको थियो । किन उनीहरूको मत त्यति धेरै आएन त ? किन एमाले पहिलो, कांग्रेस दोस्रो र माओवादी तेस्रो भयो ? यसको अर्थ, स्थापित पुराना पार्टीहरूप्रति गुनासो चाहिँ छ, तर त्यसको विकल्प अरू बन्छ भन्ने मानिसलाई विश्वास पनि छैन । २०७४ सालको चुनावमा पनि यस्तो प्रयोग त भएको थियो नि । 

राज्य कसरी चलाउने, सत्ता कसरी चलाउने भन्ने विषयमा दुईवटा ठूला दलहरू नेपाली कांग्रेस र एमालेका बीचमा समझदारी हुन आवश्यक छ । कांग्रेसले यसरी सोच्छ कि सोच्दैन उसको कुरा हो । दुईवटा मूल शक्तिले खेलको नियम यसरी बनाएर जाऔं है भनेर सल्लाह गर्नुपर्ने हो ।

मेरो विश्लेषणमा, पुरानो गठबन्धनलाई जनताले ठ्याक्कै पुग्ने गरी बहुमत दिएनन् । शंका व्यक्त गरे । पत्याइने पार्टी एमाले र कांग्रेस नै रहेछन् । यी दुईबाहेक अन्य पार्टी खोजौं भन्नेले राष्ट्रिय स्वतन्त्र पार्टी रोजे । परम्परागत शक्तिको रूपमा राप्रपा पनि आयो । क्षय चाहिँ माओवादी र माधव नेपालजीको पार्टीमा भयो । माधव नेपालजीको पार्टीले राष्ट्रिय पार्टीको दर्जा पाउन मुश्किल देखिँदैछ । माओवादीले पहिले पाएको कुल सीटको आधा मात्रै अहिले प्राप्त गरेको छ । पूर्वी तराईमा सीके राउतको पार्टी रूचाइएको देखिन्छ । पश्चिम तराईमा नागरिक उन्मुक्ति पार्टी रुचाइएको छ ।

अघिल्ला चुनावको तुलनामा अन्य पार्टी मात्रै होइन, एमाले पनि त खिइएको देखियो नि होइन ?

– हामीले विश्लेषण गर्दा आग्रहपूर्ण रूपमा गर्नु हुँदैन । अरू पार्टीको विश्लेषण गर्दा एमाले पनि खिइयो नि भनेर जोड्नुपर्ने आवश्यकता के छ र ? एमाले त जे छ त्यही छ नि । जनमतको हिसाबले एमाले नम्बर १ को पार्टी छ त । एमाले पनि खिइयो भन्ने ट्याग जोड्दा प्रश्नकर्तामा आग्रह देखिन्छ । आग्रहपूर्ण कुरा मिसाइहाल्न जरूरी छैन ।

जनमतमा एमालेलाई पहिलो पार्टी मानिएको छ । प्रत्यक्षमा कांग्रेससँग झण्डै १० सीट जति फरक पर्ने देखिँदै छ । पुराना पार्टीमध्ये यही २ वटा पार्टीलाई पत्याइएको देखिन्छ । परम्परागत शक्तिको रूपमा राप्रपा आएको छ । पूर्वी तराईमा जनमत पार्टी र पश्चिम तराईमा नागरिक उन्मुक्ति पार्टीलाई पत्याएका छन् । ओरालोमा त माओवादी र एकीकृत समाजवादी नै छन् नि । म एमाले भएर मेरो आँखाबाट विश्लेषण गर्दा यही देख्छु । 

नेता र दलहरूलाई सुध्रिनका लागि मतदाताले चेतावनी दिएको चाहिँ मान्नुहुन्छ ? 

– सुध्रिन त पर्‍यो नै । तर, कसैले चेतावनी दिएको चाहिँ म भन्दिनँ । नेताहरूको गुण, दोष थाहा पाउँदापाउँदै तपाईंले मन नपराएका नेताहरू पनि जित्नुभएको छ नि । युवा उम्मेदवार दिएका ठाउँमा युवाले जितेका छैनन् । काठमाडौं उपत्यकामै धेरै युवाले हारेका छन्, बुढाले जितेका छन् । नयाँले पाउनुपर्ने भनेको ठाउँमा पुरानाले जित्नुभएको छ । मकवानपुर, नुवाकोट हेर्नुभयो भने पाका उमेरका मान्छेले जितेका छन् । सामान्यता शहरी क्षेत्रको मत २ भागमा बाँडिएको देख्छु मैले चाहिँ ।

निर्वाचनबाट संसदको जस्तो बनोट आउने देखिँदैछ त्यसले राजनीतिक स्थायित्व, विकास र समृद्धिका योजनालाई प्रभावित त प्रभावित पार्छ नै, अझ दलको ध्यान सरकार बनाउने र ढलाउनेतिर जाँदा सबैभन्दा असर चाहिँ संसदमा देखिने भयो हैन ? 

– सही कुरा हो । त्यसकारण हामीले हाम्रो पार्टीको तर्फबाट दुईवटा लाइन हुनुपर्‍यो भन्ने गरेका छौं । सेन्टर टु लेफ्ट एउटा राष्ट्रिय शक्ति बनोस्, सेन्टुर टु राईट अर्को राष्ट्रिय शक्ति बनोस् भनेको हो । शक्तिका हिसाबमा जनतालाई दुईवटा रोजाइ  दिन राम्रो हुन्छ भन्ने हाम्रो तर्क हो । त्यसमा दलहरू एकभन्दा बढी हुन सक्छन् । अहिलेको सत्ता गठबन्धन पनि एउटा शक्ति हो भने त्यसले स्पष्ट राजनीतिक ओरिएन्टेसन लिनुपर्छ, खिचडी ओरिएन्टेसन होइन । हामीलाई (एमाले) अर्को शक्ति मान्ने हो भने त्यही अनुसारको ओरिएन्टेसन हुनुपर्छ ।

पहिले ४ वटा राष्ट्रिय पार्टी थिए भने अब ७ वटा पुग्ने भए । यसले स्थायित्वमा प्रश्न खडा गरेको छ । 

निर्वाचनको परिणामले एमालेलाई संसदको दोस्रो शक्तिकोरूपमा स्थापित गर्ने देखिन्छ । सत्तारूढ गठबन्धनले सरकार गठनका लागि छलफल अगाडि बढाइरहेको छ । एमालेले चाहिँ तदारूकता देखाएको छैन । तपाईंहरूको खास ध्यानचाहिँ कता हो ?

– सरकार र राज्यसत्ता फरक पाटो हुन् । राज्य कसरी चलाउने, सत्ता कसरी चलाउने भन्ने विषयमा दुईवटा ठूला दलहरू नेपाली कांग्रेस र एमालेका बीचमा समझदारी हुन आवश्यक छ । कांग्रेसले यसरी सोच्छ कि सोच्दैन उसको कुरा हो । दुईवटा मूल शक्तिले खेलको नियम यसरी बनाएर जाऔं है भनेर सल्लाह गर्नुपर्ने हो । राज्यसत्ता सञ्चालनका विभिन्न अवयवहरू हुन्छन्, तिनिहरूलाई कसरी चलाउँदा निष्पक्ष शासन दिन सकिन्छ भनेर छलफल गर्न सकिन्छ ।

सरकार बनाउने सवालमा, गठबन्धनमा रहेका साथीहरू एमालेविरूद्ध चुनाव लड्नुभएको हो  । अहिले गठबन्धनलाई साँच्चिकै बहुमत अलि पुगिसकेको छैन । त्यसकारण, गठबन्धनभन्दा बाहिरको दलहरू पनि खोज्दै हुनुहुन्छ । गठबन्धनको बहुमत पुग्यो र अरूलाई पनि लिएर सरकार बनाउनुभयो भने त्यो उहाँहरूको कुरा भयो । त्यसमा हामीले हात हाल्ने कुरा भएन । निर्वाचनको सम्पूर्ण रिजल्ट नआउँदासम्म हतारिनुपर्ने आवश्यकता पनि ठान्दैनौं । 

हामी प्रमुख प्रतिपक्षी बन्नेमा कुनै शंका नै छैन । सरकार र प्रतिपक्षको सन्दर्भमा गठबन्धनमा रहेका साथीहरू एकजुट हुनसक्नुहुन्छ कि सक्नुहुन्न भनेर हेर्ने नै हो । यसमा पर्ख र हेरकै अवस्थामा हो । तर, राज्यसत्ता सञ्चालनको विषयमा हामीले एमाले र कांग्रेसका बीचमा समझदारी बनाऔं भनिरहेका छौं । 

सत्ता सञ्चालनको विधि बनाउन सरकारमा हुन आवश्यक छ, सरकार र राजनीतिक प्रणालीलाई स्थायित्व दिऔं भनेर कांग्रेस र एमालेको सकार बन्ने सम्भावना छ त ?

– यसमा हामीले बोल्न आवश्यक नै छैन । नेपाली कांग्रेस, माओवादी र माधव नेपालजीका पार्टीहरू अहिलेको गठबन्धन नै टिक्न सक्छ, यसले नै सरकार चलाउँछ भनिरहेका छन् । जबसम्म उहाँहरू त्यहाँ रहनुहुन्छ, उहाँहरूले संख्या पुर्‍याउनुहुन्छ होला । त्यस बेलासम्म हात हाल्न आवश्यक हामीले देखेका छैनौं । 

सरकार त जसरी चलाए पनि भयो तर सरकारले दिने डेलिभरीमा चाहिँ विपक्षमा बस्ने र सत्तामा बस्ने दुई मुख्य दलका बीचमा सझदारी हुन आवश्यक छ भन्ने तर्क हाम्रो हो । तर, विना समझदारी पनि चल्छ भन्ने साथीहरूलाई लाग्छ भने अनि त्यसपछि एमालेको प्रतिक्रिया शुरू हुन्छ । अहिले त साथीहरू जेलदेखि घरसम्म दौडिइरहनुभएको छ । दौडिन दिऔं, सरकार बन्छ भने राम्रै छ नि त । 

संसदमा रहेका वामपन्थी शक्तिहरू एकजुट हुने सम्भावना कत्तिको देख्नुभएको छ ?

– वामपन्थता भन्ने एजेन्डाको आधारमा अहिले बहस भइरहेको छैन । प्रचण्ड र माधव नेपालको पार्टी वामपन्थ भनेर बस्नुभएको छैन । उहाँहरू त नेपाली कांग्रेसको नेतृत्वमा एउटा यस्तो गठबन्धन बनाऊँ जसले एमालेलाई साइजमा ल्याउँछ, ओरालो लगाउँछ, एमालेको अध्यक्षलाई सिध्याउन मद्दत गर्छ भन्ने मिसनमा हुनुहुन्छ । 

त्यो मिसन पूरा नहुँदासम्म हामीले फ्रेन्डसीपको हात बढाऊँ भन्दा पनि त्यसले काम गर्दैन । हाम्रो आग्रह, अपेक्षा र वास्तविकताको बीचमा मेल खाइरहेको छैन । साथीहरू, कम्युनिस्ट मान्यतामा रहनुभएको छैन । त्यसप्रति उहाँहरूको तीव्र आक्रोश छ । 

निर्वाचनमा जानु भनेको जनताको अदालतमा जानु पनि हो । जनताले तपाईंहरूको शक्ति परिभाषित गरिदिएका छन् । अब आ–आफ्नो हैसियत स्वीकार गरेर राजनीतिक स्थायित्व दिने शर्तमा वामपन्थीहरू मिल्न के कुराले रोक्यो ? 

– यो प्रश्न हामीलाई होइन, गठबन्धनमा रहेका अन्य दलहरूलाई सोध्नुपर्ने हुन्छ । जसले गठबन्धन बनाएर दौडिइरहनुभएको छ, घर–घर जेल–जेल कुदिरहनुभएको छ, उहाँहरूलाई सोध्नुपर्छ । एमालेले गठबन्धन फुटाउन किन पहल गर्दैन भन्ने प्रश्न हो र ? होइन भने उहाँहरू त गठबन्धनमा हुनुहुन्छ । गठबन्धन पनि कसम खाएर गर्नुभएको छ । उहाँहरूले नै निर्णय नगरेसम्म यसमा छलफल गर्नु भनेको हाइपोथेटिकल कुरा मात्रै हुन्छ । 

हुँदाखादाको पार्टी फुटाएर, एमालेलाई सत्ताच्यूत गरेर, निन्दा भर्त्सना गरेर चुनाव जानुभएको हो । उहाँहरूको मिसन पूरा भयो कि भएन त ? त्यसले एउटा किनारा पक्रिनु परेन त ? उहाँहरूको मिसन पूरा भएको छ कि छैन हामीलाई थाहा छैन । मिसनमै हुनुहुन्छ भने त जतिसुकै रोइकराई गरे पनि केही हुँदैन । 

सरकार बनाउनका लागि एमालेले निमन्त्रणा नै दिएन भन्ने पनि त होला नि ?

– हामीले प्रचण्ड र माधव नेपाललाई गठबन्धन छाडेर आउनुहोस् भनेर दौडिएको भए तपाईंहरूले हामीलाई गठबन्धन भत्काउन किन दौडिएको भनेर प्रश्न गर्नुहुन्थ्यो । गठबन्धन फुटाएर अस्थिरतातिर जाने विकल्प किन रोज्नुभएको भन्नुहुन्थ्यो । हामी के हेरिरहेका छौं भने एउटा कोर्ष त पूरा हुनपर्‍यो नि । हाम्रो मिसन– १५० भनेजस्तै उहाँहरूको पनि त मिसन थियो नि ।

हुँदाखादाको पार्टी फुटाएर, एमालेलाई सत्ताच्यूत गरेर, निन्दा भर्त्सना गरेर चुनाव जानुभएको हो । उहाँहरूको मिसन पूरा भयो कि भएन त ? त्यसले एउटा किनारा पक्रिनु परेन त ? उहाँहरूको मिसन पूरा भएको छ कि छैन हामीलाई थाहा छैन । मिसनमै हुनुहुन्छ भने त जतिसुकै रोइकराई गरे पनि केही हुँदैन । 

हिजो जे भयो भयो, अब फ्रेस स्टार्ट गरौं भन्ने हो भने सबै पोका पन्तुरा फुक्न पनि सक्छन् । कांग्रेस–एमाले, एमाले–माओवादी, एमाले र माधव नेपालजीको पार्टीको बीचमा कस्तो सम्बन्ध रहने भन्ने बारेमा छलफल हुन सक्ने भयो । जबसम्म उहाँहरू एउटै मिसनमा बाँधिएर दौडिरहनुहुन्छ, त्यतिबेलासम्म हामीले भन्ने भनेको त बेकारको परिकल्पना जस्तो भएन र ? 

त्यसो भए तपाईंहरू पर्ख र हेरमै हुनुहुन्छ ?

– पर्खिने नै हो नि त । त्यो भन्दा अर्को उपाय के रहन्छ र ? जनताले संसदमा दोस्रो हुने मत दिनुभएको छ । 

गठबन्धनको नेता नेपाली कांग्रेस छ र उसलाई यो गठबन्धनले अप्ठ्याराहरू पार लगाउँछ भन्ने जहिलेसम्म लाग्छ, अनि सहयात्री दलहरूले जहिलेसम्म कम्फर्टेबल फील गरिरहन्छन्, तबसम्म एमालेले जति प्रयत्न गरे पनि आउने परिणाम एउटै त हो ।

भिडियाेमा हेर्नुहाेस् विष्णु रिमालसँगकाे अन्तर्वार्ता- 

hAMROPATRO BELOW NEWS
Maruti inside
NLIC
TATA Below
पुस २७, २०७९

भारतीय सेनाका अवकाशप्राप्त मेजर जनरल अशोक मेहता नेपाल मामिलामा धेरै जानकारी राख्ने बुद्धिजीवी हुन्  । मेहताको विश्लेषण भारतीय संस्थापनसँग नजिक र मिल्दोजुल्दो पाइन्छ  । नेपालसँग सरोकार राख्नेगरी दिल्ल...

मंसिर २, २०७९

लोकतान्त्रिक प्रणालीलाई जीवन्त बनाउने एक महत्त्वपूर्ण र अनिवार्य आयामका रूपमा रहेको आवधिक निर्वाचनको सम्पूर्ण तयारीमा मुलुक उभिएको छ । स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र भयरहित वातावरणमा निर्वाचन गराउने दायित्व...

मंसिर १०, २०७९

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले अब मधेशको मुद्दा तथा शोषित/पीडितको मुक्तिका लागि संघर्ष गर्ने बताएका छन्  । १५ वर्षअघिको 'क्रान्तिकारी' उपेन्द्र यादवलाई फेरि पनि जनताले सोही...

पुस ४, २०७९

हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा २० सीट जितेर राष्ट्रिय स्वतन्त्र पार्टी संसद्को चौथो ठूलो दल बनेको छ । झण्डै ४ महिनाअघि मात्र गठित उक्त पार्टीका सभापति रवि लामिछाने चितवन- २ बाट चुनाव जितेर हालै काठमाडौं फर्क...

पुस २२, २०७९

नेकपा एमालेको समर्थनमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेपछि देशको राजनीतिले नयाँ कोर्स लिएको छ । तर, नयाँ प्रधानमन्त्रीले विश्वासको मत नलिँदै सरकार गिराउने खे...

मंसिर २९, २०७९

कांग्रेस नेता डा. प्रकाशशरण महत अहिले पार्टी प्रवक्ताको जिम्मेवारीमा छन् । पार्टी सभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिने महतलाई कांग्रेसले समानुपातिक सांसद बनाएको छ । कांग्रेसको १४ औं महाधिवेशनमा महाम...

प्रचण्डकै नेतृत्वमा फर्काउन सम्भव छ माओवादीको पुरानो साख !

प्रचण्डकै नेतृत्वमा फर्काउन सम्भव छ माओवादीको पुरानो साख !

माघ १९, २०७९

– सत्तालाई आर्यघाटसम्मको सहयात्री बनाउने । – शक्तिलाई ईश्वरीय अनुकम्पा सम्झने । – सम्पत्तिलाई सामन्ती विरासतको जगमा ढाल्नुपर्ने । – पार्टी मुख्यालयलाई शान्त मसानघाट जस्तो राख्ने । निवास...

डा. केआई सिंहको बर्खास्तगी, प्रचण्डको ‘नायकत्व’ र प्रेमप्रसादहरूको आत्मदाह !

डा. केआई सिंहको बर्खास्तगी, प्रचण्डको ‘नायकत्व’ र प्रेमप्रसादहरूको आत्मदाह !

माघ १५, २०७९

डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...

हिटलरको बर्बरता र होलोकास्ट : सम्झनामा मानव इतिहासको त्यो त्रासदी

हिटलरको बर्बरता र होलोकास्ट : सम्झनामा मानव इतिहासको त्यो त्रासदी

माघ १३, २०७९

मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...

ad
x