०९ असार २०८३, मंगलबार

वरिष्ठ गीतकार थापा र संगीतकार गुरुङ नारायणगोपाल स्मृति सम्मानद्वारा विभूषित

मंसिर १९, २०७९
वरिष्ठ गीतकार थापा र संगीतकार गुरुङ नारायणगोपाल स्मृति सम्मानद्वारा विभूषित

स्वरसम्राट नारायण गोपालको ३२औँ पुण्यस्मृतिमा वरिष्ठ गीतकार राजेन्द्र थापा र संगीतकार प्रकाश गुरुङलाई सम्मान गरिएको छ । स्वरसम्राट नारायण गोपालको ३२ औं पुण्यस्मृतिका अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमबीच अग्रज श्रष्टाद्वय थापा र गुरुङलाई नारायणगोपाल स्मृति सम्मान एवं पुरस्कार प्रदान गरिएको हो । 

सम्मान कार्यक्रममा बोल्दै वरिष्ठ गीतकार राजेन्द्र थापाले नारायणगोपालको स्वरमा भएको मिठासका बारेमा अध्ययन हुन जरुरी रहेको बताए । उनले नारायणगोपालको शालिक, प्रतिष्ठान एउटा नाममा मात्रै सीमित नभई समग्र गीत÷संगीत नै समाविष्ट रहेको प्रतिमूर्तिका रुपमा चित्रण गरे । उनले नारायणगोपालले ३० को दशकमा आफूलाई राजेन्द्र थापाको फ्यान हुँ भनेर दिएको सम्मान नै आफ्ना लागि सबैभन्दा ठूलो सम्मान भएको बताए । 
‘नारायणगोपाल वहाँ एक्लो हो जस्तो लाग्दैन समग्र गीत, संगीत नै उहाँमा समाहित छौँ । उहाँ धेरै उपाधि हुनु हुँदैन भन्नुहुन्थ्यो तर उहाँकै धेरै उपाधि भइरहेको छ, यो रोचक छ । ३० को दशमा नारायणगोपाल दाईले राजेन्द्र थापाको फ्यान हुँ भन्नु भन्दा ठूलो सम्मान अरु केही पनि होइन’, थापाले भने, ‘धेरै नारायणगोपालको बारेमा कार्यक्रमहरु हुन्छन् तर उहाँको गायन पक्षको बारेमा कसैले पनि किन उहाँको स्वरमा जादु थियो ? किन त्यत्ति धेरैमन पराइन्छ भन्ने खोजेको देखिनँ । माला, खादा र खानेकुरमा मात्रै किन यस्ता कार्यक्रम सिमित हुन्छन् ? मैले बुझ्न सकेको छैन । आगामी दिनमा नारायण गोपालको बारेमा विस्तृत अध्ययन हुन जरुरी छ ।’

कार्यक्रममा वरिष्ठ संगीतकार प्रकाश गुरुङले नारायणगोपालले गीत गाउँदा घर नै गुञ्जायमान हुने र शरीरबाट पनि मधुरो आवाज निस्किने भन्दै प्रशंसा गरे । उनले आफूले देखेका अहिलेसम्मका गायक गायिकाहरुमा त्यो किसिमको कला नपाएको बताए । 

‘मलाई अहिले सम्झिँदा पनि लाग्छ, नारायणगोपालले गीत गाउँदा घर नै गुञ्जायमान हुन्थ्यो, शरीरबाट नै आवाज निस्किन्थ्यो । मैले अहिलेसम्म त्यस्तो गायक, गायिका भेटेको छैन । मैले पनि उहाँसँग धेरै काम गरेँ । उहाँसँग काम गर्न पनि धेरै रमाईलो हुन्थ्यो’, उनले भने । 

salt training

कमेन्ट गर्नुहोस्