१९ असार २०८३, शुक्रबार

संस्कृत विश्वविद्यालयमा प्राध्यापक अभाव, पठनपाठन प्रभावित

मंसिर २०, २०७९
संस्कृत विश्वविद्यालयमा प्राध्यापक अभाव, पठनपाठन प्रभावित

दाङको बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय आयुर्वेद विद्यापिठमा आयुर्वेद चिकित्सामा स्नातक तह (बीएएमएस) अध्यापनका लागि ५१ प्राध्यापक चाहिन्छ तर अहिले ५–७ जना प्राध्यापकले मात्रै पढाइरहेका छन् ।

सीमित प्राध्यापक हँदा नियमित पढाइ पनि नहुने र एउटा प्राध्यापकले आफ्नो विषयभन्दा बाहिरको विषय पढाउँदा गुणस्तर पनि निकै कमजोर रहेको विद्यार्थीहरूको गुनासो छ । 

‘अहिले ११ ब्याचसम्मको पढाइ भइरहेको छ तर अहिलेसम्म पनि सीमित शिक्षक हुनुहुन्छ, लगानी धेरै हुन्छ, तर हाम्रो पढाइ एकदम कमजोर छ,’ विद्यार्थी अभय प्रताप चौबले भने, ‘म कैलालीबाट बीएएमएस पढ्न पनि आएको हुँ तर यहाँको पढाइ निकै कमजोर रहेछ ।’ एउटा प्राध्यापकले १२  पिरियड पढाउनुपर्नेमा २५–३० पिरियड पढाइरहेका उनले बताए ।

झापाबाट बीएएमएस पढ्न आएका प्रदीप दाहालले पनि क्याम्पसमा पढ्ने वातावरण सहज नभएको बताए । ‘प्राध्यापकले आफ्नो विषयभन्दा बाहिरको विषय पढाउनुहुन्छ, त्यो पनि पढाइले गुण्स्तर सिकाइ भएकोे छैन,’ उनले भने, ‘१ हप्तादेखि हामी कलेज नै गएका छैनौं ।’ उनी नवौं ब्याचका विद्यार्थी हुन् ।

कैलालीकी रिया भण्डारी गत भदौमा ११औंं ब्याचको रूपमा आइन् तर उनले नियमित कक्षा लिएदेखि अहिलेसम्म धेरै विषय पढाइ नै भएका छैनन् । ‘म पहिलो दिन भर्ना हुँदा नै आन्दोलनको ‘फेस’ गर्नुपरेको थियो,’ उनले भनिन्, ‘चिफ सरको एउटा कलास छ, त्यो कलास एक दिन भयो, त्यसपछि उहाँ कलासमा नै आउनुभएको छैन ।’

salt training

कमेन्ट गर्नुहोस्