०३ असार २०८३, बुधबार

भारतको मध्यप्रदेशमा जन्मिए हात बिनाको बच्चा

मंसिर २०, २०७९
भारतको मध्यप्रदेशमा जन्मिए हात बिनाको बच्चा

भारतको मध्यप्रदेशको बरवानीमा हात नभएकी एक बालिकाको जन्म भएको छ । बालिका नितान्त स्वस्थ्य भएर जन्मिएकी छन् । ति बालिकाको जन्म भएपछि त्यस गाउँको बारेमा चर्चा भइरहेको छ । अर्कोतर्फ छोरीको जन्मले परिवारका सदस्यहरू पनि निकै खुशी देखिएका छन् । ‘भगवानले जे दिनुभएको छ हामी त्यसैमा सन्तुष्ट छौँ’, बालिकाका पिता नितेशले भने । 

लाखौमा एकमा यस्तो केस आउने चिकित्सकहरू बताउँछन् । बालिका पूर्ण स्वस्थ्य छिन् । उनको वजन २ केजी ८०० ग्राम छ । सुत्केरी समयमा आनुवंशिकता वा संक्रमणका कारण बच्चा यस्तो भएको हुनसक्ने चिकित्सकहरूको भनाइ छ । 

पलसुद नजिकै रहेको उपला स्वास्थ्य केन्द्रमा जन्मिएकी यी बालिका अहिले पूरै क्षेत्रमा चर्चाको विषय बनेकी छन् । बालिकाका बुबा नितेशले धेरैले फोन गरेर बालिकाको बारेमा सोधिरहेको जानकारी दिए । 

उनले डिसेम्बर १ मा श्रीमतीको सामान्य प्रसूति भएको बताए । छोरी जन्मँदा हात नभएको थाहा भयो । ‘तर, हामीलाई यो कुराको वास्ता छैन, हाम्रो छोरी हाम्रो लागि लक्ष्मी माताको रुप हो’, नितेशले भने, ‘आफ्नी छोरीलाई भगवानले जे बनाएको छ, त्यसैमा म खुशी छु ।’

यसअघि रतलाममा अर्को अनौठो बाललको जन्म भएको थियो । त्यहाँ दुई टाउको र तीनवटा हात भएको बाललको जन्म भएको थियो । जाभ्रा निवासी शाहिनले उक्त अनौठो बच्चालाई जन्म दिएकी थिइन् । ति बाललको तेस्रो हात पछाडितिर दुई अनुहार बीचमा छ । यो बच्चा सोनाग्राफीमा जुम्ल्याहाजस्तो देखिन्थ्यो । तर, जब डेलिभरी भयो तब दुईवटा टाउको भएको थाहा भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्