०७ असार २०८३, आइतबार

झापामा महिला अङ्ग्रेजी शिक्षकको सम्मेलन हुँदै

मंसिर २०, २०७९
झापामा महिला अङ्ग्रेजी शिक्षकको सम्मेलन हुँदै

अङ्ग्रेजी विषयका महिला शिक्षकको सशक्तिकरण गर्ने उद्देश्यले झापामा पहिलोपटक ‘महिला अङ्ग्रेजी शिक्षक सम्मेलन’ हुने भएको छ । नेपाल अङ्ग्रेजी भाषा शिक्षक एशोसिएशन (नेल्टा) झापाको आयोजनामा  यही मङ्सिर २३ र २४ गते विर्तामोडमा सो सम्मेलन हुन लागेको  हो ।  

सम्मेलनमा जिल्लाका तीन सय बढी महिला शिक्षिकाको सहभागिता रहने नेल्टाका अध्यक्ष धमेन्द्र भट्टराईले जानकारी दिए । सम्मेलनमा नेल्टाकी अध्यक्ष  मोतिकला सुब्बा देवान, सल्लाहकार हेमन्तराज दाहाल, वरिष्ठ उपाध्यक्ष लक्ष्मण ज्ञवाली, युनिसेफकी शिक्षा विशेषज्ञ वैशाली प्रधान, टोष्ट माटर्सकी अध्यक्ष एञ्जिला विष्टलगायतको प्रस्तुति रहने उनको भनाइ छ ।

जिल्लाका सामुदायिक, नीति तथा अङ्ग्रेजी विषय पढाइरहेका महिला शिक्षकको उक्त सम्मेलनमा सहभागिता रहने आयोजक संस्थाले जनाएको छ । 

कमेन्ट गर्नुहोस्