माघ १८, २०८०
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
मंसिर २१, २०७९
विगत दुई दिनमा युक्रेनले रुसी भूमिमा रहेका तीन क्षेत्रमा ड्रोन आक्रमण गरी रुसको वायु प्रतिरक्षा प्रणालीको कमजोरी उजागर गरेको छ । रुसको आत्मसम्मानमा चोट पुर्याउने यस युक्रेनी कदमले युद्धको दिशालाई समेत बदल्न सक्नेछ ।
सोमवार (५ डिसेम्बर) रुसको सारातोभ क्षेत्रमा रहेको एंगेल्स–२ सैन्य अड्डा तथा र्याजानमा रहको ड्यागिलेभो सैन्य अड्डामा युक्रेनले ड्रोन आक्रमण गरेको थियो । त्यहाँ भएको विस्फोटमा परी तीनजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् ।
ती दुई स्थानमा रुसका बमवर्षक विमानहरू राखिएका थिए । ती बमवर्षक विमानले परम्परागत हतियारका साथै आणविक हतियार पनि बोक्न सक्ने भएकाले तिनीमाथि युक्रेनले गरेको आक्रमणबाट रुसको आणविक हतियार निवारक क्षमतामा समेत प्रश्न उठेको विश्लेषकहरू बताउँछन् । तिनै विमानहरूले युक्रेनको ऊर्जा संरचनामा आक्रमण गरिरहेका थिए ।
त्यही सिलसिलामा मंगलवार (६ डिसेम्बर) रुसको कुर्स्क शहरमा रहेको एक एयरफील्डको तेल भण्डारमा युक्रेनले ड्रोन आक्रमण गर्दा भयंकर आगलागी भएको थियो । घन्टौंसम्म त्यो आगो बलिरहेको थियो । घटनामा कोही हताहत नभएको बताइएको छ ।
यी ड्रोन आक्रमणहरूले रुसलाई उल्लेख्य क्षति नपुर्याएको रुसी अधिकारीहरू दाबी गर्छन् । तर रुसी भूमिमा युक्रेनी ड्रोन आइपुग्नु र सीमित मात्र भए पनि क्षति गर्नु युक्रेनका लागि आफैंमा ठूलो सफलता हो । यसलाई रुसको नेतृत्वले बेवास्ता गर्न सक्दैन ।
विज्ञहरूका अनुसार, युक्रेनले एक हजार किलोमिटर प्रतिघन्टाको गतिमा उड्ने ड्रोन यस आक्रमणमा उपयोग गरेको हो । रुसको रेडार सिस्टमलाई छल्ने गरी ती ड्रोनहरू कम उचाइमा उडाइएका थिए ।
सोभियत युगमा बनेका ड्रोनहरू आक्रमणमा उपयोग गरिएको रुसी पत्रिका कोमसोमोलस्काया प्राव्दाका सामरिक संवाददाता अलेक्जेन्डर कोट्सले लेखेका छन् । उनका अनुसार, एंगेल्स एयरफील्डमा प्रहार गरिएको सोभियत तु–१४१ स्ट्रिझ ड्रोनले सन् १९७० को दशकको प्रविधि उपयोग गर्छ ।
त्यति पुरानो प्रविधिको ड्रोनलाई समेत रुसको वायु प्रतिरक्षा प्रणालीले पत्ता लगाएर बाटैमा नष्ट गर्न नसक्नु उसको विफलता नै मान्नुपर्छ । रुसले आफ्नो प्रतिरक्षा प्रणालीलाई चुस्तदुरुस्त नबनाएमा यस्ता आक्रमणहरू भविष्यमा पनि दोहोरिरहने पक्का छ ।
रमाइलो कुरा त, पश्चिमले यस ड्रोन आक्रमणमा आफ्नो सहमति नरहेको बताएको छ । अस्ट्रेलिया भ्रमणमा रहेका अमेरिकाका परराष्ट्रमन्त्री एन्टोनी ब्लिन्केनले पत्रकारहरूसँग कुरा गर्दै युक्रेनीहरूलाई रुसी भूमिमा आक्रमण गर्न प्रेरित पनि नगरेको अनि समर्थ पनि नबनाएको स्पष्ट पारे ।
तर अमेरिकाले उपलब्ध गराएको गोप्य सूचनाको अभावमा युक्रेनले यो आक्रमण गर्न नसक्ने विज्ञहरू बताउँछन् । त्यति हुँदाहुँदै पनि संसारलाई देखाउनैका लागि भए पनि रुसी मुख्यभूमिमा युक्रेनी आक्रमणलाई अमेरिकाले प्रोत्साहन नगरेका बताइरहेको छ ।
त्यसो त रुसी भूमिमा युक्रेनी आक्रमण रोक्नैका लागि अमेरिकाले युक्रेनलाई दिएको हिमार्स हतियार प्रणालीलाई गोप्य तवरमा रूप परिवर्तन गरेको द वाल स्ट्रीट जर्नलले खबर दिएको छ । हिमार्सले लामो दूरीसम्म प्रहार गर्न नसकोस् भनी त्यसको क्षमतालाई साँघुर्याएको खबर प्रकाशित भएपछि अमेरिकाको परराष्ट्र मन्त्रालयका प्रवक्ता नेड प्राइसले त्यसमाथि टिप्पणी गर्न अस्वीकार गरेका छन् ।
यससँगै युक्रेनलाई लामो दूरीको हतियार निर्माणबाट अमेरिकाले रोकिरहेको आरोप लागेपछि अमेरिकाका रक्षामन्त्री लोयड अस्टिनले त्यसको प्रतिकार गरेका छन् । युक्रेनलाई आफ्नो क्षमता बढाउनका लागि आफूहरूले नरोकेको उनको भनाइ छ ।
यसरी अमेरिकी अधिकारीहरूले युक्रेनलाई आफ्नो भूभागको प्रतिरक्षाका लागि हतियार दिइरहेको, तर रुसमाथि आक्रमण गर्नका लागि कुनै सहयोग नगरेको संकेत दिइरहेका छन् ।
त्यसोभए युक्रेनले अमेरिकाको इच्छाविपरीत रुसी भूमिमा आक्रमण गरेर युद्धको दायरा विस्तार गर्न खोजेको हो त ? अमेरिकी गुप्तचर निकाय सीआईएका पूर्व अधिकारी फिलिप जिराल्डी त्यही गर्न खोजिएको बताउँछन् ।
जज एन्ड्रु नेपोलितानोसँगको अन्तर्वार्तामा जिराल्डीले यस युद्धमा नेटोलाई सहभागी गराउन जेलेन्स्कीले अनेकौं दाउ खेलिरहेको बताए ।
पोल्यान्डको भूमिमा गत नोभेम्बरमा क्षेप्यास्त्र खसालेर युक्रेनले नेटोको सहभागिता गराउन खोजेको भए पनि पश्चिमले त्यसलाई भाउ नदिएपछि जेलेन्स्कीको दाउ खेर गएको थियो । तर अहिले रुसी भूमिमा आक्रमण गरी रुसलाई उत्तेजनात्मक जवाफ फर्काउनका लागि बाध्य बनाउन सकिएमा नेटो र अमेरिकाको कठोर प्रतिक्रिया जन्मिन्थ्यो कि भनी जेलेन्स्कीले अपेक्षा गरेको देखिन्छ ।
पढ्नुहोस् यो पनि :
तर अमेरिकालाई रुसी भूमिमा युक्रेनी आक्रमणमार्फत युद्धको दायरा बढाउने इच्छा छैन जस्तो लाग्छ । हुन पनि ताजा सर्वेक्षणमा लगभग आधा जस्तो अमेरिकीहरूले युक्रेनलाई शान्ति सम्झौता गराउनका लागि वाशिङटनले आग्रह गर्नुपर्ने धारणा राखेका छन् ।
शिकागो काउन्सिल अन ग्लोबल अफेयर्सको सर्वेक्षणमा ४७ प्रतिशत अमेरिकीहरूले उक्त विचार राखेका हुन् जबकि गत जुलाई महिनामा त्यो संख्या ३८ प्रतिशत मात्र थियो । त्यसो त सर्वेक्षणमा सहभागी ४८ प्रतिशतले युक्रेनलाई वाशिङटनले आवश्यक रहुन्जेलसम्म सहयोग गर्नुपर्ने बताएका छन् तर जुलाई महिनामा ५८ प्रतिशतले त्यस्तो धारणा राखेकोमा त्यो अहिले घट्नु भनेको युद्धप्रति थप अमेरिकीहरूमा वितृष्णा जागेको संकेत हो ।
हुन त हतियार उद्योगको प्रभावमा रहेका अमेरिकी राजनीतिकर्मीहरूले जनताको धारणालाई वास्ता गर्ने कुनै सुनिश्चितता छैन । तर युक्रेन युद्धका विषयमा जनमत ध्रुवीकृत भएको तथ्यलाई उनीहरूले विचार गर्न सक्छन् ।
त्यसमाथि रिपब्लिकन पार्टीका सांसद केभिन मककार्थीले गत अक्टोबर महिनामा युक्रेनलाई खाली चेक दिएको जस्तो गरी जति भन्यो त्यति सहयोग गर्ने बाइडन प्रशासनको निर्णयलाई आफूहरूले समर्थन नगर्ने बताएका थिए । अहिले तल्लो सदनमा रिपब्लिकन पार्टीको बहुमत भएकाले जनवरी महिनादेखि युक्रेनलाई अमेरिकाले गर्दै आएको सहयोगमा समेत कटौती हुन सक्छ ।
तर त्यस्तो स्थिति आउनुअघि नै युक्रेनले रुसी भूमिमा आक्रमण गरेपछि रुसमाथि जवाफी कारवाहीका लागि चरम दबाब बढेको छ । हुन पनि युक्रेनको यो सफलता देखेर हौसिएका पोल्यान्ड, लाट्भिया र लिथुएनिया जस्ता अन्य रुसविरोधी राज्यले पनि त्यस्तै किसिमको आक्रमण गर्न सक्ने सम्भावनालाई नकार्न सकिन्न ।
तत्कालका लागि रुसले युक्रेनका ऊर्जा संरचनाहरूमा थप आक्रमण गरी विभिन्न शहरमा विद्युत् तथा जल आपूर्तिबाट युक्रेनीहरूलाई वञ्चित गराएको छ । जाडोलाई हतियारका रूपमा उपयोग गरी युक्रेनी नेतृत्वलाई झुकाउने रणनीतिमा उसले काम गरिरहने देखिन्छ ।
तर रुसका उग्रराष्ट्रवादीहरूलाई त्यति मात्र कारवाहीले चित्त बुझेको छैन । विभिन्न टेलिग्राम च्यानलहरूमा उनीहरू युक्रेनको राजनीतिक तथा सैन्य नेतृत्वलाई सिध्याउने किसिमको आक्रमण गर्न रुस सरकारसमक्ष माग गरिरहेका छन् ।
त्यही मागलाई सम्बोधन गर्नका लागि रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको राजधानी किएभलाई पुनः घेराबन्दी गर्ने आदेश दिने सम्भावना रहेको आकलन रुस मामिलाविज्ञ गोर्डन एम हानले गरेका छन् । जेलेन्स्की सरकारलाई किएभबाट पलायन गर्न वा शान्तिवार्ताका लागि तयार बनाउन रुसले उक्त घेराबन्दी गर्न सक्ने हानको अनुमान छ ।
उनले यस सम्भावनाका पछाडि तीनवटा कारण प्रस्तुत गरेका छन् । पहिलो, परम्परागत सैन्य रणनीतिले शत्रुको राजधानीलाई शुरूमै तारो बनाएमा शत्रुको सैन्य नेतृत्व धराशायी हुने र सरकार समेत भंग हुने सल्लाह दिन्छ । फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण थालेलगत्तै रुसी फौज किएभको घेराबन्दी गर्न पुगेको थियो तर रुस र युक्रेनबीच टर्कीको इस्तानबुलमा वार्ता भएपछि रुसी सैनिकहरू किएभ र चर्निहिभ क्षेत्रबाट हटेका थिए ।
पछि युक्रेन सरकारले इस्तानबुलमा गर्न खोजिएको सहमति नमान्ने बताएपछि लम्बिएको युद्ध अहिलेसम्म पनि जारी छ । पुटिनले त्यही बेलामा युक्रेन सरकार अपदस्थ गर्नका लागि कारवाही चलाउने आदेश दिनुपर्थ्यो भनी आलोचकहरूले बताउने गरेका छन् ।
दोस्रो, रुसले युक्रेनको ऊर्जा संरचनामा लगातार प्रहार गरी विद्युत्, जल र यातायात व्यवस्था तहसनहस पारेकाले किएभबाट मानिसहरूलाई सुरक्षित स्थानतर्फ जान युक्रेन सरकारले आग्रह गरिरहेको छ । रुसले मध्य जाडोमा किएभमाथि आक्रमण गर्न सक्छ भन्ने पूर्वानुमानका साथ युक्रेनले उक्त आग्रह गरेको हो ।
तेस्रो, युक्रेनी अधिकारीहरूले केही दिनअघि रुसी अर्थोडक्स चर्चको युक्रेनी मोनास्ट्रीमा खानतलाश गरी रुसीहरूलाई थप चिढ््याएका छन् । रुसीहरूको पवित्र स्थानमा युक्रेनीहरूले गरेको हस्तक्षेपका कारण युक्रेन सरकारविरुद्ध कठोर कारवाही चलाउन पुटिनलाई थप दबाब पर्ने पक्का छ । किएभ कब्जा गरी प्राचीन रुसको केन्द्र (किएभन रुस) लाई मुख्यभूमि रुसको अधीनमा ल्याउनका लागि रुसीहरूले माग राखिरहेका छन् ।
यसरी हेर्दा युक्रेनले रुसी मुख्यभूमिमा गरेका ड्रोन आक्रमणको जवाफमा रुसले युक्रेनको राजधानी नै कब्जामा लिने कारवाही चलाउन सक्ने सम्भावना छ ।
त्यसका साथै रुसले बेलारुसमा रहेका आफ्ना सैनिकहरूलाई उत्तरी युक्रेनमा रहेको रेलमार्ग ध्वस्त पार्नका लागि आदेश दिने सम्भावना पनि रहेको विज्ञहरू अनुमान गर्छन् । त्यही रेलमार्गमार्फत पश्चिमले युक्रेनलाई हतियार आपूर्ति गरिरहेको हो । उक्त रेलमार्गलाई रुसले युद्ध शुरू भएलगत्तै नष्ट नगरेकाले पनि युद्ध लम्बिएको हो ।
यी सम्भावनाहरूलाई केलाउँदा अब युद्ध आर कि पारको स्थितिमा जान सक्ने आकलन गर्न सकिन्छ । यस क्रममा युद्धको दायरा विस्तार हुन्छ कि हुँदैन, त्यो अमेरिकाको निर्णयमा भर पर्छ ।
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...