माघ १९, २०७९
अभिनेता जितु नेपालले ‘ह्यारी कि प्यारी’ चलचित्रलाई आफ्नो जीवनकै कोशेढुंगा भनेका छन् । चलचित्र प्रदर्शनको पूर्वसध्न्यामा बिहीवार बेलुका फेसबुकमा एक भिडियो सन्देश जारी गर्दै उनले भने – &lsquo...
नेपाली फिल्म निर्माताहरूको छाता संगठन ‘नेपाल चलचित्र निर्माता संघको कार्यसमितिमा निर्माता तथा अभिनेताद्वय दीपकराज गिरी र रवीन्द्रसिंह बानियाँ मनोनित भएका छन् । निर्माता गिरीले ‘छक्का पञ्जा’ सिरिजमार्फत नेपाली बक्सअफिसमा आफूलाई सफल बनाइरहेका छन् ।
यस्तै, निर्माता बानियाँ पनि लगातार फिल्ममार्फत सफलता हात पारिरहेका छन् । उनले निर्माण गरेको चौथो फिल्म ‘महापुरुष’ हलमा ४०औँ दिनमा प्रदर्शनरत छ ।
संघको मंगलवार बसेको कार्यसमिति बैठकले गिरी र बानियाँलाई कार्यसमिति सदस्यमा मनोनित गरेको अध्यक्ष नवल खड्काले जानकारी दिए । ‘नेपाली फिल्ममा सफलता प्राप्त गरिरहनुभएका दुई निर्मातालाई जोड्न पाउँदा खुसी लागेको छ, हाम्रो उद्देश्य नै क्रियाशील निर्माताहरूको संगठन बनाउनु हो’, अध्यक्ष खड्काले भने, ‘हामी नेपाली फिल्मलाई प्रत्यक्ष रुपमा फाइदा दिनसक्ने योजना तयार गरिरहेका छौँ ।’ अध्यक्ष खड्काका अनुसार सोही बैठकले संघका उपाध्यक्ष उदय सुब्बालाई वरिष्ठ उपाध्यक्षमा पदोन्नति गर्ने निर्णय गरेको छ ।
संघमा जोडिएपछि निर्माता एवं अभिनेता बानियाँले भने, ‘हाम्रो पेशागत हकहितको संस्थामा केही गर्न सकिन्छ भनेर जोडिएका हौँ । हाम्रो अनुभवले अहिले देखिएका निर्माताहरूको समस्या समाधान गर्न जुट्नेछौँ ।’ संघले हालै सम्पन्न निर्वाचनमा प्यूठानबाट प्रदेश सभा सदस्यमा निर्वाचित फिल्म निर्माता रोज राणा र धादिङबाट प्रदेश सभामा निर्वाचित अर्का निर्माता मधुकुमार श्रेष्ठलाई बधाई ज्ञापनसमेत गरेको छ ।
अभिनेता जितु नेपालले ‘ह्यारी कि प्यारी’ चलचित्रलाई आफ्नो जीवनकै कोशेढुंगा भनेका छन् । चलचित्र प्रदर्शनको पूर्वसध्न्यामा बिहीवार बेलुका फेसबुकमा एक भिडियो सन्देश जारी गर्दै उनले भने – &lsquo...
निर्देशक गोविन्द सिंह भण्डारीको लेखन तथा निर्देशन रहेको फिल्म ‘प्रेमा’को फस्टलुक सार्वजनिक गरिएको छ । बाघठाटा फिल्म फ्याक्ट्रीको व्यानरमा निर्मित फिल्म आगामी चैत १७ अर्थात ३१ मार्चमा रिलिज हुँदैछ । फ...
दीपकराज गिरी र दीपाश्री निरौलाको चलचित्र ‘छक्का पञ्जा ४’को पहिलो गीत यतिबेला युट्युब ट्रेन्डिङको पहिलो नम्बरमा छ । यहीबेला निगम श्रेष्ठ निर्देशित एवं अभिनेता अनमोल केसी अभिनित चलचित्र &lsq...
मिस नेपाल–२०२३ को आवेदन खुला गरिएको छ । द हिडन ट्रेजरले बिहीवार राजधानीमा एक कार्यक्रमको आयोजना मिस नेपालको नयाँ संस्करणबारे जानकारी दिएको हो । सहभागी हुन इच्छुकले चैत १ गतेसम्म आवेदन दिन ...
यही शुक्रवारबाट प्रदर्शनमा आउने नेपाली चलचित्र ‘ह्यारी कि प्यारी’को मंगलवार राजधानीमा ग्राण्ड प्रिमियर गरिएको छ । बेलुका आयोजित प्रिमियरमा वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठ, सन्तोष पन्तदेखि प्रमु...
नेपाली चलचित्र ‘ह्यारी कि प्यारी’ प्रदर्शनमा आएको छ । जितु नेपाल र साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित चलचित्र आजबाट देशभरका हलमा एकसाथ प्रदर्शनमा आएको हो । डा. भोला रिजालको निर्माण रहेको ...
– सत्तालाई आर्यघाटसम्मको सहयात्री बनाउने । – शक्तिलाई ईश्वरीय अनुकम्पा सम्झने । – सम्पत्तिलाई सामन्ती विरासतको जगमा ढाल्नुपर्ने । – पार्टी मुख्यालयलाई शान्त मसानघाट जस्तो राख्ने । निवास...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...