१३ असार २०८३, शनिबार

ईभी नेपाल मोटर्सको नयाँ गाडी सार्वजनिक, शोरुमको पनि उद्घाटन

मंसिर २३, २०७९
ईभी नेपाल मोटर्सको नयाँ गाडी सार्वजनिक, शोरुमको पनि उद्घाटन

काठमाडौंको नक्सालमा ईभी नेपाल मोटर्सले नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । लामो समयदेखि दुई पांग्रे सवारीसाधनको बिक्री–वितरण गर्दै आएको ईभी नेपाल मोटर्सले आफ्ना ग्राहकहरूको अपार माया र सन्तुष्टिपछि चार चक्केबाट अत्याधिक सेवा सुविधा  दिलाउने उद्देश्य लिई उक्त शो रुम सञ्चालनमा ल्याएको हो । 

ईभी नेपाल मोटर्स एउटा उच्चस्तरीय अन्तर्राष्ट्रिय गाडी उत्पादक ब्राण्ड हो । यसले हाल वुलिङ  मोटर्सअन्र्तगत पीटी एसजीएमडब्लु मोटर इन्डोनेसियाको लागी उक्त शोरुम सञ्चालनमा ल्याउनुका साथै इन्डोनेशियामा निर्मित ४ सिट क्षमता भएको, अमेरिकन जी मोटर्सको पनि लगानी रहेको वुलिङ एयर ईभी कार लन्च गरेको छ । इलेक्ट्रिक गाडी विभिन्न मोडेल र रंगहरूमा उपलब्ध रहेका छन् । 

२००÷३०० किमी माइलेज रहेको ४ घण्टा ब्याट्री चार्जिङ्ग क्षमता र ८ वर्ष वारेन्टी सुविधा रहेको संसारकै बढी बिक्रीमा परेको वुलिङ ईभी टेस्लापछी दोस्रो न.मा यसको बिक्री भएको पुष्टि भएको छ । अब नेपालभरी नै ईभी नेपाल मोटर्स (बज्र ग्रुप) ले डिलर सञ्जाल बढाएर बिक्री वितरण गर्ने लक्ष्य राखेको छ । उक्त गाडीले ड्राईभिङमा आत्मविश्वास बढाउनुका साथै अति सुरक्षित, सुविधाजनक, आरामदायी र भरपर्दो रहेको कम्पनीले जनाएको छ । 

नेपाललाई धुवाँधुलोरहित बनाउने सोचका साथ अघि बढेको इ भी नेपाल मोटर्स ग्राहकहरुको माया र सन्तुष्टिले आज यहाँसम्म आइपुग्न र नयाँ शोरुमको थालनी गर्न सफल भएको कम्पनीले जनाएको छ । नक्सालमा रहेको उक्त शोरुम बिहान साढे ९ बजेदेखि साँझ साढे ६ बजेसम्म खुला रहने छ । 
 

salt training

कमेन्ट गर्नुहोस्