०७ असार २०८३, आइतबार

इस्लिङ्टन कलेजको दीक्षान्त समारोह

मंसिर २५, २०७९
इस्लिङ्टन कलेजको दीक्षान्त समारोह

कमलपोखरी स्थित इस्लिङ्टन कलेजको दीक्षान्त समारोह सम्पन्न भएको छ । समारोहमा स्नातक तहअन्तर्गत विशेषज्ञताहरू बिएससी बिएका ८५७ जना विद्यार्थी सहभागी भएका थिए ।

दीक्षान्त समारोहमा स्नातकोत्तर तहअन्तर्गत, एमएससी आईटी एण्ड एप्लाइड सेक्युरिटी विषयका ७२ जना विद्यार्थी दीक्षित भएका छन् । समारोहमा बिजनेस विषयमा स्नातक तह गर्ने ९४ र आईटी तह पूरा गर्ने ८३५ विद्यार्थी गरी जम्मा ९२९ विद्यार्थी दीक्षित भएका छन् । कलेजले शनिवार र आइतवारका दिन दीक्षान्त समारोह आयोजना गरेको थियो । 

समारोहमा विद्यार्थीका अभिभावकहरूको उल्लासमय उपस्थिति रहेको थियो । 

बेलायतको लन्डन मेट्रोपोलिटियन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सो कलेज इनोभेट नेपाल ग्रुपद्वारा सञ्चालित छ । दीक्षान्त समारोहमा विश्वविद्यालयका उप–कुलपति ( एकेडेमिक) प्रोफेसर जुली हलले विद्यार्थीलाई दिक्षान्तको प्रमाणपत्र प्रदान गरेकी थिइन् । सो अवसरमा बोल्दै उनले विश्वभर सम्बन्धन प्राप्त कलेजमध्ये इस्लिङ्टन कलेज उत्कृष्ट भएको बताइन् । उनले भनिन्, ‘यो महत्वपूर्ण अवसरमा सबै विद्यार्थीको सुखद भविश्यको शुभकामना दिन चाहन्छु ।’

दीक्षान्त समारोहमा बोल्दै आईएनजीका संस्थापक अध्यक्ष शुलभ बुढाथोकीले लन्डन विश्वविद्यालयाको हाई¥याङकिङमा परेको यस कलेजमा उतीर्ण विद्यार्थीले नेपाल र विश्वका विभिन्न मुलुकमा उत्कृष्ट स्थान हासिल गर्न सफल भएको बताए । उनले दीक्षित विद्यार्थीहरूको उज्वल भविश्यको शुभकामना दिए । 
 

कमेन्ट गर्नुहोस्