
सिप्रदी टाटा मोर्टसको नयाँ प्रविधियुक्त गाडीहरुलाई विशेष रुपमा चेक जाँच, मर्मत तथा सम्भार गरी गाडीको कार्य क्षमता वृद्धि गराई ग्राहकहरुलाई प्रत्यक्ष रुपमा फाइदा दिने उद्धेश्यले सिप्रदी टे«डिङ्ग प्रालिले सम्पूर्ण टाटा कमर्सियल गाडीहरुको लागि इन्जिन क्योर क्याम्पको आयोजना गरेको छ । सोमवार टाटा मोर्टस् कस्टमर केयर सार्क रिजन हेड वेंकटेश आलबलले एक समारोहबीच उक्त क्याम्पको आरम्भ गरे ।
यस क्याम्पमा सहभागी सम्पूर्ण गाडीहरुको ६२ प्वाइन्ट निःशुल्क चेकजाँच, स्पेयर पार्टस्मा १५ प्रतिशतदेखि कम्पनीले तोकिएका पार्टसहरूमा ५० प्रतिशतसम्मको छुट, ल्युव्रिकेन्टमा २० प्रतिशत छुट, लेबर चार्जमा २५ प्रतिशत छुट, तथा चालकहरुका लागि नयाँ प्रविधिका गाडीहरुमा गर्नु पर्ने तथा गर्न नहुने कामहरुबारे निःशुल्क तालिमको सुविधा प्रदान गरेको छ ।
सिप्रदीका सम्पूर्ण सर्भिस सेन्टर तथा आधिकारीक सर्भिस सेन्टरहरुमा पौष १५ गते सम्म उक्त क्याम्प सञ्चालनमा रहने छ ।