विश्वकप फूटबलको सेमीफाइनलमा पुगेको टीम मोरक्कोका स्टार डिफेन्डर अशरफ हकिमीकी पत्नीका हट तस्वीरहरूले विवाद जन्माएका छन् ।
पत्नीको नाम हिबा अबूक हो र उनी स्पेनकी प्रख्यात अभिनेत्री हुन् । अबूकले न्युड फोटोशूट गरी तहल्का मच्चाएकी थिइन् ।
अबूकका पिता लिबियाली हुन् भने आमा ट्युनिसियाकी हुन् । उनीहरू स्पेनमा बसाइँ सरेर आएका हुन् ।
अबूकले मड्रिडको फ्रेन्च स्कूलमा पढेकी हुन् । इस्लामिक पद्धतिमा पनि उनले शिक्षा लिएकी छन् । अरबी भाषाशास्त्र पनि उनले पढिन् । उनी स्पेनी, अरबी, फ्रान्सेली, अंग्रेजी र इटालेली भाषा पनि बोल्न सक्छिन् ।
उनी कुनै पनि विषयमा निर्भीक भएर कुरा राख्न सक्छिन् ।
अशरफ हकिमीले राउन्ड अफ १६ को खेलमा स्पेनलाई मोरक्कोले हराएपछि दर्शकदीर्घामा रहेकी आफ्नी आमालाई चुमेका थिए । त्यो निकै विवादित भएको थियो ।