×

NMB BANK
NIC ASIA

सन्दर्भ : कांग्रेसको आन्तरिक राजनीति र भावी सरकार

प्रधानमन्त्रीमा कांग्रेसको दाबी स्वाभाविक हो भन्नेमा प्रचण्ड स्पष्ट हुनुहुन्छ: महत [अन्तर्वार्ता]

'नेतृत्वको विषय आयुको सिद्धान्तले हैन, आवश्यकताको सिद्धान्तले चल्छ'

मंसिर २९, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

कांग्रेस नेता डा. प्रकाशशरण महत अहिले पार्टी प्रवक्ताको जिम्मेवारीमा छन् । पार्टी सभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिने महतलाई कांग्रेसले समानुपातिक सांसद बनाएको छ ।

Muktinath Bank

कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्री पदका उम्मेदवार महत पराजित भएका थिए । त्यसपछि केन्द्रीय सदस्यको भूमिका रहेका उनलाई सभापति देउवाले पार्टी प्रवक्ताको जिम्मेवारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मंसिर ४ मा भएको निर्वाचनको अन्तिम नतिजा आइसकेको छ । सत्तारूढ गठबन्धनभित्र सरकार गठनको सघन छलफल पनि चलिरहेको छ । केही दिनमै राष्ट्रपतिबाट सरकार गठनको आह्वान हुने अवस्था छ । सरकार गठनका लागि प्रमुख राजनीतिक पदको बाँडफाँटसहित सरकारको नेतृत्व टुंगो लगाउनुपर्ने छ । 


Advertisment
Nabil box
Kumari

गठबन्धनमा रहेको कांग्रेस र माओवादी केन्द्रका बीचमा सरकारको नेतृत्व गर्ने विषयलाई लिएर माथापच्छी चलिरहेको छ । राजीतिक पद बाँडफाँट र सरकारको नेतृत्वको विषयले अझै स्पष्ट आकार ग्रहण गरिसकेको छैन । यसै विषयमा गठबन्धन दलका नेताहरू गरमागरम बहसमा छन् । 

Vianet communication
Laxmi Bank

प्रधानमन्त्री निवास बालुवाटारमा सहज आउजाउको पहुँच भएका कांग्रेस नेता डा. प्रकाशशरण महत सरकार गठनका पछिल्ला छलफल र उछलकुदबारे जानकार छन् । उनै डा. महतसँग लोकान्तरका उद्धव थापाले गरेको कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :

निर्वाचनको अन्तिम परिणाम आइसकेको छ । अब केहीदिनमै राष्ट्रपतिबाट सरकार गठनका लागि आह्वान हुने अवस्था छ । संसदको पहिलो दल कांग्रेसले सरकार गठनको गृहकार्य कसरी गरिरहेको छ ?

– सरकार गठबन्धनकै नेतृत्वमा हुन्छ । नेपाली कांग्रेसकै नेतृत्व स्वाभाविक हो भन्ने मलाई लाग्छ । प्राविधिकरूपमा १/२ सीट पुगेको छैन, त्यसमा अन्य दलले समर्थन गर्ने परिस्थिति बनेकै छ । सरकार बन्ने कुरामा धेरै कठिनाई छैन । मूलभूतरूपमा संविधानको रक्षा, स्थायित्व र समृद्धि नै हाम्रो लक्ष्य हो । कतिपय विश्लेषकहरूले बहुमत राम्रो नभएकाले देश झन् अस्थिरतातर्फ देश जान्छ कि भन्ने आशंका गरेका छन्, मलाई त्यस्तो लाग्दैन ।

यसअघि, केपी ओली नेतृत्वको धेरै ठूलो बहुमतको सरकार थियो । त्यसले पनि स्थिरता दिन सकेन । त्यसकारण, कम मत भएको अवस्थामा झन् फुकीफुकी चल्ने, शतर्कता अपनाएर चल्ने र चुनौतीलाई अवसरमा पनि बदल्ने मौका गठबन्धनलाई छ । व्यक्ति, पार्टीभन्दा माथि उठेर, जनता र देशभन्दा ठूलो केही छैन, त्यो मात्रै हाम्रो हो भनेर चल्ने हो भने गठबन्धनको सरकार ठीक बाटोमा जान्छ ।

सरकार बन्ने मात्रै होइन, यसले जुन लक्ष्य निर्धारण गरेको हो त्यो लक्ष्य पूरा गर्छ । 

पाँचदलीय गठबन्धन चुनावी प्रतिस्पर्धामा थियो, तर बहुमत आउन सकेन । जनताले गठबन्धनलाई शंकाको दृष्टिकोणले हेरेको भनेर विश्लेषण गर्न पनि सकिन्छ नि होइन ? 

– अहिले धेरै ठूलो अधैर्यता, व्यग्रता छ । खास गरेर युवा पंक्तिमा व्यग्रता छ । सामाजिक सञ्जालको जमाना छ । हरेकको हातहातमा मोबाइल छ । संसार सबैले त्यहीँबाट देख्छ । यो देश कुन परिस्थितिबाट गुज्रियोभन्दा पनि अरू देशको जस्तो प्रगति नेपालमा किन भएन भन्ने धेरैको चासो र चिन्ता छ । चाँडोभन्दा चाँडो आर्थिक रूपान्तरण होस्, रोजगारी सिर्जना होस् भन्ने जनताको अपेक्षा छ । त्यो अपेक्षा अनुसार नभइरहेको अवस्थाको दोषी कहीँकतै स्थापित दलहरू त होइनन् भन्ने किसिमको आशंका जनतामा छ । तर, हाम्रो देश कुन परिस्थितिबाट गुज्रिएको थियो कुरा गहिराइमा गएर हेर्नुपर्ने हुन्छ । युवा मतदाताले स्थापित दलहरूलाई खबरदारी गरेका छन् । दलहरूको स्पिडबाट सन्तुष्ट छैनौं भन्ने सन्देश पनि दिएका छन् । त्यसलाई गम्भीरताका साथ लिनुपर्छ । सोहीअनुसार चल्नुपर्छ । 

सरकार गठबन्धनकै नेतृत्वमा हुन्छ । नेपाली कांग्रेसकै नेतृत्व स्वाभाविक हो भन्ने मलाई लाग्छ । प्राविधिकरूपमा १/२ सीट पुगेको छैन, त्यसमा अन्य दलले समर्थन गर्ने परिस्थिति बनेकै छ । सरकार बन्ने कुरामा धेरै कठिनाई छैन ।

निर्वाचनको मत परिणाम हेर्दा फुकीफुकी चल्नुपर्ने अवस्था छ भन्नुभयो । यसले त सरकार र संसद्कै स्थिरता पनि प्रश्न उठाउँछ नि होइन ? 

– यसलाई अवसरमा बदल्न सकिन्छ । फराकिलो बहुमत भयो भने कहिलेकाहीँ लापरवाह हुन्छौं । केपी ओली लापरवाह हुनुभयो । मैले जे गरे पनि हुन्छ भन्ने मनस्थिति बन्यो । झिनो बहुमतबाट सत्ता चलाउँदा गल्ती गर्ने कुनै ठाउँ छैन । गल्ती गर्न हुँदैन भन्ने कुरा पनि यसले सिकाएको छ । 

संसद्को अहिलेको अंकगणितले २०५२ देखि ०५८ सम्मको बिर्सनलायक विकृत संसदीय अभ्यासको पुनरावृत्ति गराउने सम्भावना पनि छ भनिन्छ नि ?

– दलहरूले विगतबाट पाठ त सिक्नुपर्‍यो । अहिले जुन मौका प्राप्त भएको छ, त्यसलाई दुरूपयोग गर्‍यौं भने फेरि अर्को मौका पाइँदैन भन्ने कुरा सबैले बुझ्नुपर्‍यो नि ! पाठ नसिक्ने हो भने त विगतको अवस्था अवश्य पनि दोहोरिन्छ । जनता र देशभन्दा अन्य कुनै कुरा प्राथमिकतामा छैन । व्यक्तिगत, पार्टीगत लाभ हानीमा हामी पर्नुहुन्न भन्ने मानसिकताका साथ काम गर्नुपर्‍यो । 

फेरि, सरकार गठनकै सन्दर्भमा कुरा गरौं । गठबन्धनभित्र प्रधानमन्त्रीका लागि एकभन्दा बढी दाबेदार रहेको अवस्थामा राजनीतिक पद बाँडफाँटबारे के छलफल भइरहेको छ ? 

– इच्छा आकांक्षा हुनु स्वाभाविक कुरा हो, तर सरकारको नेतृत्व गर्नुपर्ने दल कुन हो भन्ने त अंकगणितले नै देखाएको छ । देशकै सबैभन्दा ठूलो र गठबन्धनको पनि सबैभन्दा ठूलो दल नेपाली कांग्रेस नै छ । त्यसअर्थमा गठबन्धनमा रहेका अन्य दलका नेतृत्वले पनि अहिलेको तथ्यलाई स्वाभाविकरूपमा लिनुपर्छ । यद्यपि कांग्रेसका सभापति एवं प्रधानमन्त्रीले पनि यस विषयमा केही बोल्नुभएको छैन । यी कुराहरू छलफलबाट सहजै टुंगिन्छ भन्ने लाग्छ । 

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ६० सीट होल्ड गर्ने अवस्थामा रहेको भनेर प्रधानमन्त्रीमा रूचि देखाइरहनुभएको छ । अबको प्रधानमन्त्री प्रचण्ड कि शेरबहादुर देउवा ? 

– प्रधानमन्त्री भइसकेको मान्छेले फेरि प्रधानमन्त्रीको रूपमा काम गर्न पाए हुन्थ्यो भन्ने कुरा अस्वाभाविक भएन । तर, निष्कर्षमा पुग्दा के कुराचाहिँ स्वाभाविक हो भनेर उहाँले पनि चिन्तन गर्नुहोला ।

गठबन्धनमा प्रधानमन्त्री नपाए माओवादी केन्द्रले कांग्रेसलाई छाडेर एमाले र अन्य दलसँगको सहकार्यमा सरकार बनाउने सम्भावना पनि छ भन्छन् त ? 

– त्यो सम्भावनाचाहिँ मैले देखेको छैन । अवश्य पनि उहाँ (प्रचण्ड) मा प्रधानमन्त्री हुने तीव्र इच्छा होला । तर, गठबन्धन नै तोडेर अन्य ठाउँबाट त्यो नेतृत्वमा पुग्ने परिवेश मैले देखेको छैन । त्यसरी जाने कुरा उहाँले गर्नुहुन्छ जस्तो मलाई लागेको छैन ।

गठबन्धनभित्र प्रमुख राजनीतिक पद बाँडफाँटमा कसरी छलफल भइरहेको छ ? कुन दलको दाबी कुन–कुन पदमा छ ?

– गठबन्धनमा भएपछि जिम्मेवारीको बाँडफाँट त गर्नैपर्ने हुन्छ । त्यस विषयमा कुराकानी हुन थालेको पनि छ । यो परिणाम आइसकेपछि छलफलले तीब्रता लिन्छ र स्वरूप ग्रहण गर्छ । 

अहिले नै यो पद यो दलले प्राप्त गरिसक्यो भन्ने तहको छलफलमा हामी पुगिसकेका छैनौं । के–के सम्भावना छन् भन्ने कुराकानी नेतृत्व तहमा प्रारम्भिकरूपमा भएको छ । 

अहिले नै कुन दलले कुन पदमा दाबी गरेका छन् भनेर सार्वजनिक बहसको विषय बनाउनु उपयुक्त हुँदैन । यो हुँदा यो, यो नहुँदा यो भन्ने विकल्प त दलहरूले अवश्य नै राख्छन् नै । 

स्वाभाविकरूपमा नेपाली कांग्रेसले प्रमुख कार्यकारीको जिम्मेवारी लिएर नेतृत्व गर्नुपर्छ । त्यसबाहेक कुन–कुन पद कसलाई दिएर जाने भनेर सार्वजनिकरूपमा भनिहाल्ने बेला आएको छैन । 

राष्ट्रपति कांग्रेसले राख्छ कि अरू दललाई दिन्छ ? 

– कांग्रेसले राख्दा राम्रो हुन्छ भन्नेमा दुई मत छैन । तर पनि यो छलफलकै विषय छ । 

कांग्रेस संसदीय दलको नेतृत्वमा महामन्त्री गगन थापाले दाबी गरेका छन् । सभापति शेरबहादुर देउवा आफैं पनि संसदीय दलको नेतामा दोहोरिने प्रयासमा हुनुहुन्छ । कांग्रेसले प्रधानमन्त्रीको उम्मेदवार कसलाई बनाउँछ ? 

– देशको अनि पार्टीको नेतृत्व लिने भन्ने विषय आवश्यकताको सिद्धान्तले चल्छ । यो आयुको सिद्धान्तले चल्दैन । अहिले युवा पिँढी चाहिन्छ, पौढ पिँढी हुँदैन भनेर जुन विभाजन गर्ने कोशिश भएको छ, यो अनावश्यक बहस हो । यो जोड्नेभन्दा विभाजनको रेखा कोर्ने कोशिश हो । कुनै बेलामा आवश्यकता अनुसार, परिवेश अनुसार युवा नेतृत्वमा आउँछ, कुनै बेला पौढ उमेर समूहको नेता पनि नेतृत्वमा रहन्छ । त्यसकारण यही आयु समूहकै हुनुपर्छ, अर्को आयु समूहको काम लाग्दैन, खत्तम हुन्, रद्दीको टोकरीमा फाल्नुपर्छ भन्ने बहस गलत हो । 

पार्टीको आफ्नो बहुमत छैन । अरू दलहरूलाई पनि जोडेर सरकार बनाउने हो । त्यसका लागि सर्वस्वीकार्य नेतृत्व चाहिन्छ । त्यसमा अनुभव पनि चाहिन्छ । सबैलाई जोडेर अघि बढाउने सीप पनि चाहिन्छ । संवेदनशील समयमा हामी छौं । त्यो अवस्थामा, सार्वजनिक बहस र चर्चामा मात्रै रमाएर नेतृत्व लिन सकिन्न । त्यसमा पार्टीको र पार्टी बाहिरका दलहरूको पनि विश्वास लिन सक्नुपर्छ । सबैको विश्वास जितेर शासनसत्ता चलाउन पनि सक्नुपर्छ । 

पार्टीभित्र पनि र बाहिर पनि पुस्तान्तरणको बहस त घनिभूतरूपमा भएकै छ । कांग्रेसकै महाधिवेशनमा पनि पुस्तान्तरणको खुबै बहस भएको थियो । गगन र विश्वप्रकाशहरूसँग तपाईं आफैँ पनि पराजित हुनुभयो । अब युवा पुस्तालाई जिम्मेवारी दिने बेला भएन र ?  

– पराजित, निर्वाचित भन्ने कुरा लोकतन्त्रमा हुन्छ । कुनै पौढ समूह र युवा समूह भनेर निर्वाचन भएको पनि होइन । त्यहाँ अनेकौं जोडघटाउ, तिकडम चल्छ । पार्टीमा पनि चल्यो । हाम्रो टीमभित्रै पनि चल्यो । कुनै युवा भनेर निर्वाचित गरेको पनि होइन । युवाभन्दा अलि बढी उमेरको रहेछ, यसलाई हराउनुपर्छ भनेर हराएको पनि होइन । यसको अर्कै डाइनामिक्स छ । युवा र पौढ भनेर विभाजनको रेखा कोर्ने कोशिश हुँदैछ । जुन नेतृत्वले अहिले पार्टीलाई फेरि नेतृत्व लिने ठाउँमा पुर्‍याएको छ, हिजो पनि बहुमत नभएको अवस्थामा पनि यो पार्टीको फलानो व्यक्तिले नै नेतृत्व गर्नुपर्‍यो भनेर यसै भनेको त होइन होला नि ! 

केपी ओलीको नेतृत्वमा देश उल्टो दिशामा जान खोजेको थियो । तर, सवा एक वर्षमा त्यसलाई करेक्सन गरेर, दुईवटा निर्वाचन सफलतापूर्वक गराएर, अरू दलको पनि विश्वास आर्जन गरेर बहुमतको ठाउँमा पुर्‍याएको नेतृत्वलाई कुन कारणले काम नलाग्ने नेतृत्व भन्ने ? यसका लागि त कारण दिनुपर्‍यो नि ! उमेर धेरै भयो, धेरैपटक नेतृत्वमा आइसकेको भन्ने मात्रै कारण हुन्छ ?

पार्टीको आफ्नो बहुमत छैन । अरू दलहरूलाई पनि जोडेर सरकार बनाउने हो । त्यसका लागि सर्वस्वीकार्य नेतृत्व चाहिन्छ । त्यसमा अनुभव पनि चाहिन्छ । सबैलाई जोडेर अघि बढाउने सीप पनि चाहिन्छ । संवेदनशील समयमा हामी छौं । त्यो अवस्थामा, सार्वजनिक बहस र चर्चामा मात्रै रमाएर नेतृत्व लिन सकिन्न ।

यो असन्तुष्टि त चुनावको नतिजामा पनि मुखरित भएको होइन र ?  

– कसरी मुखरित भयो ? पार्टी सभापति निर्वाचित हुनुभएको छैन ? 

स्थापित दलहरूप्रतिको असन्तुष्टिकै कारण चुनावमा नयाँ दलले मत पाएका होइनन् र ? 

– अनि के, नेपाली कांग्रेसमा नयाँ व्यक्ति नेतृत्वमा आयो भने ती सबै कांग्रेसमा प्रवेश गर्छन् ? मैले यो बुझिनँ । नयाँ पार्टी किन आएभन्दा ओलीजीको नेतृत्वमा सरकार थियो । ठूलो बहुमत थियो । उहाँले निराशा दिलाउनुभयो । कुरा ज्यादा भए, काम भएनन् । त्यसबाट युवा पंक्तिमा घोर निराशा छायो । त्यो घोर निराशालाई एक वर्षमा सम्पूर्णरूपमा करेक्ट गरेर आशै आशामा परिवर्तन गर्न सक्ने अवस्था थिएन ।

अहिले भएकामध्ये युवापौढ जोसुकै व्यक्ति नेतृत्वमा आएको भए पनि यो भन्दा फरक के हुन्थ्यो ? एकैपटक आशैआशामा रूपान्तरण गर्न सक्ने जादूको छडी कसैसँग छैन ।

पार्टी ६१ सीटमा सीमित थियो । बहुमतका लागि १३८ पुर्‍याउनुपर्छ । अरू दलको सहयोग लिएर पारदर्शी रूपमा दुईवटा निर्वाचन सम्पन्न गराएर, कोभिडको कहरलाई व्यवस्थापन गरेर, देशमा भएका काण्डैकाण्डलाई रोकेर काम गरेको हो । यो सरकारले केही पनि गरेन भन्न मिल्दैन । आलोचना गर्न सजिलो हुन्छ, काम गर्न गाह्रो हुन्छ ।

त्यसो भए नयाँ दलले पाएको मत र पार्टीमा पुस्तान्तरणका लागि भनेर चलेको बहस गलत हो ?

– ओलीले सिर्जना गरेको निराशाको कारणले युवा पुस्तालाई मत दिएका हुन् । नयाँ दलप्रतिको विश्वासका कारणले यो मत प्राप्त गरेको होइन । यो कुरामा स्पष्ट भए हुन्छ । नेपालमा यस्तो खाले ट्रेन्ड बेलाबखतमा पहिला पनि देखिएको हो । अहिले पनि देखिएको छ । स्थापित दलहरूको स्पीड चित्त बुझेको छैन । कर्तव्यनिष्ठ भएर काम गर्ने भनेर सन्देश दिएका छन् । चिन्नु न जान्नु खोजीखोजी मत दिएका छन् । उनीहरूलाई चिनेर, विश्वास भएर मत दिएको हो र ? हामीप्रतिको खबरदारीचाहिँ हो । 

पार्टीमा युवा पंक्ति पनि नेतृत्वमा आएका छन् । महामन्त्रीहरू छन् । तर, नभएको जति चाहिँ पार्टी सभापतिले गर्दा र भएको जति सबै युवाहरूले गर्दा भन्ने पनि हुन्छ ? अहिले सामाजिक सञ्जालमा गालीगलौज गर्ने, यिनीहरू काम नलाग्ने भए, कुहिए, रद्दीको टोकरीमा फाल्नुपर्ने भए भन्ने किसिमले भित्र र बाहिरबाट जुन किसिमले बहस चलाइएको छ, यो गलत बहस हो ।

सरकारको नेतृत्व लागि कांग्रेस र माओवादीले आधा–आधा कार्यकाल बाँड्ने कोणमा पनि छलफल भइरहेको हो ? त्यसो हो भने पहिलो कार्यकालमा कसले सरकारको नेतृत्व गर्छ ?

– कुराकानी भइरहेको छ । निष्कर्षमा नपुगुञ्जेल यसै भइसक्यो ठाउँमा म छैन । एउटा दलको बहुमत छैन । अरू दलहरूको पनि सहयोग लिएर सरकार बनाउनुपर्ने छ । कुन कम्बिनेसनले चाहिँ मैले जे भन्छु, त्यही भन्ने हुन्छ र ? ओलीको एक्लो पार्टी हुँदा त जे भन्यो त्यो भएन । उहाँले जे चाह्यो त्यही गर्न खोज्या होइन र ?

एमाले पनि सकेसम्म सरकारको नेतृत्व गर्ने पक्षमै छ नि ? 

– उहाँ (केपी ओली) त चुनावको बेला पनि गठबन्धन तोडियोस् भनेर लाग्नुभएकै हो नि ! दलहरू साथमा आऊन्, वामपन्थी गठबन्धन गरौं, हिजो जे भयो भयो, त्यसलाई बिर्सौं भनेर कोशिश गरेकै हो । अहिले पनि कोशिश गरिरहनुभएको छ । तर, हामी स्पष्ट छौं । गठबन्धनमा रहेका अन्य दलका नेताहरू पनि स्पष्ट हुनुहुन्छ । पाठ सिकिसकेका छौं, भन्नुभएको छ । 

गठबन्धनको सहज बहुमत पुर्‍याउनका लागि लोसपालाई पनि कांग्रेसमा समाहित गराउने बारेमा छलफल भइरहेको हो ? 

– लोसपा गठबन्धनमै रहेर चुनावमा सहभागी भएको हो । अहिले पनि गठबन्धनमै हुनुहुन्छ । त्यसअर्थमा उहाँहरू पनि सरकारमा सहभागी हुनुहोला । पार्टीमै समाहित हुने बारेमा छलफल भइसकेको छैन । 

ताजा जनादेशको संसद् बैठक बस्ने बेलामा सरकारले अध्यादेश ल्याउने निर्णय गर्‍यो । सबैतिरबाट अध्यादेशको विरोध हुन्छ भन्ने जान्दाजान्दै प्रधानमन्त्रीले यो अलोकप्रिय बाटो किन रोज्नुभयो ?

– आलोचना, समालोचना सबै गर्न पाइन्छ । गर्न सकिन्छ । संसद्बाटै ल्याएको भए पनि हुन्थ्यो भन्ने पनि छ । यो तर्क नै होइन भन्न पनि मिल्दैन । अध्यादेश ल्याउनै नहुने भन्ने पनि होइन । त्यसो हो भने अध्यादेशको व्यवस्था संविधानमा गरिँदैनथ्यो । कुनै अवस्थामा ल्याउनुपर्ने आवश्यकता हुन्छ भनेर नै संविधानमा अध्यादेशको व्यवस्था गरिएको हो । 

कैलाली घटनामा नागरिक उन्मुक्ति पार्टीको संलग्नता छैन भन्ने उहाँहरूको दाबी रहँदै आएको छ । दोष दिइयो भन्ने गुनासो छ । त्यसको गुणदोषमा म प्रवेश गर्न चाहन्छ । तर, त्यो भावनाको प्रतिविम्ब निर्वाचनमा पनि आयो । निर्वाचित भएर आउनुभयो । यसले राजनीतिकस्वरूप ग्रहण गरेको छ । महत्त्वपूर्ण राजनीतिक मुद्दाको रूपमा प्रकट भएको हो । राजनीतिक प्रकृतिका विषयको समस्या सम्बोधन गरेर सबैलाई चित्त बुझाएर लैजाने प्रयास गरिररहेका छौं । 

पहिलेको सरकारले पनि यो समस्या समाधानको कोशिश गरेको हो । अहिले पनि यो समस्या समाधान गरिदिनुपर्‍यो भन्ने माग उठेको हुनाले सरकारले यसलाई मध्यनजर गरेर राजनीतिक निकास निकाल्ने प्रयास गरिएको हो । 

अर्थशास्त्र अध्ययन गरेको र त्यस विषयको जानकार भएका कारण त्यसरी (भावी अर्थमन्त्री भनेर) चर्चा भएको होला । विषयको जानकारी भएको व्यक्ति हुँदा अर्थतन्त्रको अहिलेको समस्या सम्बोधन हुनसक्थ्यो भन्ने आशा पनि होला । आवश्यक पर्दा त्यो भूमिकामा रहन नसक्ने भन्ने होइन ।

अब तपाईंको व्यक्तिगत राजनीतिक जीवनबारे कुरा गरौं । तपाईंले प्रत्यक्ष चुनाव नलडेर समानुपातिकको सजिलो बाटो रोज्नुभयो भन्ने आलोचना पनि भइरहेको छ नि ?

– यो सबैलाई थाहा भएर पनि विरोधका लागि गरिएको विरोध हो । मैले प्रत्यक्ष चुनाव लड्न चाहेको सबैलाई राम्रोसँग थाहा छ । म नुवाकोटबाट चुनाव लड्न चाहेको थिएँ । मेरो जन्मस्थान पनि भएकाले त्यहीँबाट चुनाव लड्ने मेरो रुचि हो । पहिले मेरो दाइ (डा. रामशरण महत) उम्मेदवार भएको कारण मैले नुवाकोटबाट चुनाव लड्न पाएको थिइनँ । 

अहिले दाइ उम्मेदवार नबन्ने भएपछि जन्मस्थानबाटै चुनाव लड्ने मेरो चाहना थियो । त्यहाँबाट पनि मेरो माग भएको थियो । त्यसको विकासमा गरेको योगदानको कारण पनि मेरो माग भएको थियो । कांग्रेसले मात्रै होइन सबैले नुवाकोटबाट उम्मेदवार हुनुपर्‍यो भन्नुभएको थियो । तर, गठबन्धनमा मेरो निर्वाचन क्षेत्र माओवादी केन्द्रको भागमा परेपछि प्रत्यक्षमा उम्मेदवार हुन नपाएको हुँ । म निर्वाचनबाट डराएर भागेको होइन । यो विषय पार्टीभित्र र बाहिर सबैलाई थाहा छ । 

तपाईं सांसद भएपछि आगामी सरकारमा उपस्थिति रहन्छ कि रहँदैन ? 

– पदको दाबी गर्दै हिँड्ने कुरा होइन । संसद्मा भएपछि पार्टीले आवश्यकता ठान्यो भने सरकारको जिम्मेवारीमा पनि रहन सकिन्छ । पार्टीको काममा पनि रहन सकिन्छ । मेरो लागि यही पद चाहिन्छ भन्ने केही छैन ।

 कतिपयले आगामी सरकारमा अर्थमन्त्रीको आकांक्षीका रूपमा पनि तपाईंको चर्चा गर्दारहेछन् नि ? 

– अर्थशास्त्र अध्ययन गरेको र त्यस विषयको जानकार भएको कारण त्यसरी चर्चा भएको होला । विषयको जानकारी भएको व्यक्ति हुँदा अर्थतन्त्रको अहिलेको समस्या सम्बोधन हुनसक्थ्यो भन्ने आशा पनि होला । आवश्यक पर्दा त्यो भूमिकामा रहन नसक्ने भन्ने होइन । तर, अहिले सरकार गठनको विषय नै टुंगो लागिसकेको छैन । अहिले नै यो वा त्यो पदमा दाबी भन्ने त्यस्तो केही छैन ।

हेर्नुहोस्, अन्तर्वार्ता :

hAMROPATRO BELOW NEWS
TATA Below
असोज ३, २०८०

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल समाजवादी पार्टी (नेसपा)का एकजना अध्यक्ष महिन्द्र राय यादवलाई पार्टी एकताका लागि पत्र पठाएपछि नेसपामा खैलाबैला उत्पन्न भएको छ ।&nb...

पुस ३, २०८०

बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म मध्यपहाडी यात्रा सकेर नेकपा एमालेको नेतृत्व काठमाडौं फर्किएको छ । संसद्को प्रमुख प्रतिपक्षी दल एमालेको नेतृत्वले मध्यपहाडी यात्राका दौरान सरकारको चर्को आलोचना गरेक...

जेठ १६, २०८०

नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आफूलाई नेपालको संसदीय अभ्यासमा अनुभवी र अभिभावकीय छवि बनाउन सफल भएका छन् । तत्कालीन संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङले संविधानसभासहित छ पटक व्यवस्थापिका&nd...

असार १, २०८०

बुधवार उच्च अदालत विराटनगर पुग्दा धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङ एक वकिलसहित भेटिए । मुद्दाको पेशी भएकाले उनी आफैं उपस्थित भएका रहेछन् । धरान खानेपानी विकास बोर्डको बैठक नबोलाएको भन्दै सा...

जेठ २२, २०८०

प्राध्यापक डा. जयराज आचार्यले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण फलदायी नभएको टिप्पणी गरेका छन् । देशको प्राथमिकतालाई पहिचान गर्न नसक्दा प्रधानमन्त्री चुकेको उनको टिप्पणी छ । ‘हा...

फागुन ३, २०८०

नेपाली कांग्रेसबाट धोका भएको र गठबन्धन सम्बन्धमा पुनर्विचार गर्नुपर्ने अवस्था आउन सक्ने प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिले राजनीति तरंगित छ ।  माओवादीको विधा...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x