२५ असार २०८३, बिहीबार

प्रज्ञाको प्रदर्शनीमा सात लाखको पुस्तक बिक्री

प्रज्ञाको प्रदर्शनीमा सात लाखको पुस्तक बिक्री

नेपाल प्रज्ञा प्रतिष्ठानले ३८औँ प्राज्ञसभाको अवसर पारेर पठन संस्कृतिको विकास गर्ने उद्देश्यले आयोजना गरेको पुस्तक प्रदर्शनीमा करिब रु सात लाखका पुस्तक बिक्री भएका छन् ।

गत मङ्सिर १५ गतेदेखि प्रतिष्ठानले पठन संस्कृतिको विकासका लागि भानुभक्त कक्षमा पुस्तक प्रदर्शनी आयोजना गरेको थियो । मङ्सिर २९ गतेसम्म भएको प्रदर्शनीमा प्रज्ञाले २०३० सालदेखि २०७९ को कात्तिकसम्म प्रकाशन गरेका पुस्तक बिक्रीमा राखिएका थिए । राखिएका पुस्तकमध्ये ‘प्रज्ञा शैक्षणिक व्याकरण’, ‘वर्ण व्याकरण’, ‘प्रज्ञा नेपाली बृहत् शब्दकोश’, चूडानाथ भट्टराईको ‘पौरस्त्य दार्शनिक कृतिहरु’, ‘नेपाली लोकवार्ता’, ‘दर्शनावली भाग एकदेखि नौसम्म’, जगतप्रसाद उपाध्यायको ‘नेपाली दर्शन’, पुस्तक बढी बिक्री भएको प्रतिष्ठानका व्यवस्थापक सुधीर ढुङ्गेलले जानकारी दिए । 

प्रदर्शनीमा रु तीनदेखि रु तीन हजार ३०५ सम्मका पुस्तक राखिएका थिए । प्रदर्शनीमा भाषा, साहित्य, बाल साहित्य, जर्नल, समालोचना, शब्दकोश, ग्रन्थकोश, संस्कृति, विज्ञान, अनुवाद, दर्शनलगायत विषयसँग सम्बन्धित पुस्तक र कविता, प्रज्ञा, समकालीन साहित्य, थायभू, आँगन लगायत विषयका पठनीय एवम् अति उपयोगी करिब ५०० भन्दाबढी थरीका पुस्तक एवम् पत्रपत्रिका समावेश गरिएका थिए ।
 

salt training

कमेन्ट गर्नुहोस्