बैशाख २२, २०८१
प्रत्येक वर्षको जन्मदिनले मलाई निजामती सेवाबाट निवृत्त भएको स्मरण गराउँछ । हुन पनि संयोगले भगवतीस्थान प्राथमिक विद्यालय तानसेनमा शिक्षकका रुपमा जीवनकै पहिलो जागिरमा प्रवेश गरेको दिन पनि यही दिन थियो । तथापि न...
शाकाहारी र शुद्ध शाकाहारीमा धेरै भिन्नता छ । विश्वमा दिनानुदिन शाकाहारी बढ्दो क्रममा छन् भने शुद्ध शाकाहारी पनि त्यतिकै बढी रहेको तथ्यांकले देखाउँछ । मासुका पुरक शाकाहारी र शुद्ध शाकाहारी परिकारमा पनि पर्याप्त हुन्छ भन्ने चेतना आउन थालेपछि विश्वमा यी दुवै समूहका मानिसहरू दिनानुदिन बढ्ने क्रम छ ।
पछिल्लो तथ्यांकअनुसार विश्वमा १ अर्ब ५० करोड व्यक्ति शाकाहारी छन् । ३० सेप्टेम्बर २०२२ को पछिल्लो तथ्यांकअनुसार विश्वमा ८० लाख शुद्ध शाकाहारी (भेगान) छन्, जुन विश्वको कूल जनसंख्याको एक प्रतिशत हुन आउँछ ।
शाकाहारीको जनसंख्या भने विश्वको कूल जनसंख्याको २२ प्रतिशत हुन आउँछ । मासुका पारखी हुँदाहुँदै विभिन्न रोगको शिकार हुन पुगेर शाकाहारी हुनेहरू जति छन्, त्योभन्दा पनि बढी जन्मजात नै शाकाहारी खाना सेवन गर्ने धेरै छन् । शाकाहारी हुनु स्वास्थ्यका लागि निकै राम्रो र दीर्घ जीवन हुने सोच राख्नेहरू पनि त्यतिकै छन् । जीवन भोगाइको अन्तिम–अन्तिम अवस्थामा पुगेर शाकाहारी हुनेहरू पनि उल्लेख्य छन् ।
शुद्ध शाकाहारी अर्थात् भेगान समूहहरू पनि निकै कट्टर हुने गर्छन् । प्लान्ट बेसको खाना खान मात्र रुचाउने यो समूह विश्वका प्रायः सबै देशमा भेटिन्छ । नेपालमा पनि शाकाहारी (भेजिटेरियन) धेरै जमात छन् । नेपालमा शाकाहारीहरूको यकिन तथ्यांक नभए तापनि भारतमा भने १ अर्ब ४० करोड कूल जनसंख्याको ३०–४० प्रतिशत शाकाहारी छन् ।
शाकाहारीहरूको लिस्टमा विश्वमा भारत सबैभन्दा अगाडि आउँछ भने रसिया सबैभन्दा कम शाकाहारी भएको देश मानिन्छ । रसियामा त्यहाँको कूल जनसंख्याको एक प्रतिशत मात्रा शाकाहारी छन् । भारतको रजिस्ट्रार जनरलद्वारा जारी २०१८ सर्वेक्षणअनुसार राजस्थान (७४.९%), हरियाणा (६९.२५%), पञ्जाब (६६.७५%) र गुजरात (६०.९५%) मा शाकाहारीहरूको उच्चतम प्रतिशत रहेको छ, मध्यप्रदेश (५०.६), उत्तरप्रदेश (४७.१%), महाराष्ट्र (४०.२%), दिल्ली (३९.५%), उत्तराखण्ड (२७.३५%) रहेको छ ।
नेपालमा पनि धेरै शाकाहारी रेस्टुरेन्ट छन् र राम्रो चलेका पनि छन् । विदेशीको मागअनुसार भेगान रेस्टुरेन्ट पनि खुलेका छन् । शाकाहारीले माछा, मासु लगायत कुनै पनि जनावरको मासु उपभोग गर्दैनन्, भने भेगान त माछामासुबाहेक दूध, डेयरी चिज, अण्डा, वा जनावरबाट ब्युत्पन्न कुनै अन्य उत्पादन पनि उपभोग गर्दैन ।
के भिन्नता छ शाकाहारी र शुद्ध शाकाहारी अर्थात् भेगानमा ?
विरुवामा आधारित आहा र खाने समूहमा पर्ने मानिसहरू शुद्ध शाकाहारी अर्थात् भेगान समूहमा पर्छन् । भेगानहरूले दूध, दही, घ्यू, मही, पनिर, चिज कुनै पनि वस्तुहरू उपभोग गर्दैनन् । यदिसम्म कि जनावरको छालाबाट बनेको जुत्ता, पेटी, पर्स, जाकेट, ब्याग, सुटकेस, सोफा कुनै पनि वस्तु प्रयोग गर्दैनन् । उनीहरूको विचारमा निर्मम तरिकाले बध गरेर जनावरलाई मरेर उसको शरीरको छाला तातेर बनेका सामान प्रयोग गर्नु पाप सम्झन्छन् । यतिसम्म कि उनीहरूले डेरीको कुनै पनि परिकार उपभोग गर्दैनन् । उनीहरूको सोचाइ र सिद्धान्तअनुसार कुनै पनि जनावरले बच्चा जन्माएपश्चात जुन दूध आउँछ, त्यो उसैको बच्चाका लागि हो, हामीले चोरेर खाँदा उसको बच्चाले पर्याप्त मात्रामा दूध पाउँदैन ।
जसका कारण भेगानहरूले विरुवामा आधारित खानेकुरा मात्र खाने गर्छन् । शरीरलाई आवश्यक पर्ने सम्पूर्ण आवश्यक तत्वहरू विरुवामा आधारित खानाबाट पनि पर्याप्त हुन सक्छ । वैज्ञानिक तथ्यले पनि यो कुरा प्रमाणित गरेको छ, कि शरीरलाई आवश्यकता पर्ने प्रोटिन, कार्बोहाइडेड, फाइबर, फ्याट लगायतका तत्वहरू विरुवामा आधारित खानामा पनि पर्याप्त छ । भेगान आहारहरू लगभग ७०० ईसापूर्वदेखि नै रहेको बताइएको छ ।
धेरै प्रकारहरू अवस्थित छन् र व्यक्तिहरूले विभिन्न कारणहरूका लागि तिनीहरूलाई अभ्यास गर्न सक्छन् । यसमा स्वास्थ्य, नैतिकता, पर्यावरणवाद र धर्म समावेश छ । अर्कोतर्फ शाकाहारीले मासु, कुखुरा वा माछाजस्ता कुनै पनि जनावरको मासु खाँदैन तर डेरी प्रडक्टहरू सेवन गर्छन् र कसैकसैले त अण्डा समेत खाने गर्छन् । भेगानहरूको आहारमा विभिन्न स्तरका फलफूल, तरकारी, अन्न, दाल, नट र बीउहरू हुन्छन् । भेगान आहारलाई शाकाहारको सबैभन्दा कडा रूपको रूपमा हेर्न सकिन्छ । भेगानलाई हाल शाकाहारी समाजले जीवनयापन गर्ने तरिकाको रूपमा परिभाषित गरेको छ, जसले सबै प्रकारका पशुशोषण र क्रूरतालाई सकेसम्म बहिष्कार गर्ने प्रयास गर्दछ । यसमा खाना र अन्य कुनै पनि उद्देश्यका लागि निर्दोष जनावरको शोषण गर्नुहुन्न भन्ने सोच छ ।
पछिल्लो समय ५ तारे होटल तथा विभिन्न ब्राण्डका रेस्टुरेन्टहरूले पनि भेगान फूड फेस्टिभल केलाएर नयाँ–नयाँ भेगानका परिकारहरू चखाइरहेका छन् । विरुवामा आधारित भेगान खानाका पनि पर्याप्त परिकार तयार हुने कुरा प्रमाणित र विश्वस्त हुने आधारहरू देखिएका छन् । भेगानहरूले गाईभैसीको दूध या पनिर खाँदैनन्, त्यसैले प्लान्ट बेसको सोया मिल्क, आल्मन्ड मिल्क, तोफु सेवन गर्ने गर्छन् ।
प्रत्येक वर्षको जन्मदिनले मलाई निजामती सेवाबाट निवृत्त भएको स्मरण गराउँछ । हुन पनि संयोगले भगवतीस्थान प्राथमिक विद्यालय तानसेनमा शिक्षकका रुपमा जीवनकै पहिलो जागिरमा प्रवेश गरेको दिन पनि यही दिन थियो । तथापि न...
नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले यही असोज १५ गते संरक्षित क्षेत्रमा पूर्वाधार निर्माणसम्बन्धी कार्यविधि, २०८० को मस्यौदा सरोकारवालाको राय-सुझाव संकलनका लागि सार्वनजिक गरेको छ । सो मस्यौदा कार्यविधिमा सरोका...
कम्यूनिस्टहरूको चौघेराभित्र बाल्यकाल बिताएको भएर होला, सानै उमेरदेखि मैले कांग्रेस कार्यकर्तालाई कांग्रेसी भनेको सुनेको थिएँ । अलि होच्याएर, अलि नमीठो गरेर यी कांग्रेसीहरू भनेर सम्बोधन गर्ने गरेको.... । उमे...
सातु नेपालीहरूको धेरै पुरानो र मौलिक परिकार हो । सातु बिहानको खाजा मानिने भए तापनि पछिल्लो समय यसलाई बिहान, दिउँसो, साँझ कुनै पनि समय खान थालिएको छ । कुनै समय सातु भनेर हेप्ने यो परिकार अति स्वास्थ्य...
जाडो मौसममा दिन काट्न धेरैलाई गाह्रो हुन्छ । जाडोभन्दा गर्मी नै ठीक भन्नेहरू पनि धेरै भेटिन्छन् । हुन पनि कठ्यांग्रिने जाडो कसलाई मन पर्ला र ? तर पनि हाम्रा चाडपर्व र अवसरहरूले जाडोबाट जोगिन र शरीरलाई तताइरा...
आमाले मलाई ‘तलाई त मोटोघाटो राम्रो देखिन्छ’ भन्नुहुन्थ्यो । हजुर आमा बितेर जानुभयो, उहाँले पनि त्यस्तै भन्नुहुन्थ्यो । सानोमा म दुब्लो–पातलो नै थिए । मेरो नाति खान नपाएजस्तो ‘मरनच्यास...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...