२५ जेठ २०८३, सोमबार
जीवनशैली

खानपान : भेजिटेरियन कि भेगान ?

पुस २, २०७९
खानपान : भेजिटेरियन कि भेगान ?

शाकाहारी र शुद्ध शाकाहारीमा धेरै भिन्नता छ । विश्वमा दिनानुदिन शाकाहारी बढ्दो क्रममा छन् भने शुद्ध शाकाहारी पनि त्यतिकै बढी रहेको तथ्यांकले देखाउँछ । मासुका पुरक शाकाहारी र शुद्ध शाकाहारी परिकारमा पनि पर्याप्त हुन्छ भन्ने चेतना आउन थालेपछि विश्वमा यी दुवै समूहका मानिसहरू दिनानुदिन बढ्ने क्रम छ ।

पछिल्लो तथ्यांकअनुसार विश्वमा १ अर्ब ५० करोड व्यक्ति शाकाहारी छन् । ३० सेप्टेम्बर २०२२ को पछिल्लो तथ्यांकअनुसार विश्वमा ८० लाख शुद्ध शाकाहारी (भेगान) छन्, जुन विश्वको कूल जनसंख्याको एक प्रतिशत हुन आउँछ । 

शाकाहारीको जनसंख्या भने विश्वको कूल जनसंख्याको २२ प्रतिशत हुन आउँछ । मासुका पारखी हुँदाहुँदै विभिन्न रोगको शिकार हुन पुगेर शाकाहारी हुनेहरू जति छन्, त्योभन्दा पनि बढी जन्मजात नै शाकाहारी खाना सेवन गर्ने धेरै छन् । शाकाहारी हुनु स्वास्थ्यका लागि निकै राम्रो र दीर्घ जीवन हुने सोच राख्नेहरू पनि त्यतिकै छन् । जीवन भोगाइको अन्तिम–अन्तिम अवस्थामा पुगेर शाकाहारी हुनेहरू पनि उल्लेख्य छन् ।

शुद्ध शाकाहारी अर्थात् भेगान समूहहरू पनि निकै कट्टर हुने गर्छन् । प्लान्ट बेसको खाना खान मात्र रुचाउने यो समूह विश्वका प्रायः सबै देशमा भेटिन्छ । नेपालमा पनि शाकाहारी (भेजिटेरियन) धेरै जमात छन् । नेपालमा शाकाहारीहरूको यकिन तथ्यांक नभए तापनि भारतमा भने १ अर्ब ४० करोड कूल जनसंख्याको ३०–४० प्रतिशत शाकाहारी छन् ।

शाकाहारीहरूको लिस्टमा विश्वमा भारत सबैभन्दा अगाडि आउँछ भने रसिया सबैभन्दा कम शाकाहारी भएको देश मानिन्छ । रसियामा त्यहाँको कूल जनसंख्याको एक प्रतिशत मात्रा शाकाहारी छन् । भारतको रजिस्ट्रार जनरलद्वारा जारी २०१८ सर्वेक्षणअनुसार राजस्थान (७४.९%), हरियाणा (६९.२५%), पञ्जाब (६६.७५%) र गुजरात (६०.९५%) मा शाकाहारीहरूको उच्चतम प्रतिशत रहेको छ, मध्यप्रदेश (५०.६), उत्तरप्रदेश (४७.१%), महाराष्ट्र (४०.२%), दिल्ली (३९.५%), उत्तराखण्ड (२७.३५%) रहेको छ ।

नेपालमा पनि धेरै शाकाहारी रेस्टुरेन्ट छन् र राम्रो चलेका पनि छन् । विदेशीको मागअनुसार भेगान रेस्टुरेन्ट पनि खुलेका छन् । शाकाहारीले माछा, मासु लगायत कुनै पनि जनावरको मासु उपभोग गर्दैनन्, भने भेगान त माछामासुबाहेक दूध, डेयरी चिज, अण्डा, वा जनावरबाट ब्युत्पन्न कुनै अन्य उत्पादन पनि उपभोग गर्दैन ।

के भिन्नता छ शाकाहारी र शुद्ध शाकाहारी अर्थात् भेगानमा ?

विरुवामा आधारित आहा र खाने समूहमा पर्ने मानिसहरू शुद्ध शाकाहारी अर्थात् भेगान समूहमा पर्छन् । भेगानहरूले दूध, दही, घ्यू, मही, पनिर, चिज कुनै पनि वस्तुहरू उपभोग गर्दैनन् । यदिसम्म कि जनावरको छालाबाट बनेको जुत्ता, पेटी, पर्स, जाकेट, ब्याग, सुटकेस, सोफा कुनै पनि वस्तु प्रयोग गर्दैनन् । उनीहरूको विचारमा निर्मम तरिकाले बध गरेर जनावरलाई मरेर उसको शरीरको छाला तातेर बनेका सामान प्रयोग गर्नु पाप सम्झन्छन् । यतिसम्म कि उनीहरूले डेरीको कुनै पनि परिकार उपभोग गर्दैनन् । उनीहरूको सोचाइ र सिद्धान्तअनुसार कुनै पनि जनावरले बच्चा जन्माएपश्चात जुन दूध आउँछ, त्यो उसैको बच्चाका लागि हो, हामीले चोरेर खाँदा उसको बच्चाले पर्याप्त मात्रामा दूध पाउँदैन ।

जसका कारण भेगानहरूले विरुवामा आधारित खानेकुरा मात्र खाने गर्छन् । शरीरलाई आवश्यक पर्ने सम्पूर्ण आवश्यक तत्वहरू विरुवामा आधारित खानाबाट पनि पर्याप्त हुन सक्छ । वैज्ञानिक तथ्यले पनि यो कुरा प्रमाणित गरेको छ, कि शरीरलाई आवश्यकता पर्ने प्रोटिन, कार्बोहाइडेड, फाइबर, फ्याट लगायतका तत्वहरू विरुवामा आधारित खानामा पनि पर्याप्त छ । भेगान आहारहरू लगभग ७०० ईसापूर्वदेखि नै रहेको बताइएको छ । 

धेरै प्रकारहरू अवस्थित छन् र व्यक्तिहरूले विभिन्न कारणहरूका लागि तिनीहरूलाई अभ्यास गर्न सक्छन् । यसमा स्वास्थ्य, नैतिकता, पर्यावरणवाद र धर्म समावेश छ । अर्कोतर्फ शाकाहारीले मासु, कुखुरा वा माछाजस्ता कुनै पनि जनावरको मासु खाँदैन तर डेरी प्रडक्टहरू सेवन गर्छन् र कसैकसैले त अण्डा समेत खाने गर्छन् । भेगानहरूको आहारमा विभिन्न स्तरका फलफूल, तरकारी, अन्न, दाल, नट र बीउहरू हुन्छन् । भेगान आहारलाई शाकाहारको सबैभन्दा कडा रूपको रूपमा हेर्न सकिन्छ । भेगानलाई हाल शाकाहारी समाजले जीवनयापन गर्ने तरिकाको रूपमा परिभाषित गरेको छ, जसले सबै प्रकारका पशुशोषण र क्रूरतालाई सकेसम्म बहिष्कार गर्ने प्रयास गर्दछ । यसमा खाना र अन्य कुनै पनि उद्देश्यका लागि निर्दोष जनावरको शोषण गर्नुहुन्न भन्ने सोच छ ।

पछिल्लो समय ५ तारे होटल तथा विभिन्न ब्राण्डका रेस्टुरेन्टहरूले पनि भेगान फूड फेस्टिभल केलाएर नयाँ–नयाँ भेगानका परिकारहरू चखाइरहेका छन् । विरुवामा आधारित भेगान खानाका पनि पर्याप्त परिकार तयार हुने कुरा प्रमाणित र विश्वस्त हुने आधारहरू देखिएका छन् । भेगानहरूले गाईभैसीको दूध या पनिर खाँदैनन्, त्यसैले प्लान्ट बेसको सोया मिल्क, आल्मन्ड मिल्क, तोफु सेवन गर्ने गर्छन् ।

salt training

कमेन्ट गर्नुहोस्