१६ असार २०८३, मंगलबार

बुटवलमा दुई महिनाभित्र केबलकार सञ्चालन

बुटवलमा दुई महिनाभित्र केबलकार सञ्चालन

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा लुम्बिनी केवलकार प्रालिका अध्यक्ष चन्द्र ढकालले अबको दुई महिनाभित्र बुटवलमा केवलकार सञ्चालनमा आउने  बताएका छन् ।

बुटवलको गोलपार्कदेखि पाल्पाको वसन्तपुर डाँडासम्ममा हाल निर्माणाधीन अवस्थामा रहेको लुम्बिनी केवलकार २ महिनाभित्र भौतिक संरचना निर्माण सम्पन्न हुने बताएका हुन् । २ महिनामा भौतिक संरचना निर्माणपश्चात ३ महिनामा अन्य प्राविधिक चेक जाँच सम्पन्न हुने त्यसपश्चात केवलकार सञ्चालन हुने उनको भनाइ रहेको छ ।

नेपाली युवा उद्यमी मञ्च रुपन्देही शाखाले तिलोत्तममा आयोजना गरेको युवा उद्यमी सम्मेलनमा बोल्दै चन्द्रगिरि हिल्स प्रालिका अध्यक्षसमेत रहेका ढकालले बुटवलमा केवलकार निर्माणपछि भारतीय पर्यटकहरुको चाप बढ्ने बताएका हुन् । उनले वसन्तपुर डाँडामा स्तरीयहोटलसहित कामेश्वर महादेव भगवानको मन्दीर पनि निर्माण गरिने बताए ।

अवको १० वर्षभित्रमा काठमाडौंको चन्द्रगिरि केवलकारजस्ता ७ वटै प्रदेशमा केवलकार निर्माण गर्ने लक्ष्य आफ्नो कम्पनीले लिएको उनको भनाइ छ ।
 

salt training

कमेन्ट गर्नुहोस्