१९ असार २०८३, शुक्रबार

बाराही हाइड्रोपावरको आईपीओ बाँडफाँट

बाराही हाइड्रोपावरको आईपीओ बाँडफाँट
प्रतिकात्मक तस्वीर

बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) को बाँडफाँट गरिएको छ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेडको कार्यालयमा आइतवार शेयरको बाँडफाँट गरिएको हो । 

कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित दरका कूल ५ लाख ५४ हजार कित्ता आईपीओ बिक्री खुला गरेको थियो । बिक्री प्रबन्धकका अनुसार साधारण शेयरमा कूल १२ लाख ५८ हजार ४२१ आवेदकले १ करोड ४३ लाख ५१ हजार ८३० कित्ता शेयरका लागि आवेदन दिएका थिए ।

कम्पनीले योग्य ११ लाख ९१ हजार २८४ मध्ये ५१ हजार ५२२ आवेदकलाई १० कित्ताका दरले गोलाप्रथामार्फत शेयर बाँडफाँट गरिएको बिक्री प्रबन्धकले जनाएको छ । 

निष्कासित शेयरमा २७ हजार ७०० कित्ता सामूहिक लगानी कोषलाई र ११ हजार ८० कित्ता  कर्मचारीलाई बाँडफाँट गरिएको छ । लगानीकर्ताले गत मंसिर २१ गतेदेखि २६ गतेसम्म शेयर खरिदका लागि आवेदन दिएका थिए ।

बाँडफाँटको नतिजा सम्बन्धित कम्पनी, बिक्री प्रबन्धक र सीडीएस एण्ड क्लियरिङ लिमिटेडको वेबसाइट (मेरो शेयर) मार्फत हेर्न सकिने कम्पनीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्