
सामाजिक सञ्जाल ट्वीटरका सीईओ एलन मस्कलाई कम्पनीको सीईओ छाड्न दवाव पर्नेगरी नतिजा आएको छ । मस्कले ट्वीटरको सीईओको रुपमा रहने या नरहने भनेर एक सर्वेक्षण गराएकामा नतिजाले उनले उक्त पद छाड्नुपर्ने देखाएको हो । यद्यपि उनले यसबारे थप प्रतिक्रिया दिइसकेका छैनन् ।
बीबीसीले प्रयोगकर्ताको सुझावको आधारमा मस्कले सीईओको भूमिका छाड्नुपर्ने अवस्था आएको उल्लेख गरेको छ । मस्कले आफ्नै आधिकारिक ट्वीटर ह्याण्डिलमार्फत यसबारे सर्वेक्षण गराएका थिए ।
एलन मस्कले पोलमा आफ्नो १२ करोड २० लाख फलोअर्स सामु सर्वेक्षण गराएका थिए । उनले भनेका थिए –के म ट्वीटरको प्रमुख पदबाट हट्न जरुरी छ ? जवाफमा ५७.५ प्रतिशतले छाड्नुपर्ने पक्षमा मत दिएका हुन् ।
टेक्नोलोजी दुनियाँका बादशाह मस्क टेस्ला र स्पेस एक्स जस्ता कम्पनीका मालिक हुन् ।