
एनसेल आजियाटा लिमिटेडले आइतवार २२औँ फिफा विश्वकप फुटबल २०२२ को फाइनल खेलको विशेष लाइभ स्क्रिनिङ कार्यक्रम आयोजना गरेको छ । अन्नपूर्ण होटलको पुलसाइडमा सम्भवत नेपालमा अहिलेसम्मकै ठूलो स्क्रिनहरूमध्ये एकमा देखाइएको प्रत्यक्ष प्रसारणमा १ हजार ९०० भन्दा बढी दर्शकको उत्साहजनक उपस्थिति रहेको थियो ।
कार्यक्रम स्थलमा दुई ठूला डिजिटल स्क्रिनबाहेक दर्शकको सुविधाका लागि अन्य स्क्रिनहरूमा समेत देखाइएको अर्जेन्टिना र फ्रान्सबीचको फाइनल खेलको प्रत्यक्ष प्रसारण एकदमै उल्लासमय बनेको थियो । आमन्त्रित निजी संघसंस्थाका प्रतिनिधि, बैंक तथा वित्तीय संस्था, व्यावसायिक क्षेत्रका पाहुना, कलाकार, सञ्चारकर्मी, एनसेलका ग्राहक, कर्मचारी र उनीहरुका परिवारका सदस्यलगायतले लाइभ स्क्रिनिङको भरपुर मजा लिएका थिए । एनसेलको रु ५९९ मा ६० जीबी पाइने होम एन्ड अवे डेटा प्याकको खरिद गर्दा एनसेलका ग्राहकले लाइभ स्क्रिनिङमा सहभागी हुन निःशुल्क प्रवेश पासपाएका थिए ।
मिडिया हबको मुख्य सहयोगमा आयोजना गरिएको लाइभ स्क्रिनिङ कार्यक्रममा दर्शकहरूले फाइनल खेलको प्रत्यक्ष प्रसारणपूर्व आविष्कार केसी र डिजे बीपीएमको प्रस्तुतिमार्फत गीत–संगीतको आनन्द लिएका थिए । दर्शकले खानाका विभिन्न परिकारको स्वाद लिँदै ऐतिहासिक तथा रोमाञ्चक फाइनल खेलको मजा लिएका थिए ।