०७ साउन २०८३, बिहीबार

प्रियंका, ऋचा र बेनिशाको ‘चि मुसी चि’को ट्रेलर सार्वजनिक [तस्वीरहरु]

प्रियंका, ऋचा र बेनिशाको ‘चि मुसी चि’को ट्रेलर सार्वजनिक [तस्वीरहरु]

पुसको २२ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘चि मुसी चि : इभन डेड डिजायर बिलिङ्गिङ’को ट्रेलर सार्वजनिक गरिएको छ ।

बुधबार राजधानीमा एक कार्यक्रमकाबीच मल्टिस्टारर हरर–थ्रिलर यस चलचित्रको २ मिनेट ५२ सेकेण्ड अवधिको ट्रेलर सार्वजनिक गरिएको हो ।

ट्रेलरमा प्रियंका कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान जोशी, राजन खतिवडा, रविन्द्र झा, गौरव विष्ट लगायतलाई प्रस्तुत गरिएको छ । कुनै अदृश्य चरित्रबाट कलाकारहरू तर्सीएको ट्रेलरमा देखाइएको छ । ट्रेलरमा कलाकारको मुभमेन्ट र पाश्र्व संगीतले दर्शकलाई कौतुहलता र डर समेत पैदा गर्न सक्छ । 

ट्रेलरको अन्तिममा एउटा संवाद बोलिएको छ, ‘छोराको चाहमा सानो बच्चालाई बलि दिइयो ।’ उक्त संवादबाट चलचित्रको कथासार अनुमान लगाउन सकिन्छ ।

अरुण चक्रवर्तीको प्रस्तुती रहेको चलचित्रमा मर्ण जेम्स र यश सैनीको संयुक्त कथा, पटकथा एवं निर्देशन छ । रिञ्जु केसी र प्रस्तुतकर्ता अरुण चक्रवर्तीको यस चलचित्रमा लगानी छ । ट्रेलर रिलिज कार्यक्रममा बोल्दै कलाकारहरुले चलचित्रमा काम गर्दाको आआफ्नो अनुभव शेयर गर्दै ‘चि मुसी चि’लाई दर्शकले रुचाउने विश्वास व्यक्त गरे । निर्माता एवं निर्देशकले चलचित्रले दर्शकलाई फरक स्वाद प्रदान गर्ने दाबी गरे । ​

तस्वीरहरु : विश्वास खनाल/लोकान्तर

कमेन्ट गर्नुहोस्