०९ साउन २०८३, शनिबार

हल व्यवसायीहरु चलचित्र विकास बोर्डविरुद्ध चरणबद्ध आन्दोलनमा उत्रिने

हल व्यवसायीहरु चलचित्र विकास बोर्डविरुद्ध चरणबद्ध आन्दोलनमा उत्रिने

चलचित्र हल व्यवसायीहरुको छाता संस्था नेपाल चलचित्र संघले चरणबद्ध आन्दोलनमा उत्रिने निर्णय गरेको छ ।

चलचित्र विकास बोर्ड निष्पक्ष हुन नसकेको र नेपाल चलचित्र संघको सदस्यहरुलाई आफ्नो व्यवसायबाटै विस्थापित गर्ने खालका क्रियाकलाप गरेको निष्कर्ष निकाल्दै बोर्डविरुद्ध आन्दोलनमा उत्रिने निर्णयमा संघ पुगेको हो । 

बुधबार राजधानीमा आयोजित संघको राष्ट्रिय भेलाले महासचिव नरेन्द्र महर्जनको संयोजकत्वमा ११ सदस्यीय संघर्ष समिति समेत गठन गरेको छ । 

भेलापश्चात संघले विज्ञप्ती जारी गर्दै प्रथम चरणको आन्दोलनका कार्यक्रमहरू समेत सार्वजनिक गरेको छ । 

जस अन्तर्गत पुस १२ गते सञ्चार तथा प्रविधि मन्त्रालयमा ज्ञापन बुझाउने, १५ देखि १७ गतेसम्म चलचित्र हलमा कालोपट्टि बाँधेर विरोध प्रदर्शन गर्ने जनाएको छ । संघले दुई घण्टा चलचित्र विकास बोर्डमा धर्ना दिने साथै चलचित्र विकास बोर्डमा तालाबन्दी गर्ने समेत उल्लेख गरेको छ ।

धर्ना र तालाबन्दीको मिति भने पछि तय गर्ने चलचित्र संघले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्