मंसिर ४, २०७९
तमाम अन्योल र आशंकाबीच प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । उम्मेदवारी मनोनयनपछि पनि तोकिएको मितिमा चुनाव हुनेमा दलकै नेताहरूले सन्देह व्यक्त गरेका थिए । देशका...
प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले बिहीवार पद तथा गोपनीयताको शपथ गरे । शपथसँगै उनीहरूको पाँच वर्षे काउन्टडाउन शुरू भएको छ ।
शपथसँगै अब नयाँ सांसदले जनताले तिरेको करबाट तलब भत्ता पाउने छन् । जनताले तिरेको करबाट भत्ता खाने सांसदले जनताका पीरमर्का र जनजीविकाका सबाललाई महत्त्वका साथ संसदमा उठाऊन् ।
मंसिर ४ गते सम्पन्न निर्वाचनमा मतदाताले निश्चित अभिभारासहित प्रतिनिधिलाई सिंहदरबार पठाएका छन् । मंसिर ४ को फैसलामार्फत जनताले राजनीतिक दलको परम्परागत शासनशैलीप्रति तीव्र विमति जनाएका छन् ।
सरकारका कयौं मन्त्रीको पराजय र स्थापित दललाई चुनौती दिँदै नयाँको उदय यसको संकेत हो ।
देशमा पञ्चायत ढलेर प्रजातन्त्र, राजाको प्रत्यक्ष शासन ढलेर गणतन्त्र स्थापना भए पनि जनताको जीवनस्तरमा सुधार आउन सकेको छैन ।
अहिले पनि दैनिक हजारभन्दा बढी युवाहरू देशमा भविष्य नदेखेर खाडीका मुलुकमा सस्तो श्रम बेच्न बाध्य छन् ।
नेपालका कुनै स्थानीय पालिका छैनन्, जहाँबाट युवाहरू श्रम बेच्न विदेशिएका नहुन् । सस्तो श्रम बेच्न जाने तिनै युवाहरूलाई राज्यका निकायले गौंडागौंडामा अवरोध र शोषण गरिरहेका छन् ।
बिहीवारको शपथपछि संसद् भवनमा सांसदहरू जलपानका लागि लाइन बसेका थिए । सोही दिन युवाहरू पासपोर्टमा छाप लगाउन त्रिपुरेश्वरमा लाइनमा थिए ।
जनताको विश्वास जितेर या ढाँटेर संसदमा आएका सांसदहरूले कहिलेकाहीँ संसद् भवनबाहिर रहेका युवाको निराशा र आक्रोश बुझून् ।
‘माननीय’ बिल्ला पाएका सांसदहरूले देश र जनतालाई केन्द्रमा राखेर काम गरून् । भत्ता पचाउन संसदमा आउने र हाजिर गरेर भागिहाल्ने प्रवृत्ति नदोहोरियोस् । जालझेल नहोस् । संसद्को गरिमा रहोस् ।
तमाम अन्योल र आशंकाबीच प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । उम्मेदवारी मनोनयनपछि पनि तोकिएको मितिमा चुनाव हुनेमा दलकै नेताहरूले सन्देह व्यक्त गरेका थिए । देशका...
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि एक महिनाको समय बाँकी रहँदा निर्वाचन आयोगले आचारसंहिता पालना गराउने काममा सक्रियता देखाएको छ । सरकारका मन्त्री र दलका शीर्ष तहका नेतासँग पनि आयोग...
प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको एक महिनापछि मुलुकले नयाँ सरकार पाएको छ । प्रतिनिधिसभाको पहिलो दल नेपाली कांग्रेस सत्ताबाहिर रहँदा तेस्रो दलको नेतृत्वमा संयुक्त सरकार बनेको छ । नेकपा (माओ...
सिंहदरबारलाई ओझेल पारेर प्रधानमन्त्रीको सरकारी निवासबाट सरकार सञ्चालन हुँदै आएकोमा नयाँ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्यो प्रथा तोड्ने संकेत गरेका छन् । ‘केही नयाँ गर्ने&rsq...
चुनाव ज्यादै खर्चिलो र भड्किलो भइरहेको गुनासो बढिरहेका बेला निर्वाचन आयोगले आसन्न निर्वाचनका लागि केही कसिलो आचारसंहिता प्रस्ताव गरेको छ । उम्मेदवारले गर्न पाउने चुनावी खर्चको सीमा तोक्दै आयोगले सोमवा...
आइतवार हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बिहीवार मध्यरातिबाट मौन अवधि शुरू भएको छ । राजनीतिक दल र उम्मेदवारले प्रचारप्रसारका लागि पर्याप्त समय पाएका थिए । बिहीवार साँझसम्ममा उम्मेदवारले घ...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...
जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...