
ग्लोबल आइएमई बैंक लिमिटेडले शुक्रवारदेखि ८ वटा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।
बैंकले धनुषा जिल्लाको धनुषाधाम नगरपालिका वडा नं. ९, धारापानी, महोत्तरी जिल्लाको मनरा शिसवा नगरपालिका वडा नं. १, गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा नं. ४, बडागाउँ, नेटा र वडा नं. २, मुसिकोट, देउराली, उदयपुर जिल्लाको कटारी नगरपालिका वडा नं. २, गराँसमा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।
त्यसैगरी बैंकले अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नं. ६, धातिवाङ, कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नं. ९, बानियाभार र कैलाली जिल्लाको चुहा नगरपालिका वडा नं. ७, हरैयापुरमा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो ।
यी शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या २८३ पुगेको छ ।
बैंकले ढल्केबार शाखाअन्तर्गत रहने धारापानीको शाखारहित बैंकिङ सेवाको लागि स्थानीय विशालकुमार भुजेल, बर्दिबास शाखाअन्तर्गत रहने मनरा शिसवाको शाखारहित बैंकिङ सेवाको लागि स्थानीय शाह जेनरल स्टोर्स, वामी शाखा अन्तर्गत रहने बडागाउँ, नेटाको शाखारहित बैंकिङ सेवाको लागि स्थानीय बोम बहादुर छन्तेल र वामी शाखाअन्तर्गत रहने मुसिकोट, देउरालीको शाखारहित बैंकिङ सेवाको लागि स्थानीय मदनदीप घिमिरेलाई प्रतिनिधि नियुक्त गरेको छ ।
त्यसैगरी, बैंकले कटारी शाखाअन्तर्गत रहने गराँसको शाखारहित बैंकिङ सेवाको लागि स्थानीय राजकुमार कार्की, पोखराथोक शाखाअन्तर्गत रहने धातिवाङ्गको शाखारहित बैंकिङ सेवाको लागि स्थानीय मनिराम पौडेल, चन्द्रौटा शाखाअन्तर्गत रहने बानियाँभारको शाखारहित बैंकिङ सेवाको लागि स्थानीय जयन्ती गिरी र लम्की शाखाअन्तर्गत रहने हरैयापुरको शाखारहित बैंकिङ सेवाको लागि स्थानीय जयबहादुर खत्रीलाई प्रतिनिधि नियुक्त गरेको छ ।
शाखारहित बैंकिङ सेवाबाट स्थानीय बासिन्दाले स्थानीय प्रतिनिधि मार्पmत बैंकिङ सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, डिसहोम, सीडीएमए, युटीएल तथा एनटीसीको महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सक्नेछन् ।
ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । देशका ७७ वटै जिल्लामा २९२ शाखा सञ्जाल तथा ३ अन्तर्राष्ट्रिय सम्पर्क कार्यालयसहित ९०० भन्दा बढी सेवा केन्द्रबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।