०८ साउन २०८३, शुक्रबार

सुनिल गिरीले ल्याए ‘जुम्ला’, रिलिजको छोटो समयमै युट्युब ट्रेन्डिङमा आयो गीत

सुनिल गिरीले ल्याए ‘जुम्ला’, रिलिजको छोटो समयमै युट्युब ट्रेन्डिङमा आयो गीत

चर्चित गायक सुनिल गिरीको नयाँ गीत ‘जुम्ला’ले युट्युबमा राम्रो भ्युज पाएको छ ।

शुक्रबार काठमाडौंमा एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको गीतको भिडियोले युट्युबमा शनिबार दिउँसोसम्म ३ लाख १० हजार बढी भ्युज पाइसकेको छ । सार्वजनिक भएको छोटो समयमै गीत युट्युब ट्रेन्डिङमा समेत अगाडि आइरहेको छ । 

अमन निलसागरसँग मिलेर शब्द लेखेका गिरीले गीतमा संगीत एवं संगीत संयोजन भने आफैले गरेका हुन् । 

जुम्लाको मनोरम दृश्यहरुमा खिचिएको भिडियोमा चर्चित टिकटकर मिस पबि र रोसन केसीको अभिनय छ । डडेलधुराकी मिस पबिले टिकटकमा झण्डै ९ लाख फ्लोअर्स कमाएकी छिन् ।

गायक गिरीकै स्टोरी र कन्सेप्टमा तयार भएको भिडियोलाई शिशिर खातीले निर्देशन गरेका हुन् । बिवेक बिकको छायाँकन रहेको भिडियो  मनोज कार्कीको सम्पादनपश्चात सार्वजनिक भएको हो । 

प्रतिनिधी सभाको निर्वाचनमा प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध स्वतन्त्र उम्मेद्वार बनेका सागर ढकाल, जुम्लाबाट प्रतिनिधिसभामा निर्वाचित सांसद ज्ञानेन्द्र शाही, सरसफाई अभियन्ता केपी खनाल लगायतको उपस्थितिमा भिडियो सार्वजनिक गरिएको थियो ।

आफूलाई प्रकृतिप्रेमी बताउने गायक गिरीले आफ्ना गीतहरूमार्फत विभिन्न जिल्लाहरूको सुन्दरतालाई समेत प्रस्तुत गर्दै आएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्