०७ साउन २०८३, बिहीबार

'ज्यानै बाजी भो' म्युजिक भिडियो सार्वजनिक

'ज्यानै बाजी भो' म्युजिक भिडियो सार्वजनिक

चर्चित इन्डियन डान्स रियालिटी शो  ‘डान्स प्लस’ का फष्ट रनरअप सुजन मार्पा तामाङ अभिनित 'ज्यानै बाजी भो' बजारमा आएको छ । काठमाडौको जोरपाटीस्थित शेनुर हाउसमा पत्रकार सम्मेलन गरी मोक्तान डिजिटलको अफिसियल युटुब च्यानलबाट उक्त गीत सार्वजानिक गरिएको हो । 

गायक एवम् संगीतकार प्रकाश तामाङ तितुङ र प्रयुशा तामाङको आवाजमा रहेको गीतलाई गीतकार कुमार स्याङ्बाले लेखेका हुन् । प्रकाश तामाङ तितुङको संगीत र महाराज थापाको संगीत संयोजन रहेको छ ।

इण्डियन डान्स रियालिटी शो  ‘डान्स प्लस’ का फष्ट रनरअप तामाङको भिडियो डिरेक्सन र कोरियोग्राफी रहेको छ  । पवन सुस्लिङले भिडियोको छायांकन, सम्पादन र कलर गरेका हुन् ।  गीतमा डान्सर सुजनसंगै गीता ढुंगानाको नृत्य छ । करिब दुर्इ बर्षको अन्तरालमा डान्सर सुजनले यो भिडियो निर्माण गरेका हुन् ।

कमेन्ट गर्नुहोस्