चैत १४, २०७९
सरकार विस्तारको तयारीलाई अन्तिम रूप दिन बालुवाटारमा सत्तारुढ दलको बैठक चलिरहेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को सरकारी निवास बालुवाटारको बैठकमा कांग्रेस, माओवादी क...
आइतवार बिहानसम्म सारा राजनीतिक सम्भावनाको सम्मुखमा रहेको कांग्रेस मध्याह्नसम्म पुग्दा शून्यमा झर्यो । सबै सम्भावनाहरू एकाएक असम्भव बनिदियो ।
केन्द्रदेखि प्रदेशसम्मको सत्ता सम्भावना एकाएक टर्याे ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ५ वर्षे कार्यकालको पहिलो आधा कार्यकाल प्रधानमन्त्री मागेका थिए । प्रचण्डको प्रस्ताव कांग्रेसले इन्कार गरेपछि कांग्रेसको हातबाट तत्कालका लागि सबै सम्भावनाहरू फुत्कियो ।
कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री आफैले पाउनुपर्ने भन्दै बटमलाइन बनायो । जुन प्रचण्डले स्वीकार गरेनन् ।
बालुवाटारको वार्तालाई सविस्तार सुनाउँदै एकीकृत समाजवादीका नेता झलनाथ खनालले भने, ‘शेरबहादुर देउवाले प्रचण्डलाई प्रधानमन्त्रीको बचन दिनुभएको रहेछ । आज उहाँले आफ्नै प्रतिबद्धताबाट पछि हट्नुभयो र अहिलेको अवस्था आयो ।’
खनालले सुनाएअनुसार, आजको बैठकमा देउवाले आफूलाई पहिलो कार्यकालमा प्रधानमन्त्रीको बचन दिएको प्रचण्डले सुनाएका थिए । माधव नेपाल र झलनाथ खनालले देउवालाई तपाईंले त्यस्तो बचन दिनुभएको हो ? भनेर सोधेका थिए । देउवाले बचन दिएको तर, अहिले पार्टीका साथीहरूका कारण आफैँ प्रधानमन्त्री बन्नुपर्ने अवस्था आएको जवाफ बैठकमा सुनाएका थिए ।
त्यसपछि, प्रचण्डले 'तपाईं आफ्नो बचनमा प्रतिबद्ध हुनुहुन्न भने आगामी दिनका लागि कसरी विश्वास गर्ने ? तपाईंलाई विश्वास गर्न सकिएन' भनेका थिए । माधव नेपाल र झलनाथ खनालले पनि देउवालाई सम्झाउने प्रयास गरे । तर, देउवाले पार्टीका साथीहरूको कारण देखाए ।
अन्ततः प्रचण्डले आफूलाई देउवाबाट धोका भएको भन्दै गठबन्धनको औचित्य सकिएको भनेर बालुवाटारबाट बाहिरिए र खुमलटार हुँदै बालकोट पुगे । बालकोटबाट प्रधानमन्त्री हुन १६९ सांसदको बल लिएर राष्ट्रपतिले दिएकै समयमा शितलनिवास पुगे र प्रधानमन्त्री नियुक्तिको पत्र लिए ।
प्रचण्ड बालुवाटारबाट बाहिरिएपछि कांग्रेस नेताहरूमा छटपटाहट शुरू भयो । कांग्रेसका नेता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की मलिन अनुहार लिएर पत्रकार समक्ष आए र गठबन्धनको औचित्य बाँकी रहेको बिलौना सुनाए । फेरि गठबन्धनको बैठक बस्ने दाबी गर्दै खाना खान उनी बालुवाटारबाट बाहिरिए ।
प्रचण्ड बालुवाटारबाट बाहिरिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई फोन गरेर दुई दल मिलेर सरकार बनाउन प्रस्ताव गरेका थिए । तर, ओलीले स्पष्ट जवाफ दिएनन् । उनी प्रचण्डको पर्खाइमा थिए ।
प्रचण्ड बालकोट पुगेर सत्ता समीकरणको सहमतिमा हस्ताक्षर गर्दै–गर्दा बालुवाटारमा चार दलको बैठक बस्यो । प्रचण्डलाई सर्वसम्मत रोजेको राजनीतिक पद दिने सहमति बन्यो र प्रचण्डलाई तारन्तार फोन गरियो । तर, त्यो समय ढिलो भइसकेको थियो ।
केपी शर्मा ओली निवासमा भएको बैठकमा सहभागी एमाले उपमहासचिव विष्णु रिमालका अनुसार, प्रचण्डलाई प्रधानमन्त्री बनाउने भन्दै कांग्रेसका नेताले तारन्तार फोन गरेका थिए । तर, प्रचण्डले ढिलो भएको जवाफ फर्काएका थिए ।
किन होल्ड भए देउवा ?
प्रचण्डले गत शनिवार नै देउवालाई एक्लै भेटेर प्रधानमन्त्री दाबी गरेका थिए । त्यसबेला देउवाले संसदीय दलको नेता चुनिएपछि मात्रै छलफल गर्ने जवाफ दिएका थिए । तर, प्रचण्डले आफ्नो दाबी छाडेनन् ।
प्रचण्डलाई प्रधानमन्त्री नदिँदा गठबन्धन भत्किन्छ भन्ने देउवाले नबुझेका होइनन् । तर, अहिलेको अवस्था सिर्जना हुनुमा कांग्रेसमा मुख्य ४ नेताको भूमिका रहेको देउवानिकट एक नेताले जानकारी दिए ।
विमलेन्द्र निधि, प्रकाशशरण महत, ज्ञानेन्द्रबहादुर कार्की र आरजू राणाका कारण सत्ताकाे पासा पल्टियो । कांग्रेसको डुङ्गा चुलुम्मै डुब्यो । ‘यी ४ जना नेताहरूले प्रचण्डलाई होल्ड गरे । कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै लिनुपर्छ र त्यो लिन सकिन्छ भनेर देउवालाई उक्साइरहे’, ती नेताले भने ।
विमलेन्द्र निधिले भारतीय सहयोग रहनेभन्दै देउवालाई अडानमा अडिन दबाब दिइरहेका थिए । प्रकाशशरण महतले भने एमालेसँग कुरा भएको र माओवादीले धोका दिए कांग्रेस–एमालेको समीकरणमा सरकार बनाउन सकिने भन्दै देउवालाई आश्वस्त पारेका थिए । देउवा प्रधानमन्त्री हुँदा आफूले रोजेको मन्त्रालयसहित सरकारमा रहन पाइने लोभमा महत रहेको ती नेताले बताए ।
उता सञ्चारमन्त्रीसमेत रहेका ज्ञानेन्द्रबहादुर कार्कीले भने राष्ट्रपति विद्यादेवी भण्डारीलाई सरकार बनाउने समय थप्न लगाउने भनेर प्रधानमन्त्री र राष्ट्रपतिको दाबी नछाड्न भनेको कांग्रेसका एक नेताले सुनाए । राष्ट्रपति भण्डारी र ज्ञानेन्द्र कार्कीको नातेदारी सम्बन्ध छ । राष्ट्रपति भण्डारीकी बुबा रामबहादुर पाण्डे ज्ञानेन्द्रबहादुर कार्कीका साख्खे मामा हुन् । भण्डारी र कार्कीबीच दाजु–बहिनीको सम्बन्ध छ ।
प्रधानमन्त्री पत्नी डा. आरजु राणाले भने कांग्रेसका सांसदहरूलाई बालुवाटार बोलाएर देउवा नै प्रधानमन्त्री हुनुपर्छ भनेर रोइलो गर्न लगाएकी थिइन् । यी सबै कारणले देउवालेको पदीय महत्वकांक्षा बढ्दै गयो ।
कांग्रेसका एक नेताले भने, ‘पूर्णबहादुर, रामचन्द्र र बालकृष्णहरू मिलाउन नै लागेका थिए । बालकृष्ण चुनाव हारेको भएर पनि होला देउवाले खासै कुरा सुनेनन् । पूर्णबहादुर र रामचन्द्रमाथि अरू ४ जना बढी हाबी भए ।’
प्रचण्ड गठबन्धन छाडेर बाहिरिएपछि देउवासहित कांग्रेसका नेताहरू छलफलमा बसेका थिए । उक्त छलफलमा उपसभापति पूर्णबहादुर खड्का र प्रकाशशरण महतबीच झण्डै कुटाकुटकोस्थिति बनेको ती नेताले सुनाए ।
‘पूर्णबहादुरले प्रचण्डलाई प्रधानमन्त्री दिनुपर्थ्याे, गल्ती भयो भने । तर, प्रकाशशरणले माओवादीलाई किन प्रधानमन्त्री दिने भन्दै झोक्किए । त्यसपछि तनावपूर्ण स्थिति बन्यो । झण्डै हात हालाहालको अवस्था बन्यो’, ती नेताले बताए ।
बालुवाटारमा कांग्रेसका नेताहरूको तनावपूर्ण बैठकपछि शेरबहादुर देउवा अन्ततः प्रचण्डलाई प्रधानमन्त्री दिन तयार भए । त्यसपछि प्रचण्डलाई फोन गरियो, त्यसबेला उनी केपी ओली निवास बालकोटमा सत्ता समीकरणको हिसाब मिलाउने अन्तिम क्षणमा थिए ।
बालुवाटारबाट आएको फोन उनले बैठकमा रहेका नेताहरूलाई पनि देखाए । केहीबेर फोन उठाएनन् । तारन्तार फोन आइरहेपछि प्रचण्डले जवाफ दिए, ‘अहिलेलाई ढिलो भयो । अवसर मिल्यो भने फेरि सहकार्य गरौँला ।’
सरकार विस्तारको तयारीलाई अन्तिम रूप दिन बालुवाटारमा सत्तारुढ दलको बैठक चलिरहेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को सरकारी निवास बालुवाटारको बैठकमा कांग्रेस, माओवादी क...
नेकपा (एमाले) का नेता भीम रावलले पार्टीले बस्न पाइँदैन भनेको अवस्थामा मात्र विकल्प खोज्ने बताएका छन्। धनगढीमा आज आयोजित पत्रकार सम्मेलनमा उनले राष्ट्रियता, विधि, पद्धतिका विषयमा आवाज उठाउँदा आफूलाई एम...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्रीबाट हटाएपछि कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारले देशको भूगोल घटाएको आरोप लगाएका...
सरकार विस्तारको तयारीलाई अन्तिम रूप दिन बालुवाटारमा सत्तारुढ दलको बैठक शुरू भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारी निवास बालुवाटारमा सत्तारुढ दलका शीर्ष नेताको बैठक शुरू भएको हो । ...
सरकार विस्तार गर्न मन्त्रालय भागबन्डा गर्न बसेको सत्तारुढ गठबन्धन शीर्ष नेताहरूको बैठक निष्कर्षविहीन सकिएको छ। प्रधानमन्त्री निवासमा बसेको बैठकले कुनै सहमति गर्न नसकेको हो । अब अर्को बैठक बुधबार बिहा...
नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय बैठकले मिटरब्याजबाट पीडित समूहको आन्दोलनप्रति समर्थन गर्दै ऐक्यबद्धता जनाउने निर्णय गरेको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा केन्द्रीय कार्यालयमा आ...
आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...
प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...