०७ साउन २०८३, बिहीबार

‘बन्दिपुरैमा’ हिट भएसँगै प्रेमराजा महतले ल्याउँदैछन् ‘बन्दिपुरैमा २’

‘बन्दिपुरैमा’ हिट भएसँगै प्रेमराजा महतले ल्याउँदैछन् ‘बन्दिपुरैमा २’

अग्रज लोकगायक प्रेमराजा महतले गायिका शान्तिश्री परियारसँग मिलेर गाएको लोक गीत ‘बन्दिपुरैमा’लाई स्रोता एवं दर्शकहरुले रुचाए ।

गतवर्ष युट्युबमा सार्वजनिक भएको उक्त गीत हिट भएसँगै यतिबेला भने महतले ‘बन्दिपुरैमा २– ढुंगेधारैमा’ ल्याउँदैछन् । 

यस गीत पनि उनले शान्तिश्री परियारसँगै गाएका छन् ।

रामजी लामछानेको कोरियोग्राफी एवं अग्रज लोकगायक नारायण रायमाझीको निर्देशनमा गीतको भिडियोको छायांकन समेत भइसकेको छ ।

तनहुँको बन्दिपुरमै पुगेर छायाँकन गरिएको भिडियोमा महत मोडल रीना थापा मगरसँग प्रस्तुत छन् ।

गीतमा शब्द एवं संगीत महतकै छ भने बि.बि अनुरागीले गीतको एरेन्ज गरेका हुन् ।

अंग्रेजी नयाँ वर्षको अवसर पारेर गीत सार्वजनिक गर्न लागिएको वरिष्ठ लोकगायक महतले जानकारी दिएका छन् । लामो समयदेखि अमेरिका बस्दै आएका उनले नेपाल आगमनको क्रममा नयाँ गीत ल्याउँदै आएका छन् । 

कमेन्ट गर्नुहोस्