×

NMB BANK
NIC ASIA

फिल्ममा अभिनय गर्न चाहन्छिन् ‘मिस पबि ?’

‘आफैँ लगानी गरेर भए पनि पल शाहसँग म्युजिक भिडियो खेल्छु भन्ने सोँच्थेँ’

पुस १७, २०७९

NTC
‘जुम्ला’ गीतको भिडियोको एक दृश्यमा मिस पबि
Premier Steels

डोटेली भाषामा बोलेर टिकटकबाट चर्चामा आएकी हुन् डडेल्धुराकी पवित्रा साँकी अर्थात ‘मिस पबि ।’

Muktinath Bank

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध डडेलधुराबाट स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकालको पक्षमा टिकटकबाटै भोट मागेपछि उनको चर्चा थप चुलियो । टिकटकमा ९ लाख बढी फलोअर्स कमाएकी २३ वर्षीया मिस पबि यतिबेला भने म्युजिक भिडियोमार्फतसमेत दर्शकसामु छाइरहेकी छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनको अभिनय रहेको सुनिल गिरीको ‘जुम्ला’बोलको गीत गतसाता मात्रै सार्वजनिक भयो, जुन गीतले छोटो समयमै युट्युबमा २० लाखभन्दा बढी भ्युज पाइसकेको छ । 


Advertisment
Nabil box
Kumari

Vianet communication

आफू अभिनित गीतलाई स्रोता एवं दर्शकले रुचाएसँगै यतिबेला दंग छिन् मिस पबि । ‘सबैले एकदमै राम्रो प्रतिक्रिया दिनुभएको छ’, उनी भन्छिन् – ‘एकदमै खुशी छु ।’ 

उनले यसअघि पनि केही म्युजिक भिडियोमा अभिनय गरेकी थिइन् । यद्यपि, यति धेरै चर्चामा आएको पहिलो म्युजिक भिडियो भने ‘जुम्ला’ नै हो ।  गीतले चर्चा पाएसँगै उनलाई थुप्रै म्युजिक भिडियोहरूबाट मोडलिङका लागि ‘अफर’ आइरहेका छन् । 

‘जुम्ला’ पछि पनि मिस पबिले दुईवटा म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी छन् । 

‘अफरहरू राम्रै संख्यामा आइरहेका छन्’, उनले लोकान्तरसँग भनिन्, ‘यद्यपि, मन परेको राम्रो गीतमा मात्र काम गर्ने भनेर छनोट गर्ने गरेकी छु ।’ 

आफूमा अभिनयप्रतिको मोह सानैदेखि रहेको उनी बताउँछिन् । उनलाई सबैभन्दा बढी मनपर्ने अभिनेता एवं मोडल भने पल शाह हुन् । 

उनले सुनेकी थिइन् चलेको मोडलसँग काम गर्न आफैँ लगानी गर्नुपर्छ । ‘नयाँ कलाकारले पैसा हालेर भिडियो खेल्नुपर्छ भन्ने सुनेकी थिएँ’, उनी सुनाउँछिन्, ‘म पनि पैसा कमाएँ भने आफैँ लगानी गरेर पल शाहसँग भिडियो खेल्छु भन्ने सोँच्थेँ ।’ पल शाहसँग म्युजिक भिडियोमा अभिनय गर्ने उनको सपना अहिले पनि छ । 

मिस पबिलाई खासगरी ‘कल्चरल’ खालको भिडियोमा अभिनय गर्न बढी मनपर्छ । अहिले भिडियोमा काम गरिरहेकी उनको रुचि फिल्मतिर पनि छ ।

‘कथा, टिम सबैकुरा चित्त बुझ्यो भने फिल्ममा पनि अभिनय गर्ने सोच हो’, उनले भनिन्, ‘यद्यपि, अहिले तत्कालै होइन, त्यसका लागि धेरै कुराहरू सिक्न बाँकी नै छ ।’ 

म्युजिक भिडियोमा जस्तै फिल्म पनि उनी ‘कल्चरल’ खालको ‘स्टोरीवेश’ नै मनपर्ने बताउँछिन् । स्थानीय भाषामा टिकटक बनाएर दर्शकमाझ रुचाइएकी उनी अभिनयसँगै सामाजिक काममा पनि आफ्नो खास रुचि रहेको सुनाउँछिन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x