
किशोर खतिवडा र जयकिशन बस्नेत अभिनित चलचित्र ‘जीवनसाथी’ आगामी माघमा प्रदर्शनमा आउने भएको छ ।
दीपक तामाङको निर्देशन रहेको चलचित्र माघको १३ गतेबाट प्रदर्शनमा आउने भएको हो ।
प्रेमकथामा आधारित रहेर निर्माण गरिएको चलचित्रमा किशोर र जयकिशनसँगै अर्जुन गुरुङ, सानिया खान लगायतको पनि अभिनय छ ।
चलचित्रलाई फायर इन्टरप्राइजेज प्रा.लि. र सिन्का फिल्म प्रोडक्सन प्रा.लि.ले निर्माण गरेको चलचित्रको प्रस्तुतकर्ता भरतकुमार मल्ल हुन् ।
मल्लसँगै प्रिन्सराज श्रेष्ठ र दीपक तामाङ यस चलचित्रको निर्माताका रुपमा छन् ।
चलचित्रको विदेशमा समेत विशेष प्रदर्शनी गरिने निर्देशक लामाले जानकारी दिए ।
चलचित्रको वितरकमा आरआर फिल्मस रहेको छ ।