
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा कपिलवस्तु वाणगङ्गा नगरपालिका-८ बस्ने पाल्पा रैनादेवी गाउँपालिका-१ घर भएका ३५ वर्षीय माधव अर्याल छन् ।
माधवले अमेरिका पठाइदिन्छु भन्दै एक जनाबाट तीन लाख लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-१३ बाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय काठमाडौं पठाइएको छ ।