०८ साउन २०८३, शुक्रबार

जापानमा सांगीतिक कार्यक्रम सकेर सिधै क्यानडा लागिन् रचना

जापानमा सांगीतिक कार्यक्रम सकेर सिधै क्यानडा लागिन् रचना

गायिका रचना रिमाल जापानको सांगीतिक कार्यक्रम सकेर क्यानडातर्फ लागेकी छिन् । 

११ दिनअघि जापान पुगेकी उनले त्यहाँका विभिन्न ४ सहरहरूमा सांगीतिक प्रस्तुती दिएकी थिइन् । त्यहाँ रहेका नेपाली समुदायहरूको उल्लेखनीय उपस्थितिमा आयोजित कार्यक्रममा उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरेकी थिइन् ।

जापानको कार्यक्रम सकेर उनी बिहीवार​ सिधै क्यानडातर्फ लागेकी हुन् । क्यानडामा पनि उनले विभिन्न ४ वटा साङ्गीतिक कार्यक्रममा आफ्नो प्रस्तुती दिनेछिन् ।

उनी झण्डै ३ सातापछि मात्रै नेपाल फर्किनेछिन् ।

पछिल्लो पुस्ताकी चर्चित गायिका रिमालका ‘फोटो फिरिममा’, ‘उनको प्रीति’, ‘भन साइँला’ लगायतका थुप्रै गीत चर्चित छन् ।

salt training

कमेन्ट गर्नुहोस्