१४ असार २०८३, आइतबार

सिटीजन लाइफ इन्स्योरेन्सद्वारा एक करोड मृत्यु दाबी भुक्तानी

सिटीजन लाइफ इन्स्योरेन्सद्वारा एक करोड मृत्यु दाबी भुक्तानी

सिटीजन लाइफ इन्स्योरेन्स कम्पनीको म्याग्दी शाखाले एक जना दिवङ्गत बिमितका परिवारलाई रु एक करोड मृत्यु दाबी रकम भुक्तानी गरेको छ । आज बेनीमा आयोजित बीमा सचेतना कार्यक्रममा अन्नपूर्ण गाउँपालिका–६ घारका दिवङ्गत कृष्ण बरुवालको परिवारलाई रु एक करोड ५० हजार रकम हस्तान्तरण गरिएको हो ।
 
सिटिजन शुभारम्भ बीमा योजनाअन्तर्गत गत असार ३१ गते जीवन बीमा गरेका बरुवालको गत मङ्सिर २१ गते बेनीमा क्याम्पस भवन निर्माण योजनाको नापजाँचका क्रममा ढिस्काले पुरिएर मुत्यु भएको थियो । रु ५० लाखको बीमालेख पोलिसी खरिद गरेका बरुवालको घरपरिवारलाई बीमाङ्क रकम रु ५० लाख, दुर्घटना मृत्यु लाभवापतको रकम र रु ५० लाख र किरिया खर्चवापतको रु ५० हजार गरी एकमुष्ठ रु एक करोड ५० हजार रकम हस्तान्तरण गरिएको कम्पनीका म्याग्दी शाखा प्रमुख भावना पौडेल सुवेदीले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्