पुस २०, २०७९
बिहान आरीबाट खन्याएसरी मुसलधारे झरी पर्यो । बिहानको पानीले कुहिरो पूरै पन्छाएको छ । यतिखेर आकाश निख्खर निलो छ, आकाशमा सियो भएको भए पनि देखिएला जस्तो । बुकीको यो अग्लो फाँट, चिसो सिरेटो । फाँटैभरी छप...
म्याग्दीका साहित्यकार कृष्ण बानियाँको संस्करण कृति ‘विसङ्गत अभिरुचि’ सार्वजनिक गरिएको छ ।
शिखा बुक्सद्वारा प्रकाशित सो कृतिको शनिबार बेनी बजारमा आयोजित समारोहमा साहित्यकार एवं रत्न श्रेष्ठ पुरस्कार गुठीका संस्थापक प्रेम छोटाले विमोचन गर्दै बानियाँको कृतिले नेपाली वाङ्मयको श्रीवृद्धिमा इँटा थप्ने धारणा राखे । उनले सरल र कथात्मक लेखनले पुस्तकलाई पठनीय बनाएको बताए । टिप्पणीकार रामप्रसाद सुवेदीले बानियाँको कृतिले कर्मचारी प्रशासनको विसङ्गतिलाई पर्दाफास गरेको उल्लेख गरे।
सत्यतामा आधारित र पत्यारिला घटना शृङ्खलाको रोचक प्रस्तुतिले बानियाँको लेखकीय ओज झल्काएको उनको भनाइ छ । मदन पुरस्कार विजेता साहित्यकार चन्द्रप्रकाश बानियाँले लेखकले संस्मरणमा निर्भिकता र इमान्दारिता प्रदर्शन गरेको बताए ।
सरकारी सेवाबाट निवृत्त कृतिकार बानियाँले ३७ वर्ष लामो जागिरे जीवनका तितामिठा भोगाइ र अनुभवलाई पुस्तकाकार दिएको बताए ।
पुस्तकमा ‘नक्कली स्रेस्ता’, ‘महँगो सरुवा’लगायत २८ शीर्षकका संस्मरण छन् । बानियाँको यसअघि ‘केही अनुभव, केही अनुभूति’ नियात्रा, ‘म्याग्दीको बानियाँ वंश’ सामाजिक इतिहास, ‘पुलस्त्य–पुलहाश्रमको परिचय र महत्व’, धार्मिक इतिहासको पुस्तक प्रकाशित छ ।रासस
बिहान आरीबाट खन्याएसरी मुसलधारे झरी पर्यो । बिहानको पानीले कुहिरो पूरै पन्छाएको छ । यतिखेर आकाश निख्खर निलो छ, आकाशमा सियो भएको भए पनि देखिएला जस्तो । बुकीको यो अग्लो फाँट, चिसो सिरेटो । फाँटैभरी छप...
कृष्णभूषण बल स्मृति प्रतिष्ठान विराटनगरले विस २०७८ को तीन पुरस्कार सम्मानको घोषणा गरेको छ । प्रतिष्ठानले कवि तथा गीतकार दिनेश अधिकारीलाई तीसको दशकदेखि नेपाली साहित्यमा कविता र गीत विधामा पु¥याएको योगदान...
पत्रकार रामकृष्ण भण्डारीको ‘सत्ता संघर्ष’ नामक पुस्तक सार्वजनिक गरिएको छ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा, नेकपा (एमाले)का उपमहासचिव प्रदीपकुमार ज्ञवाली, नेकपा (एकीकृत समाजवादी) का न...
नेपाल प्रज्ञा प्रतिष्ठानले समकालीन नेपाली कथामा मनोविज्ञान शीर्षकको अनुसन्धानात्मक कृति प्रकाशन गरेको छ । साहित्यकार तथा समालोचक प्रेमनारायण भुसालले तयार पारेको अनुसन्धानलाई प्रतिष्ठानले किताबका रूपमा प्रकाशन गरे...
नेपालकै पहिलो कवितामा आधारित रियालिटी सो ‘द पोइट आइडल’ पुस १४ देखि प्रसारण हुने भएको छ । कवि क्षेत्रप्रताप अधिकारीका सुपुत्र अमनप्रताप अधिकारीद्वारा निर्माण निर्देशन गरिएको सोको प्रसारण पुस...
राष्ट्रिय जनसांस्कृतिक सङ्घको सभाकक्ष बागबजारमा राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालले आयोजना गरिरहेको ‘अविरल जनसाहित्य यात्रा’ को ७५ औँ शृङ्खलामा कवि प्रशान्त खरेलका एक दर्जन कविता गुञ्जिएका छन् । ...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...
जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...