१६ असार २०८३, मंगलबार

समीक्षा भन्छिन् – मेरो गीत सुन्नु छैन भने नसुन्, मलाई पनि अपशब्द सुन्नु छैन

समीक्षा भन्छिन् – मेरो गीत सुन्नु छैन भने नसुन्, मलाई पनि अपशब्द सुन्नु छैन

समीक्षा अधिकारीले आफू गायिका बन्नकै लागि जन्मिएको बताउँदै स्वरले साथ दिँदासम्म गीत गाउने बताएकी छिन् । 

गायिका अधिकारीले पछिल्लो केही समययता सामाजिक सञ्जालमा नकारात्मक कमेन्टहरूको सामना गर्दै आएकी छिन् ।

आफूलाई आइरहेका नकारात्मक कमेन्टहरूको प्रसङ्गलाई लिएर उनले भनेकी छिन् - ‘कसैलाई मेरो गीत सुन्नु छैन भने नसुन् र मलाई पनि तिम्रो अपशब्द सुन्नु छैन ।’

सोमबार दिउँसो सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस् लेख्दै उनले उक्त कुरा बताएकी हुन् ।

‘म गायिका हुन जन्मेकी हुँ । स्वरले साथ दिँदासम्म गाउँछु । कसैले मेरो गीत नसुनोस्, कसैले मलाई अवसर नदेओस् । म एक्लै कोठामा गाउँछु, एकान्तमा गाउँछु, आफ्नै युट्युब च्यानलमा गाउँछु । मलाई माया गर्ने पनि हुनुहुन्छ’ उनी लेख्छिन् - ‘कसैलाई मेरो गीत सुन्नु छैन भने नसुन् र मलाई पनि तिम्रो अपशब्द सुन्नु छैन । तिम्रो के खाएकी छु मैले, तिमीले मलाई अपशब्द भन्ने के हक र साइनो छ ?’ 

उनले आइतवार पनि स्टाटस् लेख्दै नकारात्मक कमेन्ट गर्नेहरुविरुद्ध साइबर ब्यूरोमा उजुरी दिने संकेत गरेकी थिइन् ।

यस्तो छ उनको स्टाटस् :

salt training

कमेन्ट गर्नुहोस्